Sorry, your browser does not support JavaScript! अबैध ओसारपसारमा संलग्न अपांगहरुलाई बैकल्पिक रोजगारी दिन माग - Merodesh.news

अबैध ओसारपसारमा संलग्न अपांगहरुलाई बैकल्पिक रोजगारी दिन माग

 मेरोदेश संबाददाता,बिराटनगर ८ जेठ 

  • बिराटनगर जोगबनी नाकामा अबैध  ओसार पसार गर्ने अपांङगता भएका व्यक्त्तिको सँख्या दिनदिनै बढदो छ ।

  • अपांग महासंघले प्रदेश सरकारसँग उनिहरुलाई बैकल्पिक रोजगारको व्यवस्था गर्न  माग गरेको छ ।

  • ट्राइसाइकलमा ओपासर पसार गर्दै आएका अपांगहरुलाई  नियन्त्रण प्रयास गर्दा प्रहरीले निरिहरुको गरिखाने अधिकार   खोसेको आरोप लगाउँदै उनिहरु आन्दोलनमा उत्रने र संघसँस्थालाई गुहार्ने गर्दछन । 

बिराटनगर जोगबनी नाकामा अबैध ओसारपसार गर्ने अपांङगता भएका व्यक्त्तिहरुलाई रोजगारीको बिकल्प दिन अपांग महासंघले माग गरेको छ ।

बिराटनगर जोगबनी भन्सार  नाकामा अबैध ओसार पसार गर्ने अपांग व्यक्त्तिहरुको सँख्यामा  बृद्धी हुन थालेपछि  दिगो रोजगारको बिकल्प दिन अपांग महासंघले  एक नम्बर प्रदेश सरकारसँग माग गरेको हो ।

अपांग महासंघ एक नम्बर प्रदेश समिति अध्यक्ष राम कार्कीले भन्सार छलि गरेर ओसारपासर गर्ने कार्य पेशा नभै अपराध भएकोले अपांगता भएका व्यक्त्तिहरुलाई त्यस्तो कार्यमा प्रयोग हुनदिनबाट रोक्न स्थानिय तह मार्फत बैकल्पिक रोजगार दिनुपर्ने  बताउँछन । “अपांगता भएका व्यक्त्तिहरुलाई दिगो रोजगारको बिकल्प दिन सके उनिहरु अबैध ओसारपसारमा संलग्न  हुनुपर्ने बाध्यता अन्त हुनेछ । यसैले एक नम्बर प्रदेश सरकारका अर्थ मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोलाई यसवारे यर्थाथ जानकारी गराईसकेका छौ”— अध्यक्ष कार्कीले भने ।

  • बिराटनगर जोगबनी नाकामा दुई दर्जन अपांगहरु ओसारपसारमा सक्रृय

बिराटनगर भन्सार नाकामा अबैध ओसारपसार गर्ने अपांगङता भएका व्यक्त्तिहरु दश बर्ष पहिले एक दुई जना मात्र थिए । तर  हाल  ओसारपासरमा दुई दर्जन व्यक्त्तिहरु नाकामा अबैध ओसारपसारमा संलग्न छन । उनिहरुले बिराटनगर भन्सारको यात्रु शाखा मार्फत न्युन राजस्व तिरेर अधिक समान आफनो ट्राइसाईकलमा राखेर भन्सार पास गराउने गर्दछन । कोही भारतीय बजार जोगबनीबाट आफै सामान खरिद गरेर बिराटनगरका बिभिन्न व्यपारीहरुकोमा पुगेर बिक्रि गर्ने गर्दछन ।कोही चाँही धनीले खरिद गरेको समान ज्यालादारीमा बोक्ने गर्दछन ।

पाँच बर्षदेखी ओसारपसारमा संलग्न बिराटनगर १८ का ३० बर्षिय राजु मण्डलले कहिले आफै खरिद गरेर त कहिले धनीको समान ओसारपसार गर्ने गरेको बताए । ८ बर्षदेखी ओसारपसारमा सक्रृय बिराटनगर ६ का ३७ बषिय मुजहरी अन्सारीले धनीको अर्डर अनुसार बस्तुहरु ल्याइदिने गरेको बताए ।

