Sorry, your browser does not support JavaScript! बेवसफ्ट आईटि नेपाल प्रालिका सञ्चालकलाई ज्यान मार्ने धम्की - Merodesh.news

बेवसफ्ट आईटि नेपाल प्रालिका सञ्चालकलाई ज्यान मार्ने धम्की

मेरोदेश संबाददाता,विराटनगर, ७ जेष्ठ

विराटनगरको हाटखोलामा कार्यालय रहेको बेवसफ्ट आईटि नेपाल प्रालिका सञ्चालक भविश मण्डलले आफ्नो कार्यालयमा तोडफोड गरिनुका साथै ज्यान मार्ने धम्की आएको बताएका छन ।

मण्डलले सोमबार विराटनगरस्थित नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनको आयोजनागर्दै आफ्ुलाई ज्यान मार्ने धम्की आएका कारण ज्यान रक्षाको पहल गरिदिन अपिल गरेका हुन । सो बिषयमा जानकारी दिनुहुंदै मण्डलले गएको बैशाख २२ गते राति १० बजेको समयमा स्थानिय रन्जन पासवानको नेतृत्वमा आएको समुहले आईटीको कार्यालयमा रहेका आफ्ना भाई चन्दन कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोड गरेको जानकारी दिनुभयो ।

घटनाको समयमा आफु कार्यालयमा नरहेकाले बांच्न सफल भएपनि भाई चन्दनलाई बेहोस हुनेगरि कुटपीट गरिएको र आफुलाई जहां देखे त्यही ज्यान मारिदिने धम्की दिएको पीडित भविशले दाबी गर्नुभयो । आफ्नो इन्स्टीच्युटमा कम्प्युटर सिक्न आउने एकजना छात्रासंग रन्जन पासवानले गरेको दुब्र्यवहारको घटना छात्राको अभिभावकलाई जनकारी गराईदिएकै कारण निज पासवानले आक्रमण गरेको मण्डलले जानकारी दिएका छन ।

घटनापछि स्थानिय हाटखोला चौकीमा उजुरी लिएर गएको त्यसपछि बैशाख २८ गते भएको सहमति अनुसार पीडक पक्षले घाईते भाईको उपचार खर्च दिने र कार्यालयमा भएको तोडफोडको क्षतिपुर्ति वापत ३० हजार दिने सहमति भएको पीडित भवेशले जानकारी दिनुभयो । सहमति अनुसारको रकम जेठ ४ गते दिनुपर्ने भएपनि पीडकहरु आफ्नो कबोलबाट फेरी पछि हटेर आउदो ९ गते दिने भनिएको पीडितले जानकारी दिएका छन । सो घटनामा स्थानियस्तरमा प्रभाव राख्ने केहि राजनितिक ब्यक्तिहरुले हस्तक्षेप गरिरहेकाले आफुहरुले न्याय पाउन समस्या भएको मण्डलको भनाई छ ।

प्रहरीले समेत सहमति कार्यान्वयन गराउनुको साटो आलटाल गरिरहेकोले आफ्नो ज्यान झन जोखिममा परेको मण्डलले गुनासो गरेका छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]