Sorry, your browser does not support JavaScript! आरती स्ट्रिस्पका मालिकबाट कार्यालय सहयोगीमाथि कुटपिट - Merodesh.news

आरती स्ट्रिस्पका मालिकबाट कार्यालय सहयोगीमाथि कुटपिट

मेरोदेश संबाददाता,बिराटनगर ८ जेठ,

मोरंगको बुढीगंगा गाउँपालिकामा रहेको स्थित जस्ता पाता उत्पादन गर्ने उद्योग आरती स्ट्रिप्सका एक कर्मचारीले मालिकबाट निर्धात कुटपिट भएको भन्दै न्याय माग गरेका छन ।

बिराटनगर महानगरालिकासँग उत्तरतर्फ सिमाना जोडिएको बुढीगंगा गाउँपालिका १ मा रहेको आरती स्ट्रिप्स प्रालीमा कार्यरत कार्यलय सहयोगी बाबुराम काफलेले मालिक संजय सिँघलले बिना कारण निर्घात कुटपिट गरेको भन्दै श्रम कार्यालय मार्फत न्याय माग गरेका हुन ।

  • करिब ६ सय कर्मचारी कामदार कार्यरत भनिएको यस उद्योगमा कस्टम बिभागमा बाहेक सबै कामदार र कर्मचारीहरु भारतीय छन । श्रम ऐन अनुसार निश्चित समयपछि बिदेशी कामदारहरु हटाएर नेपाली कामदार कर्मचारी राख्नुपर्ने भएपनि आरतीले बेवास्ता गदै भारतीयहरुलाई नै काममा लगाउँदै आएको छ ।

२९ बैसाख बिहान नास्ता लैजाने समयमा मालिक संजयले आफुलाई बिना गल्ति कप छोएकै कारण कुटपिट गरेको र त्यसपछि पनि कामचोर भन्दै तीन चार पटक कोठामा लगेर कुटपिट गदै गालीगलौज गरेर यातना दिएको उनले आफनो उजुरीमा बताएका छन । अपशव्द बोल्दै बिना गल्ति आफुलाई कुटपिट गरेकोले आफुमा मानसिक समस्या देखा परेको भन्दै उनले मजदुर संघसँगठनहरुसँग न्यायकालागि पहल गरिदिन पनि आग्रह गरेका छन ।
१२ बर्षदेखी कार्यालय सहयोगीका रुपमा उनि त्यहाँ कार्य गर्दै आएको र सधै निष्ठावान भएर काम गर्ने गरेको उनले बताएका छन ।

उद्योगमा बिस्तार भैरहेको रंगिन जस्ता पाता उत्पादन गर्ने प्लट अवलोकन गर्न आएका मालिक संजयले २९ बैसाखमा कुकले पठाएको नास्ता ढंगको नभएको भन्दै नास्ता पस्कने कर्मचारी काफ्लेलाई गालीगलौज गर्दै कुटेका थिए । त्यसपछि प्लट निरिक्षण गर्न गएका बेला पनि अह्राएको काम नगरेको भन्दै गालीगलौज गर्दै कुटेका थिए ।

कम खर्चिलो श्रम र कर भएकोले बहु राष्ट्रिय कम्पनी भारतको भुषण ग्रुपले नेपालमा सन २००२ देखी आरती स्ट्रिप्स उद्योग संचालन गरेको हो । करिब १५ अर्ब बरावरको जस्ता पाता उत्पादन गर्ने योउद्योगले बिनाशकारी भुकम्प आउनु अगाडी यहाँबाट उत्पादन भएको सबै जस्ता पाता भारत र तेस्रो मुलकु तर्फ निर्यात गर्ने गरेको थियो । करिब ६ सय कर्मचारी कामदार कार्यरत भनिएको यस उद्योगमा कस्टम बिभागमा बाहेक सबै कामदार र कर्मचारीहरु भारतीय छन । श्रम ऐन अनुसार निश्चित समयपछि बिदेशी कामदारहरु हटाएर नेपाली कामदार कर्मचारी राख्नुपर्ने भएपनि आरतीले बेवास्ता गदै भारतीयहरुलाई नै काममा लगाउँदै आएको छ ।

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

दुई मानवअधिकारकर्मी सम्मानीत
दुई मानवअधिकारकर्मी सम्मानीत

विराटनगर २४ मंसिर । मानव अधिकार दिवसको अवसरमा एक नम्बर प्रदेशका दुई जना मानव अधिकार रक्षक सम्मानित भए । मानव अधिकार सञ्जाल एक नम्बर प्रदेशले मंगलबार विराटनगरमा ७१औ विश्व मानव[...]

प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा
प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा

विराटनगर २४ मंसिर । एक नम्बर प्रदेश  सरकारले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा राख्ने[...]

११ बुँदे घोषणापत्र जारी गर्दै इटहरीमा लैङ्गिक हिंसाबिरुद्धको सम्मेलन सम्पन्न
११ बुँदे घोषणापत्र जारी गर्दै इटहरीमा लैङ्गिक हिंसाबिरुद्धको सम्मेलन सम्पन्न

इटहरी २४ मंसिर । ११ बुँदे इटहरी घोषणा पत्र जारी गर्दै लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलन सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाले आयोजना गरेको सम्मेलनमा एक वर्षका लागि लैङ्गिक हिंसा[...]