Sorry, your browser does not support JavaScript! (पूर्ण भिडियो) हराएको साढे ३३ केजी सुन पत्ता लगाउन यसरी दिएका रहेछन गोरेले भरियाहरुलाई यातना  - Merodesh.news

(पूर्ण भिडियो) हराएको साढे ३३ केजी सुन पत्ता लगाउन यसरी दिएका रहेछन गोरेले भरियाहरुलाई यातना 

मेरोदेश संबाददाता, बिराटनगर ५ जेठ

 भिडियोमा देखिएका  कालो टिसर्ट र पेन्ट लगाएका हल्का जुगा भएका जुल्फिकट केश काटेका होचो कदका युवा सनम शाक्य हुन । सेतो टिसर्ट र हाफपेन्ट लगाएको दाह्री भएका युवा मोहन काफले हुन ।  रातो टाउजर र सेतो गन्जि लगाएका मोटा अग्ला  युवा रुस्तम भनिने उस्ताम मियाँ हुन र टाटे गन्जी र जिन्स पेन्ट लगाएर यातना दिने मुख्य नाइके गोरे उर्फ चुडामणी उप्रेती हुन । अन्य उनका सहयोगीहरु उस्तम मियाँ र गोरे लगायत अझै फरार छन ।

तस्करी गरेर ल्याएको साढे ३३ केजी सुन लुटिएपछि पत्ता लगाउन मुख्य नाइके गोरे भनिने चुडामणी उप्रेतीले आफना भरियाहरुलाई जंगलमा करेन्ट लगाएर चरम यातना दिएको भिडियो मेरोदेशलाई  प्राप्त भएको छ । जिल्ला अदालत मोरंगमा थुनछेक बहस चल्दै गर्दा गत आइतबार सरकारी बकिलहरुले  इजलामा देखाउन लाग्दा प्रतिबादी कानुन व्यवासायीहरुले यो दृश्य सहितको भिडियो देखान होहल्ला गर्दै रोक लगाएका थिए । यो भिडियोमा मुख्य नाइके गोरेले मोरंगको उर्लाबारी नगरपालिका १ कान्छि चौक पश्चिम रहेको सोल्टि खोला किनारमा रहेको प्रगति सामुदायिक बन क्षेत्रमा सुन पत्ता लगाउन गरेको बैठक र आफना सहयोगीहरुलाई दिएको यातना प्रस्ट छ ।

स्थानियका अनुसार गोरेले आफना भरियाहरुलाई यो जंगलमा लगेर १७ र १८ फागुन  दुई दिन केरकार गरेका थिए । सोही क्रममा उर्लाबारी ७ का ३६ बर्षिय युवा शनम शाक्यको मृत्यू भएको थियो । सनमको हत्यापछि  गृह मन्त्रालयले बिशेष छानबिन टोली गठन गरेर पञ्चायत कालदेखी हुदै आएको सुनतस्करीको छानबिन गरिहेको छ । हाल शनम शाक्यको हत्या र सुन तस्करी प्रकरणमा ३२ जना पक्राउ परिसकेका छन भने ३३ जना अझै फरार छन । नेपाल प्रहरीले पहिलो चरणको छानबिन प्रतिबेदन अनुसार ६३ जना बिरुद्ध संगठित अपराध अन्र्तगत सुन चोरी तस्करी, मानव अपहरण र शरिर बन्धक अनि कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गराएको छ । पक्राउ परेका ८ प्रहरी सहित ३० जनाकालागि मोरंग जिल्ला अदालतमा २७ बैसाखदेखी थुनछेक बहस निरन्तर जारी रहेको छ ।

सनमको हत्यापछि

फागुन १८ गते मोरंगको उर्लाबारी नगरपालिका ७ कान्छि चौक पश्चिम सोल्टि खोला पारि किनारको प्रगति सामुदायिक बन क्षेत्रमा सोही नपा ७ का य३६ बर्षीय युवा सनम शाक्यको हराएको साढे ३३ केजी सुन पत्ता लगाउने क्रममा यातना दिँदा हत्या भयो । १९ फागुन बिहान उनको शव बिराटनगर महानगरपालिका ३ पोखरिया क्षेत्रमा स्कारपियो  जिपभित्र फेला परयो । काठमाण्डौ महानगरिय अपराध महाशाखाका एसपी दिवेश लोहनी र डिएसपी प्रजितकेसी, बालकृष्ण सञ्जेल लगायतले सुरुमा शाक्यको हत्या सिरहाको लहानतिर भएको मिडियालाई बाहिर ल्याए । तर तत्काल पक्राउ परेका चालक टेकराज मल्ल , नरेन्द्र कार्की र मोहन काफलेहरुले हत्या सुन खोज्न क्रममा करेन्ट लगाउँदा कान्छि चौकको जंगलमै सनमको हत्या भएको बयान दिएपछि घटनाले रहस्यम मोड लियो । त्यसपछि गृहले सहसचिव ईश्वर पोखरेलको नेतृत्वमा बिशेष छानबिन समिति निर्माण गरयो । त्यसपछि तानिएको सुन तस्करीको लहरोमा पहिलो चरणमा ६३ जना परिसकेका छन । जसमा ३० पक्राउ परेका छन भने ३३ आफै परार छ ।

