Sorry, your browser does not support JavaScript! स्थानिय कलाकारलाई सम्मान दिन सके व्यवसायिकता फस्टाउँछ — (पारस थापा, हास्य कलाकार) - Merodesh.news

स्थानिय कलाकारलाई सम्मान दिन सके व्यवसायिकता फस्टाउँछ — (पारस थापा, हास्य कलाकार)

मेरोदेश संबाददाता, बिराटनगर ५ जेठ
बिराटनगर महानगरपालिका निबासी पारस थापा कलाकारितामा सर्मपित भएको २० बर्ष भैसक्यो । बिभिन्न क्यारिकेचर र हास्यव्यङगकालागि कलाकार थापा चर्चित छन । धेरै महत्वकांक्षा नराख्ने थापा स्थानिय कलाकारहरुलाई स्थानिय तहमा सम्मान गर्ने परम्पराको बिकास हुनसके व्यवसायिक जीवन बिताउन सकिने बताउँछन ।

बाल्यकालमा रेडियोमा बज्ने धार्मिक कार्यक्रमका प्रस्तोताहरुको नक्कल गरेर क्यारिकेचर थालेका थापाले हालसम्म नक्कल नगरेका नेता र अगुवाहरु सायदै होलान । बिद्यालयमा पढदा कलाकार साम्देशेर्पा र मनोज खतिवडाबाट प्रभाबित बनेपछि उनि खुलेर कलाक्षेत्रमा लागेका रे । सुरुमा नामकालागि कलाकारिता गरेपनि अब भने उनि पैसाकालागि कलाकारिता गर्छन । क्यारिकेचर गरेरै एक दशकदेखी बर्षको ३ देखी ५ लाख सम्म कमाउन थालेको बताउने पारस एउटा स्टेज प्रोग्रामको १० हजार सम्म लिन्छन । कति स्टेज कार्यक्रम गरे भन्ने गणना गर्न नभ्याएका थापाले भारतको दार्जिलिङ, असामसम्म पुगेर क्यारिकेचर गरिसकेका छन । तेसे मुलुकबाट पनि बोलावट आउन थालेकोले अब आफु जाने तैयारीमा रहेको बताए ।

बिराटनगरका रैथाने पारस हाईफाई लाइफ, मदिराबाट धेरै टाढा छन । काठमाण्डौका कलाकारहरुलाई जस्तै स्थानिय तहका कलाकारहरुलाई पनि सम्मान गरेर पारिश्रमिक दिने परिपाटीको बिकास गराउनसके स्थानिय तहका कलाकारहरु पनि पुर्ण व्यवसायिक हुनसक्ने पारस बताउँछन । प्रशंसक धेरै कमाएको बताउने पारस क्यारिकेचर कलामा सबै खाले फयानहरु बनाउन सकिने भएकोले सम्मान पनि उच्च हुने ठान्दछन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)
यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)

विराटनगर, २३ पुस । भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा दुनियाँलाई हसाउँने एक[...]

एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २४ मंसिर । एसिड आक्रमणबाट बाँचेकी एक युवतीको कथामा आधारित रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ । एसिड आक्रमणबाट बाँचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेर निर्माण गरिएको[...]

कपिल शर्मा बने छोरीका बुबा
कपिल शर्मा बने छोरीका बुबा

विराटनगर, २४ मंसिर । ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ लोकप्रिय तथा भारतका चर्चित कमेडियन कपिल शर्मा बुबा बनेका छन् । उनकी पत्नी गिन्नी चरतथले छोरीलाई जन्म दिएकी हुन् ।[...]