Sorry, your browser does not support JavaScript! कृषि प्रविधि प्रसारमा हाम्रो आफनै मोडेल - "डा. राजेन्द्र उप्रेती" - Merodesh.news

कृषि प्रविधि प्रसारमा हाम्रो आफनै मोडेल – “डा. राजेन्द्र उप्रेती”

 

अरु क्षेत्रको भन्दा फरक हाम्रो आवश्यकता

कृषि प्राविधिक-बिशेषज्ञहरुको काम अन्य धेरै प्राविधिक क्षेत्र भन्दा अलग छ । कृषि बिकासका कुरा गर्दा हरेक बाली÷बस्तु र हरेक भौगोलिक क्षेत्रको प्राविधिक आवश्यक्ताहरु अलग छन । कृषि बिकासका आवश्यकताहरु न त  प्रसासनिक कार्यालयहरुका कार्यविधिसंग मिल्छन, न त ईन्जिनियरिङका कुराहरुसंग । यसका आवश्यकताहरु नितान्त अलग छन । त्यसैले हामीलाई भौगोलिक क्षेत्र, बाली÷बस्तु केन्द्रित बिशेषज्ञ र प्राविधिकहरु चाहिन्छ । एउटै भोगोलिक क्षेत्रमा रहेका बालीहरु भए पनि सुपारी, अलैचीे र चियालाई चाहिने प्राविधिक आवश्यकताहरु अलग अलग हुन्छन र देशले यो क्षेत्रको साच्चै रुपान्तरणका चाहना गर्ने हो भने कृषि बिकासका सबै संभाव्य क्षेत्रकोलागि बिशिष्टीकृत प्राविधिकहरु चाहिन्छ । जुन अहिले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी संयोजनको नाममा गर्न खोजेको “ठाँउ रोजाएर वा पद रोजाएर होइन काम रोजाएर” गरिने ब्यवस्थापनबाट मात्र गर्न सकिन्छ ।

कृषि बिकासको हाम्रो आफनै मोडेल

बिगत पाँच दशक भन्दा लामो हाम्रो कृषि बिकासको यात्रामा हामीले संसारका धेरै कृषि प्रविधि प्रसारका मोडेलहरु परिक्षण ग¥यौ । ति मध्ये धेरै जसो पश्चिमा कृषि बिशेषज्ञहरुलेनै डिजाईन गरेका थिए र तर ति सबै जसो हाम्रा लागि राम्रा हुन सकेनन । तर हामी अझै त्यस्तै कुराहरुको नक्कल गर्न खोजिरहेका छौ । हामी हाम्रा किसानको आवश्यकतामा केन्द्रित हुन सकिरहेकाछैनौ । हाम्रा किसानहरु प्राविधिक सेवा, त्यो प्रविधि प्रयोग गर्न चाहिने सामाग्री÷उपकरण र उत्पादित कृषि बस्तुहरुको बिक्रिवितरणको लागि उपयुक्त बजार आफनै वरिपरी चाहन्छन । कम्तीमा यि तिन आवश्यकताहरु पुरा गर्न सकियो भने कृषिको रुपान्तरणमा अहिलेको अवस्थाबाट केहि कदम अगाडी जान सकिन्छ । यो गर्नका लागि नेपाल सरकारले धेरै बर्ष देखि भन्दै आएको सरकारी निजि साझेदारीको वास्तविक मोडेल कारगर हुनसक्छ ।