६३ जना बिरुद्ध मोरंग प्रहरीले जिल्ला अदालत मोरंगमा संगठित अपराध अन्र्तगत सुन तस्करी ,मानव अपहरण र शरिर बन्धक अनि   कर्तव्य ज्यान मुद्दा बैसाख १९ गते नै दर्ता गराइसकेको छ । उक्त्त मुद्दामा हाल मोरंग  अदालतमा पक्राउ गरेर अभियुक्त्त बनाइएका ९ जना प्रहरी सहित ३० जनाकालागि थुनछेक बहस निरन्तर चलिरहेको छ । र थुनछेक बहसकै क्रममा अस्ति आइतबार मुद्दा सुनवाई भैरहेको ६ नम्बर इजलासमा न्यायधिश नारायण शर्मा समक्ष सरकारी बकिलहरुले देखाउन लागेको भिडियो प्रतिबादीतर्फका कानुन व्यवसायीहरुले होहल्ला गरेर रोकेका थिए । नेपालको न्यायलयमा प्रचलनमा नरहेको र व्यवहारिक नहुने तर्फ गर्दै डिफेन्डर लयर्सहरुले देखाउन रोक लगाएको भिडियोमा के थियो त्यस्तो कुरा र उनिहरुले देखाउन दिएनन भन्ने कौतुहलता बढेको छ । सरकारी बकिहरुले चाँही प्रतिबादी कानुन व्यवसायीहरुले प्रमाण हेरेर खण्डन गर्ने क्षमता नराखेको आरोप लगाएका छन । प्रमाण सहितको भिडियो अदालतमा बुझाइसकेकोले आफुहरुलाई केही फरक नपर्ने बरु कानुन व्यवसायीहरुलाई नै घाटा भएको उनिहरुको जिकिर छ । आखिर के थियो त त्यो भिडियोमा यसबारे जनआस्थाले फेला परेको छ ।

यो त्यही भिडियोको दृश्य हो जसलाई देखाउन नदिन मोरंङ अदालतको ६ नम्बर  इजलासमा प्रतिबादी कानुन व्यवसायीहरुले चर्को होल्ला गरेर आइतबार  रोक लगाएका थिए । सबै अभियुक्त्त बनाइएकाहरुले अदालतमा ईन्कारी बयान दिएपछि सरकारी बकिलहरुले न्यायधिश नारायण शर्माको इजलासमा उक्त्त भिडियो देखाउन खोेजेका थिए । जसबाट बयान प्रस्ट होस र कसैलाई करकापमा पारेर बयान लिइएको छैन भन्ने बास्तबिता खुलोस भन्ने आपेक्षा सरकारी बकिलहरुको थियो ।तर भिडियो देखाउनु  व्यवहारिक हुदैन र प्राक्टिसमै नभएको काम मोरंग अदालतमा हुन लाग्यो भन्दै प्रतिबादी कानुन व्यवसायीहरुले देखाउन नदिन होहल्ला गरेका थिए ।

उक्त्त भिडियोमा सुन तस्करी गिरोहमा लागेपछि हराएको साढे ३३ केजी सुन पत्ता लगाउने क्रममा ज्यान गुमाउन पुगेका उर्लाबारी ७  का युवा सनम शाक्यको हत्यापछि पक्राउ परेका मुख्य अरोपीहरुले छानबिन समितिलाई दिएको सहज बयान  पनि  छ  ।