  • व्यपारीको भरियाका रुपमा ओसारपसार गर्छन अपागहरु

अपाङंगता भएका व्यक्त्तिहरुको रोजगारको बहाना बनाउँदै भन्सार यात्रु शाखामा बसेका  कर्मचारी र ढाटमा चेकजाँचमा बसेका  राजस्व गस्तिले  पनि उनिहरुसँग मिलेमतो गरेर नदेखे झै गरि अबैध ओसारपसारलाई  प्रोत्साहन दिनेगरेका छन । जसले गर्दा अपांङगता भएका व्यक्त्तिहरुलाई दैनिक उपभोग्य समान ओसारपासर गराउन तस्करीमा संलग्न व्यक्त्ति र अधिक नाफा चाहने व्यपारीहरुले  प्रयोग गर्ने क्रमबढदै गएको छ । बिराटनगर भन्सार नाकामा हाल ३० जना जति अपांङगता भएका व्यक्त्तिहरु प्रत्यक्ष रुपमा ट्राइसाइकल मार्फत  ओसारपसारमा संलग्न छन । उनिहरुले ओसारपसारमा सहयोगी परिचालन गरेर ठेक्का लिने र दिने काम पनि गर्नेगरेका छन । ओसारपसारमा सक्रिय मुजहरि अन्सारीले नयाँपत्रिकासँग भने,– “मैले ल्याउन नसकेपनि मेरो मान्छेले ल्याइदिन्छन भेटेर अर्डर दिनुहोस ।”

बिराटनगर जोगबनी नाकामा अबैध ओसार पसारमा संलग्न अपांङगता व्यक्त्ति मध्ये महिला, पुरुष, पौढ र युवा सबै उमेर समुहका छन । मोरंगका बिभिन्न स्थानमा बसोवास गर्ने उनिहरु दैनिक जोगबनीबाट खरिद गरिएको उपभोग्य बस्तु खाद्यन्न, भाँडाकुँडा, लत्ताकपडा, ईलेक्ट्रिक सामान ,रजनीगन्धा, औषधी  लगायत ओसारसार गर्ने गर्दछन । उनिहरुले पहिले थोरै सामान देखाएर यात्रु शाखा मार्फत भन्सार प्रज्ञापन भरेर राजस्व तिर्छन । त्यसपछि ट्राइसाइकलमा  दोब्बर  तेब्बर समान थपेर भन्सार नाका टपाएर  बिराटनगर र अन्य बिभिन्न शहर बजारका व्यपारिहरुकोमा पुरयाउँछन । बिराटनगर भन्सारका एक प्रत्यक्ष दर्शी भन्छन, – “चार सयको राजस्व तिरे भने चार हजारको समान लैजान्छन ।”

  • नियन्त्रण प्रयास गर्दा प्रहरीलाई  निरिहको रोजगारी खोसेको आरोप

अपाङंगता भएका व्यक्त्तिहरुको भन्सार नाकामा ओसार पसारमा संलग्नमा बृद्धि हुँदै गएपछि प्रहरीले सम्झाएर नियन्त्रण गर्ने प्रयास गर्नेगरे पनि निरिहहरुको गरिखाने पेशा खोसिदिएको भनेर उनिहरुले आरोप लगाउने गरेका छन । जसको फाइदा उठाउँदै उनिहरुले प्रहरी , भन्सार कर्मचारीहरुलाई छिटपुट पैसा दिएकै भरमा अबैध ओसार पसार गर्दै आएका छन । उनिहरुलाई ओसारपासर नगर्न आग्रह गर्दै सम्झाउँदा उनिहरुले एक भएर बिरोध गर्ने र संघसँस्थाहरुलाई समेत गलत कामकालागि प्रयोग गर्ने गरेका छन । ‘इजी मनी’ कालागि दैनिक आम्दानी राम्रै हुने भएकोले उनिहरुको ओसार प्रसारमा संलग्नता बढदै गएको इलाका प्रहरी कार्यालय रानीका ईन्स्पेक्टर सन्तोष निरौला बताउँछन ।

