Sorry, your browser does not support JavaScript! श्रेष्ठ दम्पतीले दिए दश जना विद्यार्थीलाई छात्रबृत्ति - Merodesh.news

श्रेष्ठ दम्पतीले दिए दश जना विद्यार्थीलाई छात्रबृत्ति

मेरोदेश संबाददाता, उर्लाबारी –मोरंग, ५ जेठ, 
उर्लाबारी ९ स्थित प्रभात आधारभत विद्यालयमा अध्ययनरत १० जना विपन्न परिवारका विद्यार्थीलाई स्थानीय समाजसेवी सुन्दर श्रेष्ठले छात्रबृत्ति प्रदान गरेका छन । सोही विद्यालयका पूर्व विद्यार्थी श्रेष्ठले कक्षा १ देखि ८ कक्षा सम्म अध्ययरत १० जना गरिब विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेका हुन । उनी र उनकी पत्नी श्रीमती सुनिताले संयुक्त्त रुपमा बिद्यार्थीहरुलाई पढाईमा उत्प्रेरित गराउन नयाँ लत्ताकपडा, स्टेसनरी, ब्याग लगायतका समाग्री शुक्रवार हस्तान्तरण गरे ।
छात्रबृत्ति पाउने विद्यार्थीमा गोपाल थापा,स्नेहा श्रेष्ठ,भुमिका खतिवडा, ओसिन मारापाँचे,अंकित श्रेष्ठ, सुमित लिम्बू, पूर्णमाया खड्का, सजना लिम्बू, सुविना लिम्बू र नैनकला अधिकारी छन ।

सबैको पढाई खर्च समाजसेबी श्रेष्ठले नै बहोर्ने छन । केहि दिन अघि श्रेष्ठले विद्यार्थीको लागि वालउद्यानका समाग्री पनि सहयोग गरेका थिए । यसअघि पनि उनले विद्यालयमा मञ्च बनाइनुदिनुका साथै विद्यालयमा पर्खाल निर्माण र रंगरोगनमा गरिदिएको विद्यालयका प्रअ मोहन चापागाईले बताऐ । उहाँले पूर्व विद्यार्थी श्रेष्ठले विद्यालय धेरै सहयोग गरेको बताए ।कार्यक्रम विद्यालयका अध्यक्ष रुद्र सुब्बाको सभापतित्वमा तथा सन्तकुमार बस्नेतको संन्चालनमा भएको थियो । लेबर काम गर्दै राजधानिमा आर्थिक उर्पाजन गर्दै सम्पन्न भएका श्रेष्ठले स्थानीय स्तरमा उल्लेख्य सामाजिक काम गरेका छन् ।

स्मरण रहोस यसअघि उन्ले आफ्नो गाउँ सहित वल्लो गाउँ पल्लो गाउँमा समेत निजी खर्चमा सडकबत्ति जडान गरेकाछन् । गाउँमा जेष्ठ नागरिकको लागि बिश्राम चौतारी बनाईदिनुभएका श्रेष्ठले स्थानीय राजघाट आधारभुत विद्यालयमा गेट निर्माण गरेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]