हालसम्म ३२ पक्राउ ३३ फरार 

हालसम्म उक्त्त मुद्दामा ३२ जना पक्राउ परिसकेका छन ।पहिलो चरणमा मोरंग प्रहरीले ९ जना  प्रहरी सहित ६३ बिरुद्ध मोरग अदालतमा १९ बैसाखमा अभियोगपत्र दर्ता गराएपछि निरन्तर इजलासमा थुनछेक जारी छ । पहिलो  चरणमा पक्राउ परेका ९ प्रहरी सहित ३० जनाकालागि  भैरहेको थुनछेक  बहसमा ७ जना सरकारी बकिल सहित ८० जना  कानुन व्यवसायीले बहस  गर्दैछन । मंगलबार सम्म करिब २५ जना  कानुन व्यवसायीले बहस सकिसकेका  छन । प्रतिबादीको पक्षमा बरिष्ठ अधिबक्त्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, यदुवंश खनाल, बिपुलेन्द्र चक्रबर्ती, शुसिल पन्त, लगायतले पनि काठमाण्डौबाट बिराटनगर पुगेर बहसमा भाग लिइसकेका  छन । प्रतिबादी कानुन व्यवसायीरुले कसैले सुन कारोवारी, कसैले प्रहरी कसैले एयरलाइसन्सका कर्मचारी त कसैले गोरेका भरियाहरुको पक्षमा बहस गरिरहेका छन । सकभ आगामी आइतबार सम्म मोरंग अदालतमा प्रस्तुत मुद्दाको थुनछेक बहस सकिने छ र आइतवार वा सोमवार सम्म ६ नम्बर इजलासका न्यायधिश नारायण शर्माले कोकसलाई पुर्पक्षकालागि थुनामापठाउने,कोकसलाई धरौटी र सदा तारेखमा छाडने भन्नेबारे आदेश गर्नेछन । त्यसपछि नेपालमै चर्चित काण्डका रुपमा कहलिएको सुनतस्करीको संगठित  अपराधको दोस्रो चरणको अनुसन्धान अन्र्तगत आरोपीहरु पक्राउ पर्न थालिसकेकोले ६० दिन पुगिसकेपछि फेरि अर्को अभियोग दर्ता हुनेछ । प्रहरीले ३१ बैसाखमा  दुई हुण्डिकारोवारीहरु झापा दमकका बिनोद अधिकारी र दोलाखा भिमेश्वर नपाका मोतीराम श्रेष्ठलाई पक्राउ गरेर मोरंग अदालतमा ५ दिनको म्याद पथ गराएको छ । र अनुसन्धानको अवधिभर दोस्रो चरणमा कति पक्राउ पर्ने हुन थाहा छैन ।  पक्राउ परेकाहरुकालागि  अन्तिममा एकै चोटी पुरक अभियोग दर्ता गराएर फेरि थुनछेक बहस हुनेछ ।

सुनकाण्ड देश बिदेशमा चर्चित 

जे होस सुनकाण्डको महाभारत देशमा मात्र नभएर  बिदेशमा  पनि चर्चित भैसकेको छ । अब  सुनको मुद्दा हेर्ने न्यायधिश, बहस गर्ने बकिलहदेखी अनुसन्धान गर्ने अधिकारीहरुले चर्चित सुनकाण्ड मुद्दाको अनुभव संगाल्ने र अवसर पाइरहेका छन । र यो संगठित  अपराधको भण्डारफोर गर्न जुटेका गृहमन्त्री रामबहादुर थापा  बादल पनि इतिहासमा  दर्ज भैसकेका छन ।

कतै गोरै नै त थिएनन सुन लुटने योजनाकार ?

