Sorry, your browser does not support JavaScript! एक नम्बर प्रदेश सरकारको आगामी बजेट ५० अर्ब बरावरको हुने - Merodesh.news

एक नम्बर प्रदेश सरकारको आगामी बजेट ५० अर्ब बरावरको हुने

मेरोदेश संबाददाता, बिराटनगर,

चालु बर्षको तीन महिनाकालागि १ अर्ब २ करोड ५ लाख रुपैया वरावरको बजेट प्रस्तुत गरेको एक नम्बर प्रदेश सरकारले अगामी आर्थिक बर्षकालागि करिब ५० अर्ब वरावरको बजेट ल्याउने तैयारी गरिरहेको छ । संघिय सरकारबाट प्राप्त १५ अर्ब वरावरको समान्यिकरण अनुदान, सोही बरावरको ससर्त र बिशेष अनुदानबाट ५० अर्ब रुपैया वरारको बजेट ल्याउने तैयारी भैरहेको हो ।

चारप्रकारका अनुदानमा आधारित बजेट

एक नम्बर प्रदेश अर्थमामिला तथा योजना मन्त्रालयको बजेट शाखाका अनुसार सामान्यिकरण , सर्सत र बिशेष र समपुरक शाखा अधिकृत बोधराज राइका अनुसार समान्यिकरण अनुदान भन्नाले आधारभुत खर्चकालागि हो जुन सबै प्रदेशलाई समान रुपमा बितरण गरिन्छ । प्रस्तावकले प्रस्ताव गरिउसकेपछि बिश्लेषण गरेर समपुरक अनुदान स्विकृत गरिन्छ । यसैगरि शिक्षा, स्वास्थ्य, खेलकुद आदि के कालागि बिशेष खर्च गर्नुपर्ने हो त्यसकालागि बिशेष अनुदान दिइन्छ । र प्रदेश सरकारले आफनो आम्दानीमा आधारित रहेर कार्यक्रम तैयार गरिसकेपछि केन्द्रिय सरकारले थप गरेर सर्सत अनुदान दिने गर्दछ । अगामी आर्थिक बर्ष २०७५।०७६ कालागि सबै प्रकारका अनुदानबारे छलफल भैसकेको र संघिय सरकारले कार्यक्रम सहित बजेट हस्तान्तरण गर्ने अन्तिम तैयारी भैरहेको अधिकृत राइले बताए ।

1

आगामी आर्थिक बर्षमा एक नम्बर प्रदेश सरकारले पुर्ण आकारको बजेट सहित आर्थिक ऐन पनि सँगै प्रस्तुत गरेर पास गराउने छ । जसले गर्दा बजेट खर्च गर्न, कर संकलन गर्नकालागि प्रदेश सरकारलाई कुनै बाधा पर्ने छैन । आगामी बर्षमा प्रदेश सरकार आफैले के के मा कर बढाउने वा घटाउने हो आफैले निर्णय गरेर बजेटमा प्रस्तुत गर्नेछ । प्रदेशको अर्थतन्त्रकालागि आवश्यक एक दुई बाहेक सबै कानुन निर्माण भैसकेको र राजस्वका स्रोतवारे स्थानिय तहसँग पनि छलफल भैरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयको योजना शाखाले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]