Sorry, your browser does not support JavaScript! खोलामा उत्खनन रोकेको भन्दै गाउँपालिका उपाध्यक्षको घर घेराउ - Merodesh.news

खोलामा उत्खनन रोकेको भन्दै गाउँपालिका उपाध्यक्षको घर घेराउ

मेरोदेश संबाददाता, केरावारी, मोरंग

मोरङको केरावारी स्थित खदम खोलामा भइरहेको अवैध उत्खनन् रोकिएपछि केही ट्रयाक्टर व्यवसायिहरुले शनिवार उपाध्यक्ष शान्तिकुमारी भुजेलको घर घेराउ गरेका छन् ।अनियन्त्रितरुपमा नदिजन्य पदार्थको दोहन गरिरहेका क्रसर व्यवसायि र ट्रिपर व्यवसायिहरुको उक्साहटमा ट्रयाक्टर व्यवसायिलाई अघि सारेर उपाध्यक्ष भुजेललाई धम्की स्वरुप उहाँको घर घेराउ गरेका हुन् ।स्वीकृत परिमाण भन्दा तीन गुणा बढी ढुंगागिटि उत्खनन् गरेपछि निरन्तर त्यसको विपक्षमा उभिदै आउनुभएकी भुजेलले खोला बन्द गराउन र प्राकृतिक स्रोतको संरक्षण गर्न भूमिका खेल्नु भएको थियो । विहिवार पनि उहाँले गाउँपालिकाका अध्यक्ष तथा क्रसर संचालक रोहीतबहादुर कार्कीलाई खोलाबाट स्रोत उत्खनन् रोक्न अन्यथा आफैं पत्र लेखेर प्रतिरोध सुरु गर्ने चेतावनी दिनुभएको थियो ।

उपाध्यक्षले खोलामा भइरहेको दोहन रोक्न आफैं अग्रसरता देखाएपछि वाध्य भएर कार्कीले ठेकेदार कम्पनीलाई पत्रलेख्नु भएको थियो ।

भुजेलकै कारण सूचनाहरु सार्वजनिक भएको र खोला उत्खनन् बन्द भएको भनेर क्रसर संचालक तथा गाउँपालिकाका अध्यक्ष र वार्डअध्यक्षहरुले प्रचार गरेपछि उहाँलाई तर्साउने नियले दर्जनौं ट्रयाक्टर लगेर घर घेरिएको हो । उपाध्यक्षको घर घेराउ भएको सूचना पाएपछि सशस्त्र प्रहरी वलले घेराउ गर्नेहरुलाई त्यहाँबाट हटाएको छ ।

मापदण्ड पुरा नगरी खुलेका क्रसर उद्योगहरुका कारण जथाभावी उत्खनन् भएर स्थानीय क्षेत्रमा वाताबरणीय असर पुगेको भन्दै बिभिन्न सञ्चार माध्यमहरुले समाचार प्रकाशित गरेपछि जिल्ला प्रशासन कार्यालयले छानबिन समिति समेत गठन गरिसकेको छ । खोला उत्खनन्मा रोक लगाएपछि क्रसर उद्योगहरुबाट परिचालित हुँदै आएका ट्रयाक्टर र ट्रिपरले काम पाएका छैनन् । त्यसै कारण पनि उनीहरु उपाध्यक्षसंग आक्रोशित भएका हुन् ।
इलका प्रहरी कार्यालय केरावारीका प्रहरी नायव निरीक्षक दिपक यादवले चित्त नबुझेको विषय गाउँपालिकामा राख्न अन्यथा घर घेराउ गर्नेलाई कानून बमोजिम कारवाही गर्ने बताएपछि घेराउ गर्नेहरु फर्किएको बताउनुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]