Sorry, your browser does not support JavaScript! मानवअधिकारकर्मीको निगरानीमा बस्ने गोरेको चाहना - Merodesh.news

मानवअधिकारकर्मीको निगरानीमा बस्ने गोरेको चाहना

मेरोदेश संबाददाता,बिराटनगर,  ९ जेठ,

सनम शाक्य हत्या र करिव ३८ कुइन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी मानिएका चुडामणी उप्रेती गारेले मानवअधिकारकर्मीको निगरानीमा बस्न पाउ भन्दै अदालतमा निवेदन पेस गरेका छन् । प्रहरी हिरासतमा असुरक्षित महसुस गरेका गोरेले मानवअधिकारकर्मीको निगरानीमा बस्नपाउ भन्दै निवेदन पेस गरेका हुन् ।

जिल्ला अदालतमा बयानकालागि उपस्थीत भएका गोरेले असुरक्षित महसुस गर्दै निवेदन पेस गरेपछि अदालतले मानव अधिकारकर्मीको निगरानीमा राख्न आदेश दिएको छ । जिल्ला न्यायधिस नारायणप्रसाद शर्माको इजलासले जिल्ला प्रहरी कार्यालयलाई मानव अधिकारकर्मीको निगरानीमा राख्न आदेश दिएको हो । तस्करीको साढे ३३ किलो सुन हराएपछि तस्करको समुहले सुन खोज्न यातना दिने क्रममा सनम शाक्यको मृत्यु भएको थियो । शाक्यको मृत्युपछि गृहमन्त्रालयले गठन गरेको छानविन समितिले अनुसन्धान गर्नेक्रममा नियन्त्रणमा लिएका प्रेमलाल चौधरीको हिरासतमै मृत्यु भएको थियो । चौधरीको हिरासतमै रहस्यमय तरिकारले मृत्यु भएपछि डराएका गोरेले मानव अधिकारकर्मीको निगरानीमा बस्न पाउ भन्दै निवेदन दिएका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]