Sorry, your browser does not support JavaScript! हकअधिकार माग गर्दै मुस्लिम समुदायको आन्दोलन शुरु - Merodesh.news

हकअधिकार माग गर्दै मुस्लिम समुदायको आन्दोलन शुरु

मेरोदेश संबाददाता,विराटनगर, ७ जेष्ठ

आफ्ना हकअधिकार सुनिश्चितगर्न माग गर्दै मुस्लिम समुदायले विराटनगरमा सरकार बिरोधी नारा लगाउदै ¥याली निकालेका छन ।

धार्मिक गौरवको सन्देश दिन पर्वहरुको सार्वजनिक विदा कटौती गरिएको,समानुपातिक समावेसी सिद्धान्त विपरीत राष्ट्रिय सभालाई मुस्लिम प्रतिनिधित्व विहीन बनाइएको र संबिधानमा ब्यवस्था भएको संबैधानिक मुस्लिम आयोग कृयाशिल नबनाईएको लगायतका माग राखी आन्दोलन शुरु गरेका मुस्लिम समुदायले आन्दोलनको पहिलो चरण अन्र्तगत ¥याली सहित सरकारलाई ज्ञापन बुझाएका हुन ।

Muslim--inner

स्थानीय बी प्लटबाट निकालिएको ¥यालीले सरकार बिरोधी नारा लगाउदै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन पठाएका छन । नेपाल मुस्लिम संघका कार्यवाहक सभापति आजाद आलमले प्रमुख जिल्ला अधिकारी आचार्यलाई ज्ञापन हस्तान्तरण गर्नुभयो । नेपाल मुस्लिम संघको केन्द्रीय कार्यसमितिको बैशाख ३१ गतेको निर्णय अनुसार विभिन्न माग राखी आन्दोलन शुरु गरिएको मुस्लिम अगुवा साहब अहमद गुड्डुले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनमा इस्लाम धर्मावलम्बीहरुको महानपर्व ईद, बकरईद र हजरत मुहम्मद जयन्तिकादिन यसअघि दिईदै आएको सार्वजनिक बिदालाई कटौती गर्न नहुने,नेपालको संबिधान अनुसार राज्यका हरेक निकायमा छुट्टै क्लस्टर अनुसार मुस्लिम समुदायको प्रतिशत अनुसार विज्ञापन गराईनुपर्ने माग गरिएको छ । यस्तै रोकिएको मदर्सा दर्ता फुकुवा गर्नुपर्ने र प्रशासनिक,कुटनैतिक सहित राज्यका सरकारी तथा अर्धसरकारी निकायमा मुस्लिम समुदायको प्रतिनिधित्व गराउन कानुनी ब्यवस्था गरिनुपर्ने उल्लेख गरिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]