हाम्रो संस्थागत पुनरसंरचना भैरहेको अवस्थामा हामी किन यसको प्रयोग नगर्ने? हाम्रो नयाँ कृषि सेवा केन्द्र÷सिकाई केन्द्र÷बिज्ञान केन्द्रहरुमा एउटै छाना मुनी प्राविधिक, कृषि सामाग्री र बजार सेवालाई किन नजोडने ? यो उदेश्य केन्द्रित भएर हाम्रा प्रविधि केन्द्रहरु निर्माण गरियो भने अनि बल्ल कुन तहका कस्ता बिशेषज्ञ÷प्राविधिकहरु खटाउने भन्ने कुरामा छलफल गर्न सकिन्छ । जस्तै चिया, अलैची, खाद्यान्न बाली वा तरकारीका दुई तिन जिल्ला ढाकिने क्षेत्रको नेतृत्व त्यहि बिषयमा ज्ञान भएको र काम गर्न ईच्छा देखाएको प्रथम श्रेणिको अधिकृतलाई किन नदिने ? अनी जिल्ला स्तरिय नेतृत्व दोश्रो श्रेणिका  र जिल्ला भित्रका ठूला उत्पादन क्षेत्रहरु तृतिय श्रेणिका अधिकृतहरुलाई नेतृत्व गर्न किन नदिने ? सानो ब्यवस्थित कार्यालय र उदेश्य केन्द्रित कार्यक्षेत्र आजको आवश्यकता हो । हालको अनुत्पादक, नाम र दाममा केन्द्रित कार्यालय र कार्यप्रणालीले अव हाम्रो समस्याको निकास दिन सक्दैन ।

कसरी गर्ने ?

हामीले अब बनाउने कृषि सेवा केन्द्र÷सिकाई केन्द्र÷बिज्ञान केन्द्रमा सरकार तर्फबाट प्राविधिक कर्मचारीहरु रहन सक्छन, कृषि सामाग्री कम्पनी र राष्ट्रिय बीउ बिजन कम्पनीका एकाईहरु त्यहाँ हुनसक्छन, बिमा कम्पनी र बैंकहरुका संपर्क सुत्र त्यहाँ स्थापित गर्न सकिन्छ, एग्रोभेट तथा बिरुवा नर्सरीका बिक्रि कक्षहरु त्यहाँ राख्न सकिन्छ र किसानका उत्पादनहरु बिक्रि गर्नका लागि बजारसंगका संपर्कसुत्रहरु त्यहा स्थापना गर्न सकिन्छ । यि कार्यहरुको नेतृत्व र समन्वयको काम एउटा सक्षम द्धितिय श्रेणिको अधिकृतले गर्न सक्छ । हाम्रा धेरै कृषि प्राविधिकहरुले बिमा संवन्धी तालिम लिएकाछन र उनीहरुले आफनो क्षेत्रमा बिमाअभिकर्ताको काम गर्न सक्छन । कृषि सामाग्री कम्पनी र राष्ट्रिय बीउ बिजन कम्पनीको स्थानिय बिक्रेताको काम पनि हाम्रा कर्मचारीहरुले गर्न सक्छन । यसबाट धेरै बर्ष देखि हामीले सुनिरहेको “कृषिका कर्मचारी भागिहिडछन कार्यालयमा बस्दैनन“ भन्ने जनगुनासो कम हुनसक्छ र कर्मचारीको खटाई अनुसार अतिरिक्त कमाई पनि हुनसक्छ । किसानहरुले गुणस्तरिय कृषि सामाग्रीहरु सहजतापूर्वक पाउनेछन भने यस्ता सामाग्रीहरुको अनियन्त्रित मुल्य प्रतिस्पर्धि हुनेछ दुबै कुराले किसानहरु लावान्वीत हुनेछन । तर यस्तो परिवर्तनको लागि दृढ ईच्छाशक्ति भएको नेतृत्व आवश्यक हुन्छ । परम्पराको दुहाई दिने, ईच्छाशक्तिरहति र जोखिम लिन नचाहने नेतृत्वबाट यस्तो रुपान्तरण संभव छैन ।

कर्मचारी ब्यवस्थापन कसरी गर्ने ?