तर यति धेरै महाभारत गराउन सफल काण्डका नाइके उर्लाबारी ७ पशुपति मार्ग र काठमाण्डौ मनपा गौरी धारामा पनि घर भएका गोरे ( चुडामणी उप्रेती ) र हराएको साढे ३३ केजी सुन कहाँ छ र लुटने व्यक्त्तिहरु र योजनाकार को हो भन्ने चाँही अझै रहस्यमै छ ।  हुन त प्रहरीले फरार  नाइके गोरे बिरुद्ध ईन्टरपोललमा ‘डिफुजन’ नोटिस जारी गरिसकेको छ । ढिलो चाडो गोर  पक्राउ पर्लान पनि र यो महाभारतको रहस्य खुल्ला पनि । तर सुन लुटने को थिए । एयरलाईन्सका कर्मचारी सानु बन र उनका साथी थिएकी वा पञ्चायतकालदेखीका तस्कर  भुजुंग गुरुंग थिए ।  कि ,गोरेका  बिश्वासपत्र सनम, मोहन, कृष्ण, नरेन्द्र, मदन, उस्ताम, भबिन  लाक्पा मध्ये कोही थिए । कि सनमको गर्लफ्रेण्ड निशा ठकुरी थिइन वा उनले  बयानमा भने जस्तो ठेकराजका साला र उनका साथीहरु थिए । कि जहिल्यै सुनको कमाइको लोभमा अन्तराष्ट्रिय बिमान स्थलमा दरबन्दि खाने एसएसपी श्याम खत्री, घटना हुँदा बहाल रहेका डिआईजी गोबिन्द निरौला, एसपी बिकासराज खनाल र डिएसपी सञ्जय राउतहरु थिए ? वा  करोडौको सुन  गायब बनाउन गोरे आफैले यो प्रपञ्च गरेका थिए ? हुन सक्छ आफनै साथीको हत्या भएपछि उनी फसे र सबैलाई फसाएर आफु चाँही फरार भए ।गोरे तीनै व्यक्त्ति हुन जसले प्रहरीलाई बेला बेला एयरपोर्टमा सुन आउँदैछ भनेर प्रहरीलाई सुराकी दिएर आफुलाई सुराकीका रुपमा पनि प्रस्तुत गरेर बिश्वासिलो बन्ने गर्थे ।प्रस्ट छ  — उनि दुवईवाट सुन आयात गर्ने मुख्य लगानी कर्ता होइनन लगानी कर्ता मोहन कुमार अग्रवाल (एमके)  भन्ने व्यपारी हुन । गोरे त आफना भाइसँग दुवईमा  रेष्टुरेन्ट चलाएर त्यहीबाट सुन तस्करीको सेटिग मिलाउने, नेपाल ल्याउने , नेपाल र भारतका बिभिन्न ठाउँमा पुरयाएर बिक्रि गराउने , पैसा संकलन गर्ने र त्यसको हिसाव अनुसारको कमिसन खाने गर्दथे  । सुन तस्करीको आरोपमा अहिले सम्म नेपाल प्रहरीका एसएसपी लेबलका पुर्व डिआईजी सम्म र एयरलायन्सका तल्लो तहका सरकारी कर्मचारी मात्रै तानिएका छन । कतै यो भन्दा माथिल्लो तहमा पनि संगठित गिरोहका सदस्य पो छन कि ? आशा छ छानबिन समितिको दोस्रो चरणको अनुसन्धानले यो रहस्य बाहिर ल्याउने छ । सुन पत्ता लगाउने क्रममा आफनै सहयोगीको हत्या भएपछि १९ फागुन बिहान जोगबनी नाका हुँदै भारत छिरेका गोरे कहाँ होलान भारतमा वा अरबमा त्यो पक्कै प्रहरीले खोजी गरिरहेकै होला ।

गोरेको बिगत 

झापाको दमक  ससुराली भएका गोरे पुर्व असईका छोरा हुन । उनको भाइको नाम रमेश उप्रेती हो । पत्नी निरु खरेल हुन । पहिले मोरगको इटहरा स्थित झुनाबारीमा बस्ने गोरेको परिवार करिब बीस बर्षपहिले उर्लाबारी बजारमा पशुपति मार्गमा  सरेको हो । त्यहाँ गोरेका बाबुले बनाएको एउटा सानो घर छ । सनम ,मोहनहरुसँग स्कुल पढेका गोरेले करिब चार बर्ष भारतीय सेनामा पनि जागिर पनि खाए । तर उनि टिक्न सकेनन । त्यसपछि उनि जागिर छाडेर बिदेश गए । बिदेशमा पुगेपछि नै उनि सुन तस्करीमा लागेका हुन । सुन तस्करीबाट राम्रो आम्दानी गर्नथालेपछि उनले पाँच बर्ष अगाडी बाबु आमा ,पत्नी सहित सपरिवारलाई काठमाण्डौ गौरीधारामा घर किनेर सारेका हुन । आफु हुर्केको ठाउँ भएकोले गोरे बेला बेला उर्लाबारी पुग्थे । साथीभाई भेटथे , रमाइलो गर्थे । यस्तैमा गोरेले साथीहरु मोहन र सनम, नरेन्द्र लगायतलाई पनि आफनो धन्दामा सामेल गराए  । गोरेले पक्कै केही न केही अबैध काम गर्छ भन्ने उर्लाबारीमा धेरैलाई थाहा थियो । तर कसैले पनि किन यस्तो काम गर्छस भनेर ‘हेट’ गरेन बरु सहयोग माग्ने काम गरे । गोरेले चुनावका बेला उम्मेदवारहरुलाई खुलेरै कसैलाई  गाडी कसैलाई नगद सहयोग गरेका थिए  ।

को —कसलाई कुन कुन मुद्दा ?

