Sorry, your browser does not support JavaScript! सुन तस्करी र सनम शाक्य हत्या प्रकरण - प्रहरी पक्षको थुनछेक बहसमा ४० बढी कानुन व्यवसायी - Merodesh.news

सुन तस्करी र सनम शाक्य हत्या प्रकरण – प्रहरी पक्षको थुनछेक बहसमा ४० बढी कानुन व्यवसायी

“नौ दिनमा ५३ जना बकिलले थुनछेक बहसमा भाग लिइसकेका छन बरिष्ठ अधिबक्त्ताहरु शम्भु थापा,रमणकुमार श्रेष्ठ, यदुनाथ खनाल, शुसिलकुमार पन्त लगायतले प्रतिबादी रहेका प्रहरीको पक्षमा बहस गरेका छन ।”

मेरोदेश संबाददाता,बिराटनगर ६ जेठ 

नेपाल सरकार बादी रहेको संगठित अपराध अन्र्तगत सुन तस्करी , मानव अपहरण र कर्तव्य ज्यान अपराध मुद्दामा जिल्ला अदालत मोरंगमा भैरहेको थुनछेक बहसमा आरोपी प्रहरीहरुको तर्फबाट ४० भन्दा बढी जना कानुन व्यवासीहरुले बहस गरिरहेका हुन ।
२७ बैसाखदेखी निरन्तर भैरहेको थुनेछेक बसहमा प्रहरीको तर्फबाट केही कानुन व्यवसायीले बहस गरिसकेका छन भने केहीले बहस गर्न बाँकी छ ।
आरोपी निलम्बित एसपी बिकासराज खनालको पक्षमा बरिष्ठ अधिबक्त्ताहरु शम्भु थापा ,रमणकुमार श्रेष्ठ, यदुनाथ खनाल र अधिबक्त्ता मनिषा बस्नेतले बहस गरिसकेका छन । यस्तै पुर्व डिआईजी गोबिन्द निरौलाको पक्षमा बरिष्ठ अधिबक्त्ता रमणकुमार श्रेष्ठ, अधिबक्त्ता भानुप्रसाद निरौला, ईश्वर पोखरेल, सुदिपकुमार पोखेलेले बहस गरेका छन ।
यसैगरि एसपी दिवेश लोहनीको तर्फबाट अधिबक्त्ताहरु रामचन्द्र सुबेदी, देबेन्द्र कोइराला, र बरिष्ठ अबिक्त्ता शुसिलकुमार पन्तले बहस गरेका छन ।

डिएसपी प्रजित केसीको पक्षमा अधिबक्त्ताहरु सुरेशलाल श्रेष्ठ, राजकुमार राउत, तुलसी पोखरेल, संकरमान थापा, माधवराज आर्चायले बहस गरेका छन । डिएसी सञ्जयबहादुर राउतको पक्षमा अधिबक्त्ताहरु शिवराज चौहान, शान्तिराम भण्डारी, रामप्रसाद भण्डारी, अमरबहादुर राउत, राजबहादुर राउत लगायतले बहस गरेका छन । सई बालकृष्ण सञ्जेलको तर्फबाट अधिबक्त्ताहरु योगेन्द्र काफले, लीला बल्लभ अधिकारी, टंकप्रसाद उप्रेती, राजेन्द्र खनाल, केदार भण्डारी, नारायण बस्ती र बिश्वराज भट्टराईले बहस गरेका छन । प्रहरी हल्दार अमरबहादुर थापको पक्षमा अधिबक्त्ता मधुसुदन चौधरी र प्रहरी जवान बिष्णुबहादुर खडकाको पक्षमा अधिबक्त्ता हिक्मत पौडेल र खगेन्द्र श्रेष्ठले थुनेछेक बहसमा भाग लिएका छन ।

५३ जनाले बहस गरिसके , बहस निरन्तर जारीसुन तस्करी र शनम शाक्य हत्या प्रकरणमा पक्राउ परेकाहरुकालागि ५३ जना बकिलहरुले थुनछेक बहसमा भाग लिइरहेका छन ।जिल्ला अदालत मोरगको ६ नम्बर इजलासमा नौ दिनदेखी निरन्तर भैरहेको थुनछेक बहसमा शुक्रबार सम्ममा ७ सरकारी वकिल र ४६ जना प्रतिबादीतर्फका कानुन व्यवासायीहरुले भाग लिइसकेका हुन ।शुक्रबार सम्म ७ जना सरकारी वकिलहरुले नेपाल सरकारको पक्षमा र प्रतिबादीतर्फका ४६ जना कानुन व्यवसायिहरुले अभियुक्त्तहरुको पक्षमा बहस गरेका छन ।

प्रस्तुत मुद्दामा बहस गर्ने कानुन व्यवसायीको सँख्या अझै बीस भन्दा बढी छ । मोरंग अदालतका अनुसार बहस गर्न जम्मा १ सय १३ जनाले वकालतनामा दर्ता गराएका छन । तर धेरै कानुन व्यवासायीहर प्रतिनिधिमुलक मात्रै रहेको र बिषय दोहोरिने भएकोले अब करिब २० जना जतिले मात्र बहस गर्ने कानुन व्यवसायीहरु बताउँछन ।
३० जना पक्राउ परेको र ३३ जना फरार रहेको संगठित अपराध अन्र्तगतको सुन तस्करी, मानव अपहरण र शरिर बन्धक अनि कर्तव्य ज्यान मुद्दामा एक पुर्व डिआईजी, दुई बहालवाला एसपी, दुई डिएसपी एक सई सहित एक हवल्दार र एक प्रहरी जवान समेत मोरंग प्रहरीको हिरासतमा छन ।

मोरंग प्रहरीले सरकारी बकिलको कार्यालय मोरंग मार्फत १९ बैशाखमा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो । मोरंग अदालले न्यायधिश नरायण शर्माको इजलासमाएक हप्तासम्म निरन्तर अभियुक्त्तहरुको बयान लिएपछि थुनछेक बहस सुरु भएको हो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]