माछा पालन ब्यवसाय नेपालको लागि एउटा राम्रो संभावना भएको क्षेत्र हो । यो तराई क्षेत्रमा केन्द्रित छ । देशले संधियतामा प्रवेश गरे संगै स्थापना भएका ३ प्रदेशहरु १, २ र ५ मा माछा पालनको कुशल नेतृत्व गर्ने गरि ३ जना प्रथम श्रेणिका अधिकृतहरुलाई जिम्मेवारी किन नदिने ? यो उनीहरुको लागि चुनौती र अवसर दुवै हो ।  खाद्यान्न बालीमा काम गर्न रुची देखाउनेहरुलाई यसरीनै संभावित क्षेत्रको नेतृत्व गर्ने अवसर दिउ । तरकारी र फलफुल क्षेत्रका उच्च अधिकृतहरुले संभावित क्षेत्रमा बसेर त्यसको नेतृत्व सम्हालुन र आफनो क्षमता प्रमाणित गरेर देखाउन । त्यस्तै दुध उत्पादन, मासु उत्पादन, मसलाबालीका प्रथम श्रेणिका प्राविधिकहरुले सोहि बाली÷बस्तुहरुका संभावित क्षेत्रमा बसेर त्यसको नेतृत्व गरुन ।

अब साच्चै रुपान्तरण चाहने हो भने सबै तहका प्राविधिक÷बिशेषज्ञहरुले आफु भन्दा तल्ला तहका कर्मचारीहरुलाई काम लगाएर हाकिमगिरी गर्ने भन्दा आफनो ज्ञान, सिप र दक्षताको प्रयोग गरेर रुपान्तरण अभियानको नेतृत्व गर्ने र आफु भन्दा तलका कर्मचारीहरुलाई भविष्यका लागि दिक्षित गर्ने जिम्मेवारी सम्हाल्ने हिम्मत गरुन । यो कामले हामी सबैको आआफनो क्षमताको बिकास पनि हुनेछ र देश बिकासमा योगदान पनि हुनेछ । अहिले भैरहे जस्तै जुनसुकै बहानामा सबै जसो माथिल्लो श्रेणिका अधिकृतहरु मन्त्रालय र बिभागको वरिपरि बस्नको लागि भैरहेको संस्थागत पुनरसंरचनाको प्रयासले हाम्रा प्राविधिकहरु संगठनको लागि घाटीमा झुन्डिएका गलगाँड भन्दा धेरै केहि हुने छैनन र निर्माण गरिने संगठन देशको लागि बोझ बाहेक केहि हुनेछैन ।

निस्कर्ष

हामीहरु अरुका देखासिखिमा योजना बनाउछौ तर हाम्रा किसानहरुले के खोजिरहेका छन ध्यान दिदैनौ । हिजोसम्म हाम्रो मन्त्रालय अन्र्तगत देशभरी फैलिएका हाम्रा संस्थागत संरचनाहरुबाट सेवा पाउने किसानहरुको संख्या २० प्रतिशत भन्दा कम छ र अन्य ८० प्रतिशत भन्दा धेरै किसान परिवारहरु भरपर्दो सेवाबाट बंचित छन । ति किसानहरु सम्म हाम्रो भरपर्दो पहुच पु¥याउनका लागि हामीले हाम्रो परम्परागत सोच, संस्थागत संरचना, कामगर्ने तरिकाहरुमा ब्यापक परिवर्तन ल्याउन जरुरी छ । केन्द्रमा सरोकारवाला र अन्तरमन्त्रालयहरुसंगको समन्वय, निति निर्माण र कार्यक्रमहरुको अनुगमन मुल्याङ्कन गर्न आवश्यक कार्यकुशल र छरितो संगठानिक ढाँचा राखेर अन्य अधिकांस कर्मचारी किसानहरुसंग नजिक रहेर कार्यगर्ने प्रदेशहरु र स्थानियतहहरुमा “ठाँउ होइन काम रोजायर” समायोजन गरौ । राज्यको पूननिर्माणमा योगदान गरौ ।

लेखक क्षेत्रिय कृषि निर्देशनालय,बिराटनगरमा कार्यरत

बरिष्ठ कृषि प्रसार अधिकृत हुन ।

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन
कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन[...]

चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित
चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित

इलाम। चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]