Sorry, your browser does not support JavaScript! हवल्दार बिष्ट फेरि भए ‘पुलिस अफ दि मन्थ’ - Merodesh.news

हवल्दार बिष्ट फेरि भए ‘पुलिस अफ दि मन्थ’

मेरोदेश संबाददाता,
विराटनगर ४ जेठ । निडर, निर्भिक र ईमान्दार भएर अपराध नियन्त्रणमा उल्लेख्य भूमिका खेल्ने एक हवल्दार उत्कृष्ट प्रहरीबाट फेरि पुरस्कृत भएका छन । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार भक्त बहादुर विष्ट उत्कृष्ट काम गरेको भन्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट पटक पटक पुरस्कृत भएका हुन । एक नम्बर प्रहरी कार्यालयले हवल्दार बिष्टलाई २०७५ साल बैशाख महिनाको उत्कृष्ट प्रहरी ‘पुलिस अफ दी मन्थ ’घोषणा गरेको छ । होस्टल संचालकको बिराटनगरमा बिभत्स हत्या गरेर फरार भएका अभियक्त्त पक्राउ गर्न सफल भुमीका खेलेको भन्दै हवल्दार बिष्ट २०७३ पनि पुलिस अफ दि मन्थबाट पुरस्कृत भएका थिए ।

यसपाली हवल्दार विष्टले मोरङमा घटेका कर्तव्य ज्यान, गोली प्रहार, लुटपाट, चोरी, हुण्डि , लागु औषध ओसार पसारमा संलग्न गिरोह पक्राउ गर्न र भन्सार छलीका मालबस्तु बरामद गराउन सहयोग गरेका थिए । ‘अपराध अनुसन्धानमा निर्भिक , निडर र इमान्दार भएर भूमिका खेलेकोले हवल्दार बिष्टलाई एक नम्बर प्रदेशको बैसाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो’— प्रदेश प्रहरी कार्यालय बिराटनगरका निमित्त प्रमुख डिआइजी ज्ञान बिक्रम शाहले भने ।
उत्कृष्ट घोषणा गरिएका प्रहरीले गरेको राम्रो कामको बिबरण उनको फोटो सहित प्रदेश प्रहरी कार्यालयले परिसरमा निर्माण गरिएको ‘मोन्थ अफ दी पुलिस’ स्तम्भमा महिनाभरि प्र्रकाशन गर्ने गरेको छ । अपराध अनुसन्धानमा राम्रो काम गर्ने प्रहरीको मुल्यांकन गर्न हरेक महिना प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट प्रहरी घोषणा गर्ने गरेको छ ।

हवल्दार बिष्टले बिराटनगर १० तीन टोलीयामा होस्टल संचालक बिनोद यादबको बिभत्स हत्याकाण्ड , मोरंग कटहरीको सासुबुहारी हत्या काण्ड र पण्डित श्रीनिवास आर्चायले आफैलाई गोली हान्न लगाएको घटनादेखी बर्षौदेखी हुण्डी कारोवार गर्ने गिरोह पक्राउ लगायतका बिभिन्न जधन्य अपराधका घटनामा सफल अनुसन्धान गर्न सहयोग पुरयाइसकेका छन । २०५८ देखी प्रहरी सेवामा सक्रृय हवल्दार बिष्ट अन्डरकभर अप्रेसनकालागि साहसी प्रहरी मानिन्छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]