Sorry, your browser does not support JavaScript! नीति तथा कार्यक्रमप्रति कांग्रेस नेता डा. रामशरण महतको कटाक्ष, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा बचाउ - Merodesh.news

नीति तथा कार्यक्रमप्रति कांग्रेस नेता डा. रामशरण महतको कटाक्ष, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा बचाउ

मेरोदेश संबाददाता, काठमाडौं, ८ बैशाख

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रममा एक वर्षका कार्यक्रम नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘यो नीति तथा कार्यक्रम वार्षिक कार्यक्रमको चरित्र कम ५-१० वर्षे कार्यक्रमहरु देखिएको छ।’

मंगलबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले भने,‘सरकारको यो नीति तथा कार्यक्रम मुल चरित्रभन्दा बाहिरको छ, ५ वर्षका लक्ष्यहरु समावेश गरिएका छन्, तर लक्ष्य हाँसिल गर्ने आधारहरु छैन्।’
पूर्व अर्थमन्त्री समेत रहेका नेता महतले अहिलेको नीति तथा कार्यक्रमले ‘ड्रिमिङ् टार्गेट्स राखेको बताए । उनले थपे,‘तर कार्यान्वयनको योजना छैन, आगामी पाँच वर्षभित्र राष्ट्रिय आय दोब्बर बनाउँछौं भनिएको छ, त्यसको लागि वर्षमा १५ प्रतिशतको आर्थिक वृद्धि हुनुपर्छ, यो दुनियाँमै कहीँपनि भएको छैन, बढिमा भयो भने ७ देखि ८ प्रतिशतमात्रै हो।’

उनले नीति तथा कार्यक्रममा व्यवहारिक धरातलका लक्ष्यहरु समावेश नगरिएको गुनासो पोखे । उनले भने,‘१० वर्षभित्र मध्यम आय भएको मुलुक बनाउँछौं भनिएको छ, तर लक्ष्य हाँसिल गर्ने आधार खोई ? अहिले हामीलाई प्रशासनिक क्षमता अभिवृद्धिको आवश्यकत्ता छ, यति वर्षमा यो गर्छौ, उ गर्छौ भनिएको छ, यो नीति तथा कार्यक्रम स्वप्निल र महत्वकांक्षी लक्ष्यमात्रै हो।’ आफूहरु जनतालाई झुक्याउने पक्षमा नरहेको बताउँदै उनले भने,‘सरकारले धेरै भन्दा लक्ष्यहरु राखेको छ, तर प्रशासनिक क्षमता बढाएर अघि बढ्नुपर्छ, त्यतातिर ध्यान दिन सकेन्।’ मुलुकमा यतिवेला चूनौतिको रुपमा रहेको संघीयता कार्यान्वयनको सवालमा संस्थागत संरचना बनाउन र प्रशासनिक क्षमता वृद्धि गर्नेबारे सरकारको नीति तथा कार्यक्रम मौन रहेको उनको गुनासो छ ।

उनले स्थानीय तथा प्रदेश दुवै तहको क्षमता बढाउनुपर्नेमा जोड दिए । उनले भने,‘प्रदेशमा कसरी प्रशिक्षित कर्मचारी पुर्याउने हो, त्यतातिर सरकारले ध्यान पुर्याएन, तीनै तहको सरकारका क्षमता अभिवृद्धि गर्नुपर्छ।’ उनले समग्रमा सरकारले हिजो सार्वजनिक गरेको नीति तथा कार्यक्रम वार्षिक चरित्र भन्दा पनि चुनावी घोषणापत्रको लक्ष्यतर्फ अघि बढेको आरोप लगाए । उनले नीति तथा कार्यक्रममै कार्यक्रमहरुको अभाव रहेको समेत गुनासो पोखे । उनले भने,‘सरकारले सुशासनको प्रत्याभुति दिलाउनुपर्ने हो, तर अहिलेको सरकारको चाला हेर्दा स्थिर सरकार हुनेमा शंका लागेको छ।’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले ल्याएको नीति तथा कार्यक्रमहरु प्रचारमुखी नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘हामीले वास्तविक धरातलमा उभिएर कार्यक्रमहरु ल्याएका छौं।’ उनले आफूपनि नगर्ने अनि अरुले राम्रो काम गर्दापनि सहयोग नगर्ने कांग्रेसको चरित्र देखिएको आरोप लगाए । ०५१ सालमा मनमोहन अधिकारीले आफ्नो गाउँ आँफै बनाउँ भनेर कार्यक्रम ल्याउँदापनि विरोध गरिएको स्मरण गर्दै मन्त्री महासेठले आफूहरुले यसपटकपनि राम्रा कार्यक्रमहरु ल्याएको दाबी गरे । उनले भने,‘हिजोको चाईना आज कहाँ पुग्यो ? हेर्नुहोस् त, सिँगापुर कहाँबाट कहाँ पुग्यो ? काम गर्नको लागि ईच्छाशक्ति हुनुपर्छ, हो, त्यो ईच्छाशक्ति हामीमा छ, हामीले धरातलमै टेकेर कार्यक्रमहरु ल्याएका छौं, ती सबै कुराहरु ‘टाईम–फ्रेम’भित्रै पूरा गर्छौं।’

