Sorry, your browser does not support JavaScript! पक्राउ पर्नअघि गोरेले भने ‘ मोरो जीवन पनि रक्षा होस’ - Merodesh.news

पक्राउ पर्नअघि गोरेले भने ‘ मोरो जीवन पनि रक्षा होस’

मेरोदेश संबाददाता,बिराटनगर ८ जेठ,

बहु चर्चित साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य प्रकरणका मुख्यदोषी रहेको दावि गरिएका चुणामणी उप्रेती गोरे आफ्नै योजनामा पक्राउ परेका छन् । डेढ महिना यता चर्चामा रहेका गोरे भिडियो सन्देश सार्वजनिक गरेपछि जीवनरक्षाको माग सहित आफै पक्राउ परेका हुन् ।

तस्करीको साढे ३३ किलो सुन हराएपछि गोरे लगायतको समुहले दिएको यातनाका कारण कारण शाक्यको मृत्यु भएको थियो । घटना लगतै भागेका गोरेले १२ मिनेट ४८ सेकेण्डको भिडियो सन्देश सार्वजनिक गर्दै घटनामा आफू मात्र दोसी नरहेको बताएका छन् । सुन हराएपछि खोज्नेक्रममा अरुले पनि यातना दिएपनि आफूलाई मात्र मुख्य दोसी बनाइएको उनले भिडियो सन्देश मार्फत बताएका छन् ।

भिडियो सन्देशमा भावुक देखिएका गोरेले आफूलाई फसाइएको बताएका छन् । भागुक हुदै उनले भनेका छन् ‘ कसैलाई मारेर मलाई खान आउदैन् । म निर्दाेश छु ’ । उनले आफ्नो जीवनको पनि रक्षा होस भन्दै आग्रह पनि गरेका छन् ।आफुलाई मात्र दोषी देखाएर फसाइएको बताएका उनले आफूस“ग भएको प्रमाणहरु पनि पेस गर्ने बताएका छन् । उनले भुजुङ गुरुङ, एमके भन्ने मोहनकुमार अग्रवाल सहित भारतीय नागरिकहरु पनि संलग्न भएको भिडियो सन्देशमा बताएका छन् । उनले जीवनरक्षाकालागि लिखित निवेदन पनि दिएका छन् ।

सनम शाक्य हत्या अभियोग र १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैया बरावरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम अबैध सुन तस्करी प्रकरणमा चुणामणी उप्रेती गोरेलाई मुख्य अभियुक्त गोरे पक्राउ परेपछि थप रहस्य खुल्दै जानेछ ।काठमाण्डौबाट पक्राउ परेका उनलाई जिल्ला अदालत मोरङमा उपस्थीत गराएर प्रहरी हिरासतमा राखिएको छ । बुधवारबाट अदालतमा गारेको बयान लिइने छ ।गोरेलाई अदालतमा उपस्थीत गराउन प्रहरीले उच्च सुरक्षा सर्तकता अपनाएको थियो । अदालतमा ल्याउने क्रममा गोरको सुरक्षाकालागि व्यापक प्रहरी परिचालन गरिएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]