Sorry, your browser does not support JavaScript! कम्युनिष्ट शासन लागु गर्न खोजिए प्रतिवाद – गच्छदार - Merodesh.news

कम्युनिष्ट शासन लागु गर्न खोजिए प्रतिवाद – गच्छदार

मेरोदेश सम्बाददाता, सुनसरी, ५ जेष्ठ

नेपाली कांग्रेस संसदीय दलका उपनेता एवम् पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकारले कम्युनिष्ट पद्धतिको शासन लागु गर्न खोजे आफुहरुलाई मान्य नहुने बताउनुभएको छ । सुनसरीको बर्जु गांउपालिकामा सत्गुरु कबिर ज्ञान महायज्ञको समुदघाटन सभामा बोल्नुहुंदै उहांले नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षिको भुमिकामा रहेर सरकारको कृयाकलापको अवलोकन गरिरहेको बताउनुभयो । उहांले आगामी दिनमा सरकारले अपनाउने निति र गुणदोसको आधारमा सरकारको सर्मथन वा विरोध गरिने बताउनुभयो । नेता गच्छदारले कम्युनिष्ट शैली र मान्यताको शासन पद्धति लागुगर्ने प्रयास भए आफुहरुलाई स्वीकार्य नहुने बताउनुभयो ।

बिजय गच्छदार1

पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका उहांले कांग्रेस प्रमुख प्रतिपक्षिको भुमिका निर्वाह गर्दै लोकतान्त्रीक पद्धति,संसदिय प्रजातन्त्र,मानवअधिकारलाई कुण्ठित हुन नदिने बताउनुभयो । नेता गच्छदारले कानुनी राज्य तथा स्वतन्त्र न्यायालयको मान्यता र जनताको आधिकारलाई जोगाई राख्न कांग्रेस प्रतिबद्ध रहेको बताउनुभयो । बर्जु गांउपालिकाका अध्यक्ष रघुनन्द चौधरीले धार्मिक कार्यक्रमहरुको आयोजनाले धर्मसंस्कृतिको संरक्षणको साथै सामाजिक सुद्धतामा सघाउ पु¥याउने बताउनुभयो । बर्जु गांउपालिकाको वडा नम्बर ४ हरबोनीमा शुरु भएको सत्गुरु कबिर ज्ञान महायज्ञमा दैनिक प्रवचन र कबिर लिला समेत प्रर्दशन गरिने आयोजकले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

दुई मानवअधिकारकर्मी सम्मानीत
दुई मानवअधिकारकर्मी सम्मानीत

विराटनगर २४ मंसिर । मानव अधिकार दिवसको अवसरमा एक नम्बर प्रदेशका दुई जना मानव अधिकार रक्षक सम्मानित भए । मानव अधिकार सञ्जाल एक नम्बर प्रदेशले मंगलबार विराटनगरमा ७१औ विश्व मानव[...]

प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा
प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा

विराटनगर २४ मंसिर । एक नम्बर प्रदेश  सरकारले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा राख्ने[...]

११ बुँदे घोषणापत्र जारी गर्दै इटहरीमा लैङ्गिक हिंसाबिरुद्धको सम्मेलन सम्पन्न
११ बुँदे घोषणापत्र जारी गर्दै इटहरीमा लैङ्गिक हिंसाबिरुद्धको सम्मेलन सम्पन्न

इटहरी २४ मंसिर । ११ बुँदे इटहरी घोषणा पत्र जारी गर्दै लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलन सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाले आयोजना गरेको सम्मेलनमा एक वर्षका लागि लैङ्गिक हिंसा[...]