Sorry, your browser does not support JavaScript! सुन तस्करी र सनम हत्या काण्डका मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेलाई विराटनगर ल्याइयो - Merodesh.news

सुन तस्करी र सनम हत्या काण्डका मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेलाई विराटनगर ल्याइयो

मेरोदेश संबादाता ,विराटनगर. ८ जेष्ठ,

अभियुक्त उप्रेतीलाई प्रहरीले यति एयरलाईन्सको उडानबाट विराटनगर ल्याएको हो । उप्रेतीलाई ल्याइएको विमान आज दिउसो ३ बजे विराटनगर विमानस्थलमा अवतरण गरेको थियो । चर्चित सुनकाण्ड र सनम हत्याकाण्डका मुख्य आरोपी रहेका गोरेको समाचार संकलनगर्न गएका सञ्चारकर्मीलाई भने प्रहरीले छक्याएको थियो । विमान अवतरण गरेपछि गोरेलाई भिआईपी र सर्र्वसाधारणले प्रयोग गर्ने बाटोको साटो विमानस्थलको सुरक्षार्थ राखिएको नेपाली सेनाको पुर्वपट्टि ब्यारेक भित्रको बाटो प्रयोग गर्दै बाहिर निकालिएको थियो । सो ठांउबाट जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर गोरेलाई जिल्ला प्रहरी कार्यालय मोरङ पु¥याइएको छ ।

गोरेलाई विमानस्थलबाट ल्याउन जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान थापाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । गोरेलाई आजै मोरङ जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीले तयारी गरेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]