मेरोदेश सम्बाददाता,विराटनगर
मोरङ बडीबिल्डींग संघको नयां कार्यसमिति गठन भएको छ ।नेपाल फेडरेसन अफ बडीबिल्डींग एण्ड फिटनेसको आयोजनामा आज विराटनगरमा भएको कार्यक्रमकाबीच अमलेश कर्णको अध्यक्षतामा २१ सदस्यिय कार्यसमिति गठन भएको हो । मोरङ जिल्लाको सम्पुर्ण क्लब र पुरानो खेलाडीहरुलाई समेटेर गठन गरिएको कार्यसमितिको उपाध्यक्षद्वयमा दिपक तिम्सिना र उमेश कार्की,महासचिव नविनविक्रम शाह,सचिव प्रभाकर राना मगर,कोषाध्यक्ष सुरज मिश्रा र सहकोषाध्यक्षमा किशोर पोखरेललाई चयन गरिएको छ ।
कार्यसमितिको सदस्यहरुमा सागर ढुंगेल,भोगेन्द्र भट्टराई,गणेश नेपाली,नवनितराज प्रधान,रियाज कुरैशी,प्रदीप भुजेल र बिजय शाहलाई चयन गरिएको छ । यसैगरि श्याम साह,एन्जल खड्का,संजिवकुमार राय,अशोक खड्का,योगेश श्रेष्ठ,प्रजु श्रेष्ठ र विमला सुवाललाई समेत सदस्यमा निर्वाचित गरिएको छ । ९ जनाको कार्यसम्पादन कार्यसमिति गठन गरेर मोरङ जिल्लाभरिका सबै क्लबलाई समेटेर छिट्टै कोच तालिम सञ्चालन गराईने नवनिर्वाचित अध्यक्ष कर्णले जानकारी दिनुभयो । कार्यक्रममा आयोजक संस्थाका शिव लामिछाने सल्लाहकार राजभक्त प्रधानाङ,भाइस प्रेसीडेन्ट,रणबहादुर थेब पुर्व मोरङ अध्यक्ष सुरेश भट्टराई लगायतको उपस्थिति थियो ।