Sorry, your browser does not support JavaScript! माननीयको बहस सञ्जेलको पक्षमा - Merodesh.news

माननीयको बहस सञ्जेलको पक्षमा

मेरोदेश संबाददाता,बिराटनगर ६ जेठ 

विराटनगर प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या अभियोगमा पक्राउ परेकाहरुको पक्षमा बहस गरेका छन् । मोरङ क्षेत्र नम्बर २ को ‘२’ बाट निर्वाचित सांसद अधिकारीले सुन तस्करी प्रकरण र शाक्य हत्या प्रकरणमा मुछिएका प्रहरी सई बालकृष्ण सञ्जेलको बचाउ गरेका हुन् ।

प्रदेशसभाले प्रदेश सञ्चालनकालागि ऐन नियम निर्माण गर्छ । प्रदेश सभाले बनाएको ऐन नियम कार्यन्यन गर्ने निकाय मध्ये अदालत पहिलो हो । ऐन निर्माण गर्ने तहमा पुगेका अधिकारीले आइतवार चर्चित मुद्धाको बहस गरेका हुन् । ‘ कानुनले त उहाले बहस गर्न पाउनुहुन्छ’ प्रतिपक्षमै बहस गर्ने एक अधिवक्ताले भने ‘तर सांसद भैसकेको मान्छेले बहस गर्न सुहाउदैन् ।’

बरियाताक्रममा पनि प्रदेशसभा सदस्य उच्च अदालतका न्यायधिस भन्दा माथीको हैसियतमा हुन्छन् । तर अधिकारीले बहस गरेपछि कानुन व्यावसायीहरु नै रुष्ट बनेका छन् । ‘आज प्रतिपक्षीको पक्षमा बसेका सांसदले भोली कस्तो कानुन बनाउने ।’ ती कानुन व्यावसायीले भने ‘ उहाले बहस नगर्दा राम्रो हुनेथियो ।’

प्रदेश नम्बर १ को प्रदेश सभा नियमावली २०७४ को नियम १७८ को ‘ख’मा ‘ समाजमा विद्यमान सार्वजनिक नैतिककता र आचरण अनुकुलको व्यावहार सदैव गर्ने भन्ने उल्लेख छ ।’ अदालतमा बहस गर्दा अधिकारीमाथी नैतिक दवाव पनि उठेको छ । नियमावलीको नियम १८० मा आचरण अनुगमन समिति गठन गर्न सक्ने व्यावस्था छ । तर प्रदेश नम्बर १ मा अनुगमन समिति गठन गरेको छैन् ।

यता अधिकारी भने बहस गर्न पाउने बताउछन् । प्रदेश सभा सदस्य कुनै न्यायिक समितिमा नरहने भएकाले बहस गर्न सक्ने उनको भनाई छ । अदालतमा प्रदेशसभा सदस्य भन्दापनि कानुन व्यावसायी भएर बहस गरेको अधिकारीले बताए ।

अदालतमा जारी थुनछेक बसहमा आइतवार आठ जना कानुन व्यावसायीले बसह गरेका थिए । सोमवार सम्म प्रतिवादी तर्फका कानुन व्यावसायीले बहस सक्ने बताइएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]