मन्त्री महासेठले ५ वर्षभित्र दोहोर अंकको आर्थिक वृद्धि हाँसिल गरेरै छाड्ने उघोष गरे । उनले भने,‘चाहे हाईडा«ेपावर होस्, वा भौतिक पूर्वाधारकै कुरा होस्, हामी सबै आयोजनाहरु पूरा गर्छौं, पैसाको अभाव छैन, सही अर्थमा काम गर्ने हो, जनताका सपनाहरु पूरा गर्छौं ।’ उनले प्रशासनिक क्षमता बढाउनको लागि केही समय लाग्ने स्पष्ट पारे । यद्धपी चुनाव सम्पन्न भएको तीन महिनासम्मपनि तत्कालिन सत्तारुढ दल नेपाली कांग्रेसकै कारण सरकार गठनमा ढिलाई भएको उनको गुनासो थियो । फरक प्रसँगमा उनले आफूहरुले अहिलेसम्म कोही पनि कर्मचारीहरुलाई नचलाएको स्पष्ट पारे । मन्त्री महासेठले भने,‘प्रशासनिक क्षमता बढाउनको लागि केही समय लाग्ने स्पष्ट पारे । यद्धपी चुनाव सम्पन्न भएको तीन महिनासम्मपनि तत्कालिन सत्तारुढ दल नेपाली कांग्रेसकै कारण सरकार गठनमा ढिलाई भएको उनको गुनासो थियो । मन्त्री महासेठले भने,‘हामीले कर्मचारीलाई भेदभाव गरेका छैनौं, उनीहरुको कार्य क्षमतालाई हेरेका छौं।’
उनले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई आफूले सरुवा नगरेको पनि स्पष्ट पारे ।

मन्त्री महासेठले भने,‘डिजी भट्टराईजीलाई मन्त्रालयमा बोलाएका छौं, उहाँलाई डिस्टर्ब गर्नेगरि ल्याएको होईन, उहाँले यातायात क्षेत्रको सिण्डिकेट हटाउनको लागि सकारात्मक भूमिका निर्वाह गर्नुभएको थियो ।’ सिण्डिकेट हटाउनको लागि सबैभन्दा धेरै साथ र सहयोग पत्रकार, जनता र सुरक्षा निकायको रहेको भन्दै उनले धन्यवाद समेत दिए । सिण्डिकेट हटाउने सरकारको एजेण्डा रहेको बताउँदै उनले भने,‘सिण्डिकेट हटाउने एजेण्डा प्रधानमन्त्रीको वा रघुवीर महासेठको मात्रै होईन, यो त सरकारको एजेण्डा हो, हामीले त्यही गरेका छौं।’ उनले सिन्डिकेट हटाउन भट्टराईको मात्र योगदान रहेको भनेर गरिएको प्रचारबाजी गलत भएको बताए। सिन्डिकेट हटाउन सबै पक्षको उतिकै भूमिका रहेको उनले स्पष्ट पारे ।

उनले थपे,‘म मन्त्रीमा बहाल भएको १५ दिनपछि सिण्डिकेट हटाउन निर्देशन दिएको हुँ, विभिन्न बाधा तथा अड्चन पन्छाएर सिण्डिकेट तोडिएको छ, अस्तव्यस्त यातायात क्षेत्रलाई अझै व्यवस्थित् गर्नुपर्छ, हामी कार्यदल बनाउँदैछौं, मन्त्रालयबाट गरिने कामको लागि केही दिनको लागि भट्टराईलाई बोलाईएको छ, तर सरुवा भएको छैन्।’ उनले नेपालमा अझै धेरै सिण्डिकेटहरु तोड्न बाँकी रहेको सुनाए । लाईसेन्स, ब्लु बुक लगायत यातायत क्षेत्रका समस्याहरु यही आर्थिक मसान्तभित्रै व्यवस्थित् गर्नेपनि उनको विश्वास छ । सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरु पूरा गर्नको लागि प्रतिपक्षी दलको पनि सहयोग आवश्यक रहेको उनको भनाई छ । महासेठले सडकको रेखाङ्कन, सुरुङमार्ग र राजमार्गका पुल निर्माणलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको बताएका छन् ।

उनले पाँच वर्ष्भित्र काठमाडौँ–निजगढ द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गको सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताउँदै चुरे तथा भित्री मधेशका उपत्यकालाई आर्थिक तथा औद्योगिक करिडोरका रुपमा विकास गर्न पूर्व झापाको शान्तिनगरदेखि पश्चिम डडेल्धुराको रुपालसम्म मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्रता दिइने बताए । पाँच वर्ष्भित्र स्थानीय तहका केन्द्रलाई कालोपत्र सडकले जोड्ने, नदी किनारमा सडक निर्माण गर्ने, मेची–महाकाली, काठमाडौँ–वीरगञ्ज, रसुवागढी–काठमाडौँ–पोखरा–लुम्बिनीसम्मको रेलमार्ग निर्माण अघि बढाइने, कोशी, गण्डकी र कर्णाली नदीमा जल यातायात सञ्चालन गर्न कानूनी, नीतिगत र संस्थागत व्यवस्था गरिने र यसलाई बजेट अभाव हुन नदिइने उनले स्पष्ट पारे ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना
७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी सर्मा ओलीले ७१औँ विश्व मानव अधिकार दिवसको असवरमा शुभकामना दिएका छन् । ओलीले मंगलबार विश्व मानव अधिकार दिवसको अवसरमा लिखित शुभाकामना सर्वाजनिक गरेका हुन्[...]

नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने
नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने

काठमाडौं २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले २९ मंसिरमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं नेकपाका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा[...]

कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला
कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला

विराटनगर, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो[...]