Sorry, your browser does not support JavaScript! त्रिविले दियो प्राध्यापकहरुलाई सेमेष्टर तालिम - Merodesh.news

त्रिविले दियो प्राध्यापकहरुलाई सेमेष्टर तालिम

मेरोदेश सम्बाददाता,जेठ ४. काठमाडौं
त्रिभुवन विश्वविद्यालयले सेमेष्टेर प्रणालीलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उदेश्यले सेमेष्टरप्रणालीको बारेमा तालिम दिनसक्ने प्राध्यापकहरु निर्माण गर्नका लागी सेमेष्टरको स्तरीकरण , अनुभव सटासाट एवं रणनीतिक निर्माण विषयक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

गोष्ठीमा त्रिविले सञ्चालनमा रहेको सेमेष्टर प्रणालीलाई वढि व्यवहारिक एवं उपयुक्त बनाउन आंगिक क्याम्पस एवं विभागमा कार्यरत ३४ जना प्राध्यापकहरुलाई सेमेष्टरप्रणालीको वारेमा तालिम दिनसक्ने बनाएको छ । कार्यशाला गोष्ठीमा कक्षाकोठालाई कसरी प्रयोग गर्ने ? सिक्ने र सिकाउने अभ्यासमा कसरी परिवर्तन गर्ने ? पाठ्यक्रमा के कस्ता विषयहरुलाई प्राथमिकता दिने ? विद्यार्थीलाई दिईने प्राज्ञिक जिम्मेवारीको छनोट कसरी गर्ने ? विद्यार्थीको उत्तरपुस्तिका मुल्यांकनलाई कसरी वैज्ञानिक एवं व्यवहारिक बनाउने ? विद्यार्थीको क्षमताको पहिचान कसरी गर्ने? कार्यपत्र निर्माण एवं प्रस्तुत गर्दा के विषयमा ध्यान दिने? के आधारमा विद्यार्थीलाई नम्वर दिने ? लगायतका सिकाईका विभिन्न आयामहरुको वारेमा छलफल गरि प्राध्यापकहरुलाई अब सेमेष्टर प्रणालीका बारेमा तालिन दिन लगाउने भएको छ ।

गोष्ठीमा त्रिविका उपकुलपति प्रा.डा तीर्थराज खनियाले त्रिवि अब सेमेष्टर प्रणालीवाट पछि हटन नसक्ने र यसलाई सवै तहमा सञ्चालन गर्ने बताउनुभयो । सेमेष्टर प्रणालीमा उपयुक्त छलफल एवं योजना बनाएर लागु नगरिएकोले समस्या निर्माण भएको भन्दै त्रिविले कक्षाकोठाको सुधार गर्दै व्यवस्थित बनाएर सेमेष्टरलाई अघि वढाउने योजना रहेको बताउनुभयो । प्राध्यापकहरुलाई थप जिम्मेवार बनाउने र क्याम्पस एवं विभागबाटै परिक्षाको अन्तिम नतिजा दिनसक्ने व्यवस्था निर्माणका लागी आफूहरु प्रयत्नशिल रहेको बताउनुभयो । त्रिविले आंगिक एवं सम्वन्धन प्राप्त सबै क्याम्पसहरुलाई शसक्तिकरण गर्दै थप स्वायत्तता दिएर शिक्षाको गुणस्तरमा वढावा दिन खोजिरहेको उल्लेख गर्नुभयो । नेपालमा सञ्चालिन सेमेष्टर प्रणाली अन्तराष्ट्रिय सेमेष्टर प्रणालीसँग तुलना नगर्न प्राज्ञहरुलाई सुझाव दिदै त्रिविले अवलम्वन गरेको सेमेष्टर प्रणालीलाई व्यवस्थित एवं प्रभावकारी बनाई विद्यार्थीको शिक्षणमा सहजता कसरी ल्याउन सकिन्छ भन्ने विषयमा कार्यशाला गोष्ठीले एउटा गतिलो सन्देश दिन सकोस भन्ने अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सेमेष्टर प्रणालीको वारेमो आफ्नो कार्यपत्र प्रस्तुत गर्दै त्रिविका शिक्षाध्यक्ष एवं गोष्ठीको अध्यक्ष प्रा.डा सुधा त्रिपाठीले सेमेष्टर प्रणालीबाट प्रदान गरिने शिक्षाले जिवन व्यवहारलाई जोडन सक्नुपर्ने वताउनुभयो । सेमेष्टर प्रणालीले शिक्षक र विद्यार्थीविच प्राज्ञिक सम्वन्ध स्थापीत गर्ने र विद्यार्थी भित्रका विभिन्न सम्भावनाहरुलाई वाहिर उजागर गर्न मद्दत गर्ने धारणा व्यक्त गर्नुभएको थियो । त्रिविबाट अब गेसपेपर र गाइड पढेर शैक्षिक उपाधि हासिल गर्ने अवस्था रहन नदिने भन्दै उहाँले सेमेष्टरप्रणालीको दिगो र व्यवस्थित व्यवस्थापका लागी आफूहरु लागिरहेको बताउनुभयो । कार्यक्रममा त्रिविले हाल सञ्चालन गरेको समेष्टर प्रणाली योजनावद्ध नभएकोले डिन अफिसलाई परिक्षासञ्चालनमा कठिनाई उत्पन्न भइरहेको भन्दै व्यवस्थापक संकायका डीन प्रा.डा.डिल्लीराज शर्मा, मानविकी तथा सामाजिकशासत्र संकायका डीन प्रा.डा शिवलाल भुषाल, कानुन संकायका डीन प्रा.डा ताराप्रसाद सापकोटा एवं शिक्षाशास्त्र संकायका डीन प्रा.डा कृष्णप्रसाद गौतमले सक्षम कर्मचारी एवं उपयुक्त प्रविधि निर्माणमा सहयोग गरी डिन कार्यालयहरुलाई थप शसक्त बनाउन पदाधिकारी समक्ष आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा अमेरिकाको युनिभर्सिटी अफ न्यूवर्कका प्राध्यापक जिनी ह्यामोण्डले उच्चशिक्षामा अनुसन्धानको प्रयोगका सन्र्दभमा विश्वमा गरिएको प्रयोगहरुका वारेमा कार्यपत्र प्रस्तु गर्दै त्रिविका प्राध्यापकहरुलाई कक्षाकोठामा सिकाईलाई कसरी प्रभावकारी वनाउन सकिन्छ भन्ने विषयमा आफ्ना अनुभवहरु साटासाट गर्नुभएको थियो । अमेरिकाको स्टोनी वु्रक विश्वविद्यालयमा कार्यरत शिक्षक डा.श्याम शर्माले गुणस्तरीय एवं उत्कृष्ट शिक्षा कसरी सेमेष्टर प्रणालीवाट दिन सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरी त्रिविको सन्र्दभमा सेमेष्टर प्रणालीलाई सुधार गर्न पर्ने आवश्यक विषयहरुमा सुझाव दिनुभएको थियो । त्रिवि उच्चशिक्षा सुधार परियोजनाका संयोजक प्रा.डा शंकरप्रसाद भण्डारीले सेमेष्टर प्रणाली लागु भै सकेकोले यसको भविष्यको वारेमा चिन्ता गर्न भन्दापनि कसरी यसलाई व्यवस्थित एवं उपयोगी बनाउन सकिन्छ त्यसमा लाग्नुपर्ने बताउनुभयो।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम
निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम

विराटनगर, २४ मंसिर । पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको हो । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा[...]