Sorry, your browser does not support JavaScript!  बिराटनगर महानगरपालिकाको सहयोगमा  जेष्ठ नागरिकहरु तीर्थ यात्रामा   - Merodesh.news

 बिराटनगर महानगरपालिकाको सहयोगमा  जेष्ठ नागरिकहरु तीर्थ यात्रामा  

मेरोदेश संबाददाता, बिराटनगर ५ जेठ

प्रमुख पराजुली र परोपकार अभियान समुहका अध्यक्ष बाबुराम न्यौपानेको नेतृत्वमा तीन दिने तीर्थयात्रामा हिँडेको  टोलीले धनुषाको जनकपुर, चितवनको देवघाट र नवलपसारीको सास्वतधाम लगायतको  तीर्थयात्रा गरेको छ । तीर्थ यात्राले जेष्ठ नागरिकहरुको हित र आन्तरिक धार्मिक पर्यटनलाई प्रबद्धन गर्न सहयोग पुगेको यात्रामा सहभागी प्रमुख पराजुली बताउँछन ।

बिराटनगर महानगरपालिकाको सहयोगमा जेष्ठ नागरिकहरुले तीर्थयात्रा गर्ने अवसर पाएका छन । बिराटनगर महानगरपालिकाले  बिराटनगर ३ परोपकार अभियान समुहको एकिकृत जेष्ठ नागरिक सेवा केद्रलाई  गरेको सहयोग कार्यक्रम अन्र्तगत ६५ जना जेष्ठ नागरिकहरुले नेपालका बिभिन्न धार्मिक तीर्थ स्थलहरुको यात्रा गर्ने अवसर पाएका हुन ।

२ जेठदेखी ४ जेठ सम्मको उक्त्त तीर्थ यात्रामा बिराटनगर महानगरका प्रमुख भीम पराजुली पनि सहभागी भएका थिए । दुई वटा बस र एउटा बोलेरोमा चढेर हिँडेको जेष्ठ नागरिक तीर्थ टोलीमा ६५ जना जेष्ठ नागरिक सहित स्वास्थ्यकर्मी र सहयोगी, चालक सहित ८५ जना सहभागी थिए ।  जेष्ठ नागरिकहरुको तीर्थयात्रमा बिराटनगर महानगरपालिका प्रमुख भीम पराजुली आफै सहयभागी भएपछि अनेक चर्चा भैरहेको छ । केहीले जेष्ठ नागरिकहरुको हितकालागि बिनियोजन भएको रकम पहुचकै भरमा अनुत्पादक काममा खर्च गरिएको आरोप लगाइरहेका छन । जेष्ठ नागरिकहरुलाई तीर्थ यात्रा गराउनै परे महानगरपालिकाले आवश्यक मापदण्ड बनाएर बोर्डबाट पास गराएर कार्यक्रम बनाएर गराउनुपर्ने केही कर्मचारी र जनप्रतिनिधिहरु बताउँछन ।

बिराटनगर महानगरपालिकाले जेष्ठ नागरिकहरुको हित कार्यक्रम अन्र्तगत बिराटनगर ३ स्थित  परोपकार अभियान समुहको जेष्ठ नागरिक एकिकृत सेवा केन्द्रला ई१५ लाख रुपैया   प्रदान गरेको थियो ।  केन्द्रले सोही सहयोग रकमबाट जेष्ठ नागरिकहरुलाई    तीर्थयात्रा कार्यक्रम संचालन गरेको र आग्रह अनुसार आफुपनि सहभागी भएको महानगरपालिका प्रमुख भीम पराजुलीले बताए । उनले भने, —“एकिकृत जेष्ठ नागरिक सेवा केन्द्रले सहयोग रकम जेष्ठ नागरिकहरुकालागि बाजा, पुस्तक लगायत बिभिन्न सामग्री खरिद गरेको र केही रकम तीर्थ यात्राकालागि पनि बचाएकोले आफु सहित ८५ जनाले नेपालका बिभिन्न धार्मिक स्थलको यात्रा गर्ने अवसर पाएका हौ, तीर्थकैलागि भनेर महानगरपालिकाले अलग्गै पैसा दिएको छैन  ।”

प्रमुख पराजुली र परोपकार अभियान समुहका अध्यक्ष बाबुराम न्यौपानेको नेतृत्वमा तीर्थ यात्रामा हिँडेको  टोलीले धनुषाको जनकपुर, चितवनको देवघाट र नवलपसारीको सास्वतधाम लगायतको  तीर्थयात्रा गरेको छ । तीर्थ यात्राले जेष्ठ नागरिकहरुको हित र आन्तरिक धार्मिक पर्यटनलाई प्रबद्धन गर्न सहयोग पुगेको यात्रामा सहभागी प्रमुख पराजुलीले बताए ।

 

 

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]