Sorry, your browser does not support JavaScript! सनम शाक्य हत्या र सुन तस्करी अभियोग : पक्राउ परेका २८ जना जेल गए २ जना तारेखमा छाडिए - Merodesh.news

सनम शाक्य हत्या र सुन तस्करी अभियोग : पक्राउ परेका २८ जना जेल गए २ जना तारेखमा छाडिए

मेरोदेश संबाददाता,बिराटनगर ८ जेठ,

सुन तस्करी र मोरंग उर्लाबारी ७ का सनम शाक्य हत्या अभियोगमा जिल्ला अदालत मोरंगले पक्राउ परेका २८ जना अभियुक्त्तहरुलाई पुर्पक्षकालागि जेल पठाएको छ । दुई जना अभियुक्त्तहरु भने तारेखमा पुर्पक्ष गर्ने गरि छाडिएका छन ।
जिल्ला अदालत मोरंगका न्यायधिश नारायण शर्माको इजलासले मंगलबार (८ चैत) का दिन निरन्तर दश दिनको थुनछेक बहसपछि पक्राउ परेका ३० जना अभियुक्त्त मध्ये एक जनलाई धरौटी र एक जनालाई सादा तारेखमा छाडन अनि २८ जनालाई पुर्पक्षकालागि जिल्ला कारागार मोरंग पठाउन आदेश दिएका हुन । अदालतको आदेश अनुसार तोकिएको सिदा खान पाउने गरि २८ जना सबै अभियुक्त्तलाई मंगलबार नै जिल्ला कारागार मोरग चलान गरिसकिएको निमित्त श्रेस्तेदार केदार गौतमले जानकारी दिए । प्रहरी जवान बिष्णुबहादुर खडका १५ हजार रुपैया धरौटी र हवल्दार अम्मरबहादुर खडका सादा तारेखमा छाडिएका छन ।

जेल जानेहरुमा नेपाल प्रहरीका पुर्व डिआईजी गाबिन्द निरौला सहित निलम्बित एसपीहरु बिकासराज खनाल, दिवेश लोहनी डिएसी सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल राप्रपा केन्द्रिय सदस्य भुजुंग गुरुग लगायत २८ जना छन ।प्रहरीले सुन तस्करी र मोरंग उर्लाबारी नगरपालिका ७ का ३६ बर्षिय सनम शाक्यको हत्या अभियोगमा ६३ जना बिरुद्ध संगठित अपराध, अपहरण र कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गराएको थियो । ३२ जना अझै फरार छन ।

गोरे अदालतमा उपस्थित गराईए , बयान बुधबारदेखी सुरु

सुन तस्करी र सनम शाक्य हत्या आरोपका मुख्य नाइके गोरे भनिने चुडामणी उप्रेतीलाईं प्रहरीले मंगलबार जिल्ला अदालत मोरंगमा उपस्थित गराएको छ । मंगलबार अपरान्ह्र गोरेलाई नेपाल प्रहरीले काठमाण्डौबाट बिराटनगर ल्याएर कडा सुरक्षा बिच अदालतमा उपस्थित गराएको थियो । बाक्लो र चौकन्ना प्रहरीको उपस्थिती गराएर अन्तिम समयमा गोरेलाई अदालतमा लगिएको थियो । अदालतको ६ नम्बर ईजलासमा रहेका न्यायधिश नारायणप्रसाद शर्माको इजलासमा गोरेलाई उपस्थित गराइसकेपछि कडा सुरक्षा बिच न्याययिक हिरासतकालागि प्रहरीले जिल्ला प्रहरी कार्यालय लगेको थियो । काठमाणैमा सार्वजनिक गरेर गोरेलाई मोरंग पठाएको जानकारी पाएसँगै पत्रकाहरु फोटो लिन बिराटनगर बिमान स्थल पुगेका थिए । तर प्रहरीले पत्रकारहरुलाई झुक्याएर धावनमार्ग भित्रै जीप लगेर कसैलाई नदेखाई गोरेलाई जिल्ला प्रहरी कार्यालय पुरयाएको थियो । त्यसपछि पत्र बनाएर अन्तिम समयमा कडा सुरक्षा बिच अदालतमा उपस्थित गराइएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]