कर्तव्य तथा मानव अहपरण र शरिर बन्धक सहित सुन तस्करी मुद्दा लगाएकाहरु

चुडामणी उप्रेती –गोरे । उस्तम मियाँ (रुस्तम) । टेकराज मल्ल । टुकबहादुर मगर । मोहन काफले । लाक्पा शेर्पा । सुरेन्द्र गौतम । माधव भनिन मदनप्रसाद घिमिरे । भोजे मामा भनिने भोजराज भण्डारी । रोहित आर्चाय । नरेन्द्र कार्की । भबिन राई भनिने भबिन तामांग । राजनकुमार बस्नेत र नरेन्द्र भनिने कृष्ण बस्नेत ।  भुजुङ गुरुंग । एमके भनिने मोहनकुमार अग्रवाल । डेबिट भन्ने छिरिंग वांग्देल घले । सुनिलकुमार अग्रवाल । किशन भन्ने कृषण गोपाल अग्रबाल । राजेन्द्रकुमार शाक्य । रमेश उप्रेती । चाचाजी भन्ने महाबिर प्रसाद गोल्यान । चेतनाथ भण्डारी । प्रमोदकुमार श्रेष्ठ । हरिशरण खडका । बालकृष्ण सञ्जेल । लालबहादुर मगर । बिरेन्द्रमान श्रेष्ठ । सम्बिरप्रसाद तोलांगे । बालकृषण् श्रेष्ठ । दोराम खत्री । कपिलराज पुरी । गोपालकुमार श्रेष्ठ । पुण्यप्रसाद लामा । हेमन्त गौतम । राजु मर्हजन ।

 

संगठित अपराधमा

कमल खत्री । मणीराज चौलागाई । शिवकुमार गुभाजु । सुनिल श्रेष्ठ । रक्षा भण्डारी । अर्जुनप्रसाद खरेल । गुप्तलाल भुषाल ।  रामहरि कार्की । प्रयास पराजुली । सञ्जय अधिकारी । समिर अधिकारी । गीता श्रेष्ठ । राजन थापा । अमरमान डंगोल । तुलाराम थारु । गोबिन्द प्रसाद निरौला । बिष्णुबहादुर खडगा । अम्बरबहादुर थापा मगर । बिकासराज खनाल । संञ्जयबहादुर राउत । श्यामबहादुर खत्री । दिवेश लोहनी । प्रजित केसी ।

 

जम्मा बिगो

सन २०१५ जुलाई यता १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैया बरावरको ३७ लाख ९९ हजार५सय ६३ ग्राम अबैध रुपमा सुन आयात गरेको ।

 

जो अझै फरार छन

मोहन अग्रबाल (एमके), चुडामणी उप्रेती (गोरे), रमेश उप्रेती –गोरेका (भाई), नर्वदा खरेल उप्रेती निरु –गोरेकी पत्नी, दुर्गा खरेल –गोरेका आफन्त, बेनु श्रेष्ठ,  हरिशरण खडका, कृष्ण बस्नेत, मोहम्मद उस्ताम मियाँ (रुस्तम), भबिन राई ( भबिन तामांग), कमल कार्की, संन्दिप खडका, चेतनाथ भण्डारी, सुनिल अग्रवाल,प्रमोद श्रेष्ठ, रोहित आर्चाय, छिरिंग वाल्देल घले, भोजराज भण्डारी, रक्षा भण्डारी, प्रयास पराजुली, सुरेन्द्र गौतम, श्यामबहादुर खत्री,  टुकबहादुर मगर, माधव आर्चाय, गीता श्रेष्ठ, समिर अधिकारी, सञ्जय अधिकारी, रामहरि कार्की, गुप्तलाल भुषाल, अर्जुनप्रसाद खरेल,  सुनिल प्रसाद श्रेष्ठ,  शिवकुमार गुभाजु,  मणीराज चौलागाई

 

गोरेले दियेको यातनाको भिडियो:-

Advertise Expired !

सम्बन्धित समाचारहरु

नियमित डायलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली
नियमित डायलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिसका लागि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर गएका छन् । प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि मंगलबार साँझ अस्पताल[...]

सागमा नेपालको स्वर्ण संख्या ५० पुग्यो, सनीलले बक्सिङमा जिते ‘गोल्ड’
सागमा नेपालको स्वर्ण संख्या ५० पुग्यो, सनीलले बक्सिङमा जिते ‘गोल्ड’

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण हात पारेको छ । सातदोबाटोस्थित कराँते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा नेपालका[...]

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम
निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम

विराटनगर, २४ मंसिर । पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको हो । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा[...]