  • आंशिक अपांगता भएकाहरु धेरै ओसारपसारमा सक्रृय

बिराटनगर जोबनी नाकामा ओसारपसारमा संलग्न प्रत्यक्षदर्शीहरु मध्ये अधिकांश आंशिक अपांङगता भएका व्यक्त्ति सक्रृय  छन । उनिहरु ट्राईसाइकलको माध्यबाट मालबस्तु ओसारपसार गर्ने गर्छन । प्रहरीले भन्सार बाहिरबाट गरिने ओसारपासरमा कडाई गर्न थालेपछि अपाङंगता व्यक्त्तिहरुको सहभागीता बढन थालेको प्रहरीहरु बताउँछन  । पहिले भन्सार नाकामा ओसारपसारमा उल्लेख्य मात्रमा बालबालिकाहरुको प्रयोग हुने गर्दथ्यो । तर तस्करीमा बालबालिकाहरुको प्रयोग रोक्न सरोकारबालाहरुले चासो दिन थालेपछि कम भएको छ । तर तस्करीमा बालबालिकाहरुको प्रयोग कम भएपनि  अपाङंगता भएका व्यक्त्तिहरुको सँख्या भने  हवात्तै बढेर जान थालेको छ  । ईप्रका रानीका ईन्स्पेक्टर सन्तौष निरौालले अपांङगता भएका व्यक्त्तिहरुलाई अबैध ओसारपसारमा नियन्त्रण गर्न कडाई गर्न थालेपछि संघसँस्थाहरु नै प्रशासनमा डेलिगेसन आएको र फरक क्षमता भएकाहरुको खरिखाने अधिकार खोसेको भन्दै बिरोध प्रर्दशन गरेकोले निरुत्साहित गर्ने काम चुनौती पुर्ण भएको बताए । उनले सामुहिक प्रयासमा बिस्तारै अपांङगहरुलाई ओसारपासर कार्यबाट निरुत्साहित गर्न योजना बनाइरहेको बताए । भने,– “राज्यले फरक क्षमता भएकाहरुलाई बिशेष अधिकार दिएपनि गैरकानुनी कामकालागि दिएको हैन यसैले भन्सार छली जस्तो कार्यमा प्रात्साहन गर्ने काम कसैबाट पनि हुनुहुँदैन ।”

  • को को छन ओसारपसारमा सक्रृय   

प्रहरीका अनुसार बिराटनगर सुडी टोलका दाहिने हात नभएका ५१ बर्षे राजबिक्रम  शाह ५ बर्षदेखी ओसारपसारमा संलग्न छन । देब्रे खुट्टा अपांगता भएका  बिराटनगर  पाञ्चालीका  ४० बर्षे पवन शाह पनि ४ बर्षदेखी सक्रृय छन । जहदा गापा २ का देब्रे हात अपांगता भएका २५बर्षिय मिथिलेस राजभर २ बर्षदेखी सक्रृय छन । हात अपाङंगता भएा बुढीगंगा गापा ७ का ४० बर्षिय हिरालाल बिश्वास ५ बर्षदेखी सक्रृय छ ।बेलबारी नपाका ३४ बर्षीय प्रकाश धिमाल ३ बर्षदेखी बिराटनगर ५ का २६ बर्षिय मोहम्मद कलाम १० बर्षदेखी बिराटनर १८ का २५ बर्षिय जयकुमार मण्डल ८ बर्षदेखी ओसारपसारमा संलग्न छन । यसैगरि बिराटनगर बुधनगरका एउटा हात नभएका १५ बर्षिय अमलेशकुमार मण्डल पनि चार बर्षदेखी ओसारपसारमा संलग्न छन ।  यसैगरि बिराटनगरकै २८ बर्षिय अरुण शाह ७ बर्षदेखी २८ बर्षिय  शमशेर शेर ६ बर्षदेखी ३७ बर्षिय मुजहरि अन्सारी ८ बर्षदेखी रंगेली नपा १० की २५ बर्षिय सुनिता पासवान २ बर्षदेखी सक्रृय छन । यसैगरि बिराटनगरका राजु मण्डल,  जयकुमार मण्डल, किसन मण्डल, संजयकुमार थापा, राज शर्मा,  रामकुमार सहनी मोहम्द कलाम, जहदा गापाका मुलचन्द मण्डल, ग्रामथान गापा झोराहाटका सुनिल सरकार, बिराटनर रानीका ह्रदयनन्द यादब, बिराटनगर बैजनाथपुरका रुपेशकुमार मण्डल, बिराटनगर पिचराका सन्तोष मुखिया,  लगायत दुई दर्जन अपाङगता भएकाहरु अबैध ओसारपसारमा सक्रृय छन ।

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]