Sorry, your browser does not support JavaScript! दधिराज सुवेदीको नागरिक अभिनन्दन गरिने - Merodesh.news

दधिराज सुवेदीको नागरिक अभिनन्दन गरिने

मेरोदेश संबाददाता, बिराटनगर 

समाजसेवी , सनातन वैदिक धर्मका अनुयायी तथा नेपाली साहित्यका विविध बिधाका सर्जक तथा प्राज्ञ दधिराज सुवेदीलाई बिराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ । चेतना संरक्षण प्रतिष्ठान नेपालको संयोजनमा देश विदेशका विभिन्न संघ संस्थाहरुको संलग्नतामा सो अभिनन्दन कार्यक्रम यहि २०७५ जेष्ठ २६ गते शनिबार सम्पन्न गर्नका लागी प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीको अध्यक्षतामा २५१ सदस्यीय मूल समिति गठन गरिएको छ।

सो कार्य सम्पन्न गर्नाका लागि प्राज्ञ दधिराज सुवेदी नागरिक अभिनन्दन मूल समारोह समिति गठन भएको छ जसको उपाध्यक्षमा भिखमचन्द सरल,सचिब उमेशचन्द्र दाहाल ,कोषाध्यक्ष सरला चापागाईं तथा सदस्यहरुमा क्रमश कविराज नेउपाने, बेनिगोपाल मुन्दडा , ईन्दिरा रिजाल, गोकुल अधिकरी, मिनकुमार नवोदि , निर्मला कोइराला, शिवरतन जोशी, दीप बहादुर खापुङ, रमेशकुमार चपागाई, डिलमाया कार्की तथा प्रतिमा निरौला रहेको जानकारी भिखमचन्द सरलले दिएका छन् भने सुवेदीको जिवनसंग सम्बन्धित विविधपक्ष समेटिएका लेख तथा रचनाहरुको संग्रह “अभिनन्दन ग्रन्थ”  पनि प्रकाशन गरिने भएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सना विश्वकै कान्छी प्रधानमन्त्री
सना विश्वकै कान्छी प्रधानमन्त्री

विराटनगर २३ मंसिर । सना मारिन ३४ वर्षको उमेरमा फिनल्याण्डकी प्रधानमन्त्री भएकी छिन् । उनी फिनल्याण्डमा गठबन्धन सरकारको प्रधानमन्त्री बन्दा विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्न सफल भएकी छिन् ।[...]

विराटनगरमा फेशन र लाईफ स्टाइल प्रदर्शनी
विराटनगरमा फेशन र लाईफ स्टाइल प्रदर्शनी

मेरोदेश सम्वाददाता, विराटनगर, २० जेठ।   विराटनगरमा फेशन र लाईफस्टाईल सम्बन्धि दुई दिने प्रर्दशनी आयोजना गरिएको छ । ईम्प्रेसन्स नामक समुहमा आबद्ध महिलाहरुको आयोजनामा प्रर्दशनीको अयाोजना गरिएको हो । होटल ह्यारिशनमा आयोजित[...]

स्थानिय कलाकारलाई सम्मान दिन सके व्यवसायिकता फस्टाउँछ — (पारस थापा, हास्य कलाकार)
स्थानिय कलाकारलाई सम्मान दिन सके व्यवसायिकता फस्टाउँछ — (पारस थापा, हास्य कलाकार)

मेरोदेश संबाददाता, बिराटनगर ५ जेठ बिराटनगर महानगरपालिका निबासी पारस थापा कलाकारितामा सर्मपित भएको २० बर्ष भैसक्यो । बिभिन्न क्यारिकेचर र हास्यव्यङगकालागि कलाकार थापा चर्चित छन । धेरै महत्वकांक्षा नराख्ने थापा[...]