Sorry, your browser does not support JavaScript! विपन्नलाई आगामी ६ महिनासम्म खाद्यान्न उपलव्ध गराइने - Merodesh.news

विपन्नलाई आगामी ६ महिनासम्म खाद्यान्न उपलव्ध गराइने

मेरोदेश सम्बाददाता, विराटनगर५ जेष्ठ ,

विराटनगरस्थित एउटा संस्थाले असहाय, अपांग तथा कामगर्न नसक्ने २० परिवारलाई आगामी ६ महिनासम्म खाद्यान्न उपलव्ध गराउने भएको छ । विराटनगर–१ स्थित ‘हामी पहिले मानव हौ’ नामक संस्थाले विराटनगर महानगरपालिकामा रहेका त्यस्ता परिवारलाई खाद्यान्नको व्यवस्था मिलाएको हो । संस्थाले विराटनगरस्थित परोपकार घाटमा आज एक कार्यक्रमको आयोजनागरि ती परिवारलाई चामल, दाल, तेल, नुन जस्ता आवश्यक खाद्यान्न वितरण गरेको छ ।

विराटनगर

नेपाल कम्युुनिष्ट पार्टिका नेता एवं सांशद शिवकुुमार मण्डल र संस्थाकी अध्यक्ष रिता पन्तले सयुुक्त रुपमा ती परिवारलाई खाद्यान्न वितरण गर्नुुभयो । आफ्नै लगानीमा दिनदुखिकालागि ६ महिनाको खाद्यान्नको जोहो गरेको अध्यक्ष पन्तको भनाई छ । विराटनगर–१ को नमुुनामार्गमा रहेको संस्थाले प्रत्येक महिनाको ५ गते ती परिवारलाई खाद्यान्न वितरणगर्ने व्यवस्था मिलाएको छ । कार्यक्रममा वोल्दै संघीय सरकारका पुर्व मन्त्री मण्डलले वृद्धाआश्रम खोल्ने भन्दापनी यसरी दिनदुखीलाई सेवागर्नुु मानव धर्म भएको वताउनुु भयो । उहाले घरमा सम्पती हुुंदाहुंदैपनि आमावुुवालाई वुुद्धा आश्रममा लगेर छाडने छोराछोरीलाई राज्यले दण्डितगर्नुुपर्ने कानुुन ल्याउनुुपर्ने वताउनुुभयो ।

कार्यक्रममा वोल्दै संस्थाकी अध्यक्ष रिता पन्तले हामी पहिले मानव भएकाले मानव मानव विच भाइचाराको सम्वन्ध स्थापितगर्न र सवैधर्म जातिलाई सम्मानगर्न नैतिक शिक्षा आजको आवश्यकता भएको वताउनुुभयो । संस्थाले आमावुवाको निस्वार्थ सेवागर्ने सन्तान तथा दाइजो नलिई विवाहगर्ने व्यक्तिलाई समेत सम्मान गरेको थियो । संस्थाले विराटनगर स्थित मोरङ कारागारमा रहेको ४० जना महिला कैदिहरुलाई नैतिक शिक्षा तथा सुुरक्षागार्डलाई समेत सात दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको संस्थाकी अध्यक्ष पन्तले वताउनुुभयो । संस्थाले अपांग तथा असहाय परिवारका लागि घरटहरा समेत निर्माण गरेको जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

दुई मानवअधिकारकर्मी सम्मानीत
दुई मानवअधिकारकर्मी सम्मानीत

विराटनगर २४ मंसिर । मानव अधिकार दिवसको अवसरमा एक नम्बर प्रदेशका दुई जना मानव अधिकार रक्षक सम्मानित भए । मानव अधिकार सञ्जाल एक नम्बर प्रदेशले मंगलबार विराटनगरमा ७१औ विश्व मानव[...]

प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा
प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा

विराटनगर २४ मंसिर । एक नम्बर प्रदेश  सरकारले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा राख्ने[...]

११ बुँदे घोषणापत्र जारी गर्दै इटहरीमा लैङ्गिक हिंसाबिरुद्धको सम्मेलन सम्पन्न
११ बुँदे घोषणापत्र जारी गर्दै इटहरीमा लैङ्गिक हिंसाबिरुद्धको सम्मेलन सम्पन्न

इटहरी २४ मंसिर । ११ बुँदे इटहरी घोषणा पत्र जारी गर्दै लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलन सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाले आयोजना गरेको सम्मेलनमा एक वर्षका लागि लैङ्गिक हिंसा[...]