Sorry, your browser does not support JavaScript! संघीयता, धर्म निरपेक्षता र भ्रष्टचारविरुद्ध आन्दोलन घोषणा - Merodesh.news

संघीयता, धर्म निरपेक्षता र भ्रष्टचारविरुद्ध आन्दोलन घोषणा

मेरोदेश संबाददाता, काठमाडौं

नेपाल समाजवादी कांग्रेसले संघीयता, धर्म निरपेक्षता र भ्रष्टचारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । नेपाल समाजवादी कांग्रेसले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी देशमा व्यापक भ्रष्टचार बढेको र त्यसका लागि आन्दोलन जरुरी भएको भन्दै आन्दोलनको घोषणा गरेको हो ।सो पार्टीका अध्यक्ष विमलप्रसाद यादवले राष्ट्रिय समृद्धिका लागि संवैधानिक प्रजातन्त्र र हिन्दुराज्यको स्थापना जरुरी भएकाले त्यसका लागि आन्दोलनको घोषणा गरिएको बताए ।

33103024_2070937113173140_110674886241812480_n.jpg उनले हाल देशमा बढ्दै गएको अराजकता र भ्रष्टचार रोक्न पनि आन्दोलन अपरिहार्य भइसकेको बताए । अध्यक्ष यादवले सरकार पछिल्लो समयमा दमनकारी बाटोमा लागेकाले यो सरकारबाट जनताले अधिकार पाउन नसक्ने बताए ।सो पत्रकार सम्मेलनमा सो पार्टीका महासचिव गोविन्द निरौलाले सरकारले शान्तिपूर्ण आन्दोलन गर्नसमेत रोकेको आरोप लगाए । उनले शान्तिपूर्ण आन्दोलन गर्न खोज्दा आफ्नो पार्टी कार्यालयमा सरकारले धरपकड गरेकोमा आपक्ति जनाए ।

म्हासचिव निरौलाले सरकार निरंकुसताको बाटोमा हिडेका कारण सरकारविरुद्ध एक भएर लाग्न अपिल गरे । ‘यो सरकारले जनताका आधारभूत अधिकारको समेत ख्याल गरेन’ उनले भने, ‘अब हामी सरकारविरुद्ध कडा तर शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौ । अब हामी चुप लागेर बस्दैनौं ।’

सो पार्टीले बैशाख २८ मा भारतीय प्रधानमनत्री नरेन्द्र मोदी आउँदा मोदीको विरोधमा ५२ स्थानमा पर्चा वितरण गरेको थियो । त्यो लगत्तै प्रहरीले सो पार्टीको कार्यालयबाट केन्द्रिय सदस्य पार्वती थापासहित अन्यलाई गिरफ्तार गरेको थियो । गिरफ्तार सबै कार्यकर्तालाई ६ दिनपछि रिहा गरेको थियो ।

सो दिन प्रहरी नेपाल समाजवादी कांग्रेस वानेश्वरस्थित पार्टी कार्यालयमा ताला फोडेर कार्यालयमा भएका सम्पूर्ण कागजपत्रसमेत लगेको थियो । त्यसयता बन्द रहेको सो पार्टीको कार्यलय पनि आजै पत्रकार सम्मेलन गरेर खोलेको छ ।

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना
७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी सर्मा ओलीले ७१औँ विश्व मानव अधिकार दिवसको असवरमा शुभकामना दिएका छन् । ओलीले मंगलबार विश्व मानव अधिकार दिवसको अवसरमा लिखित शुभाकामना सर्वाजनिक गरेका हुन्[...]

नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने
नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने

काठमाडौं २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले २९ मंसिरमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं नेकपाका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा[...]

कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला
कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला

विराटनगर, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो[...]