Sorry, your browser does not support JavaScript! जिल्ला स्तरीय नाटक उत्सव सुरु - Merodesh.news

जिल्ला स्तरीय नाटक उत्सव सुरु

मेरोदेश सम्बाददाता,विराटनगर

मोरङ जिल्ला स्तरीय वाई वाई नाटक उत्सव २०७५ सुरु भएको छ । शुक्रवारबाट सुरु नाटक उत्सव १० दिन सम्म सञ्चालन हुनेछ । उत्सवमा मोरङ जिल्लाका ८५ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । शुक्रवार सुरु नाटक उत्सवको उद्घाटन बरिष्ठ रंगकर्मी अशेष मल्लले गरेका थिए । उदघाटन कार्यक्रममा बोल्दै मल्लले राज्यले रंगमञ्च क्षेत्रको विकासमा चासो नदिएको गुनासो गरे । संस्कार र संस्कृति सिकाउने रंगमञ्चलाई राज्यले विर्सन नहुने उनले बताए ।

सभ्यताको विकासका निम्ती थिएटरको ठूलो हात हुने बताउदै उनले राज्यले नबुझेका कारण नाटक अध्यापक गराउने स्कुल खुल्न नसकेको बताए । स्कुलदेखि नै नाटकको पढाई भए सभ्यताको विकास गर्न सहज हुने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै नेपाल कम्यूनिष्ट पार्टीका नेता महेश रेग्मीले राज्यले रंगमञ्चलाई शिक्षाको रुपमा विकास गर्न नसक्दा कला क्षेत्रमा लागेकाहरु टिक्न सक्ने अवस्था नरहेको बताए । राज्यलाई एक ढिक्का बनाएर विकास गर्दै लैजान कला क्षेत्रको ठूलो योगदान भएको बताउदै उनले सरकारले विद्यालय स्तरदेखि नै कलाका बिषयमा विद्यार्थीलाई सिकाउन आवश्यक रहेको बताए ।

प्याब्सनका केन्द्रिय सदस्य राजेश कुमार दासले निजी विद्यालयहरु पनि कला साहित्य क्षेत्रको विकासमा लाग्ने बताए । प्राज्ञ विवश पोखरेलले नाटक उत्सव नया कलाकारहरुको प्रतिभा प्रस्फुटन गर्ने आधार भएको बताए । प्याब्सन मोरङका उपाध्यक्ष प्रेमलालसिंह सुवालले शिक्षाको क्षेत्र बृहत भएकाले विद्यालयहरुले अतिरिक्त क्रियाकलापमा जोड दिदै जाने बताए । राज्यले पाठ्य पुस्तकका समावेश नगरेपनि गतबर्षदेखि नाटक जागरण अभियान सुरु गरेको समेरु कला सरोवका अध्यक्ष सुलवमणी सापकोटाले जानकारी दिए । उनका अनुसार गतबर्ष वाइवाई को सुनसरीमा पनि अभियान आयोजना गरिएको थियो ।

प्याब्सन मोरङको सहयोगमा मोरङका आयोजना गरिएको उत्सवमा जिल्लाभरका ८५ वटा सामुदायिक र निजी विद्यालयहरुले बढिमा १५ मिनेटको दरले ८५ वटा नाटक मञ्चन गर्दैछन् । शुक्रवारदेखि १० दिन सम्म निरन्तर नाटक मञ्चन गरिने छ ।शुक्रवार चार वटा नाटक मञ्चन गरिएको थियो । विराटनगर ४ मा रहेको गोग्राह माध्यमिक विद्यालय, विराटनगर–१२ मा रहेको गोदावारी स्कुल, विराटगर ११ मा रहेको सगरमाथा स्कुल र रंगेली ६ मा रहेको माउण्ट मकालु स्कुलले सहभागिता जनाएका छन् । उत्सवमा गोदावरी र गोग्राहले बाल विवाह शिर्षकको नाटक मञ्चा गरेका थिए भने माउण्ट मकालुले वान वे नाटक मञ्चन गरेको थियो । सगरमाथाले आमा बुबाको माया नाटक मञ्चन गरेको थियो । उत्सवमा सहभागि मध्येबाट उत्कृष्ठ १० नाटक छनोट गरिने छ । उत्सवको निर्णयकमा बरिष्ठ रंगकर्मी लोकमणी सापकोटा, रंगकर्मी मुकेश कर्ण र दिपेश भण्डारी रहनेछन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]