Sorry, your browser does not support JavaScript! बहु प्राबिधिक शिक्षालयकालागि सरकारी संरक्षण पर्खदै मनमोहन पोलिटेक्निक - Merodesh.news

बहु प्राबिधिक शिक्षालयकालागि सरकारी संरक्षण पर्खदै मनमोहन पोलिटेक्निक

मेरोदेश संबाददाता, बिराटनगर ४ जेठ ।

मोरंगको बुढीगंगा गाउँपालिका हात्तीमुडा स्थित मनमोहन स्मृति पोलिटेक्निक देशकै पहिलो बहुप्राबिधिक शिक्षालय बन्न पाउने प्रतिक्षा गरिरहेको छ । पुर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको स्मृतिमा २०६२ मा सम्झौता भै भारत सरकारको सहयोगमा २०६५ मास्थापना भएको मनमोहन पोलिटेक्निक भौतिक पुर्वाधार , दक्ष जनशक्त्ति र शिक्षाको गुणस्तर र हालसम्मको उपलव्धिहरुले गर्दा नयाँ संरचना अनुसार अब देशकै पहिलो बहुप्राबिधिक बिश्वबिद्यालय बन्न पाउने प्रतिक्षा गरिरहेको हो ।
न्युन सरकारी अनुदानमा संचालन हुदै आएको मनमोहन पोलिले गरिब र जेहेन्दार बिद्यार्थीहरुलाई बिभिन्न प्राबिधिक शिक्षा प्रदान गर्दै आएको छ । हाल सिभिल, मोकानिकल, ईलेक्ट्रिोनिकल, इलेक्ट्रोनिक्समा तीन बर्ष डिप्लोमा सहित एक हप्तादेखी एक बर्ष सम्मको बिभिन्न छोटो अवधिको तालिम मनमोहनले संचालन गर्दै आएको छ । यहाँ अति निम्न बिद्यार्थीहरुलाई आफै कमाएर पढन पाउने ‘अर्न टु लन’ कार्यक्रम पनि संचालनमा छ । जस अनुसार हरेक बर्ष ३० जना बिद्यार्थीले शिक्षालयको १० बिगाहा जग्गाको आम्दानीबाट पढाई खर्च जुटाउने गरेका छन ।

पर्याप्त २२ बिगाहा जमिन २५ वटा सुबिधा सम्पन्न बिभिन्न भवनहरु ७ करोड बरावरका शैक्षिक उपकरण अनि एक सय दक्ष शिक्षक र कर्मचारी जनशक्त्ति रहेको मनमोहनमा सरकारले चासो दिए थप १३ वटा प्राबिधिक बिषय तुरुन्त पठनपाठन गराउन सकिने प्रिन्सिपल डा सुभाष पोखरेले बताउँछन । उनका अनुसार प्रदेश र केन्द्र सरकारले नयाँ बहु प्राबिधिक शिक्षालय खोल्न भन्दा पनि थोरै लगानी थप गरेमा मनमोहन नै देशको पहिलो नमुना बहुप्राबिधिक बिद्यालय बन्न सक्षम रहेको छ । पर्यटन, एग्रिकल्चर, भेटनरी, हेल्थ, रेडियोग्राफि, फार्मेसी, आयुर्बेद, आँखा, डेन्टल, सर्जन, आर्केटिक, जियोमेटिक –नापी बिमेट , हाइबे सर्बे लगायतका बिभिन्न थप १३ वटा बिषयमा पठनपाठन गराउन मनमोहनको भौतिक संरचना सक्षम रहको छ । प्रिन्सिपल पोखरेले भने—“सरकारले थोरै मात्र संरक्षण गरेमा मनोमोहन पोलिटेक्लिक देशकै पहिलो सुबिधा सम्पन्न नमुना शिक्षालय मात्र नभएर दश बर्ष भित्र बिश्बिद्यालय नै मनमोहन बन्न सफल हुन्छ ।”
बर्तमान सरकारले हरेक बर्ष ५ देखी १० हजार जनशक्त्ति उत्पादन गर्नेगरि हरेक प्रदेशमा बहुप्राबिधिक शिक्षालय स्थापना गर्ने लक्ष्य लिइसकेको छ । यसैले भौतिक पुर्वाधार पर्याप्त भएको मनमोहनमा थप लगानी गरेमा तुरुन्त परिणाम प्राप्त गर्नेगरि देशकै ठूलो र पहिलो शिक्षालयका रुमा मनमोहनलाई संचालन गर्न सकिने जनसम्पर्क अधिकारी सत्यरानारायण चौधरी बताउँछन ।

उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश उपाध्यायले मनोमोहन पोलिटेक्निक अर्बोको लगानी भएको पुर्वाधार सम्पन्न शिक्षालय भएकोले सरकारले थप लगानी गरेमा प्रदेशको मात्र नभएर देशकै नमुना बहुप्राबिधिक बिद्यालय बन्नेमा कुनै शंका नभएको बताए । सरकारले लगानी बोर्ड मार्फत लगानी थप गरेर मनमोहनलाई भारतको आइआईटी (ईण्डियन ईन्स्टिच्युट अफ टेक्निोली) बिश्वबिद्यालय झै बनाउन चासो दिनुपर्नेमा जोड दिए । भने — “आइआइटी बिश्वको पचास उत्कृष्ट बिश्वबिद्यालय मध्ये पर्छ तर हाम्रो टियु पाँचहजार भित्र पनि पर्न सकेको छैन किन हामीले पनि मनमोहनलाई प्राबिधिक बिश्वबिद्यालय नवनाउने ।”

मनमोहनका प्रिन्सिपल डा सुभाषले पनि सरकारले मनमोहनलाई संरक्षण गरेर बहुप्राबिधिक शिक्षालय बनाएमा दश बर्षभित्र मनमोहन देशकै पहिलो बहुप्राबिधिक बिश्वबिद्यालय बन्न सफल हुने दाबी गरे । भने, — “प्रत्येक प्रदेशमा बिभिन्न प्राबिधिक र बहुप्राबिधिक बिद्यालय संचालन गर्न एउटा बहुप्राबिधिक बिश्वबिद्यालयको आवश्यता जरुरी छ ।” मनमोहन पोलिटेक्निक सुनसरी मोरंग औधोगिक करिडोर भित्र पर्दछ । यसैले यहाँ प्राबिधिक बिषय अध्यन गर्ने बिद्यार्थीहरुलाई प्रायोगात्मक अध्यन गर्न सजिलो छ । यति मात्र नभएर उद्योगहरुकै आग्रहमा आवश्कय जनशक्त्ति उत्पादन गरेर रोजगारी दिलाउन पनि मनमोहनले पहल गरिरहेको छ । शिक्षालयबाट उत्पादन भएका एक हजार जनशक्त्तिलाई बिभिन्न उद्योगहरुमा रोजगार दिलाई सकेको मनमोहन पोलिटेक्निक रोजगार अधिकृत प्रकृति भट्टराईले बताईन । रोजगारकालागि बिभिन्न उद्योग र सगठनसँग मनमोहनले सम्झौता पनि गर्ने गरेको छ । मनमोहनमा ईन्जिनियरिंग डिप्लोमाका आलावा बिभिन्न दातृ निकायको सहयोगमा श्रमबजार सुहाउँदो मोटरसाइल मरम्मत, प्लम्बिंग, ईलेक्टोनिक, टेलरिंग, व्युटिपार्लर जस्ता आवश्यक तालिम संचालन हुनेगरेका छन ।

को को छन मनमोहन पोलिको बोर्डमा ?

मनमोहन पोलिटेक्निकको अध्यक्षमा एमाले नेता भरत मोहन रहेका छन । यसैगरि हालका रक्षा मन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका पुर्व सल्लाहकार बिष्णु रिमाल, उद्योगी बिनोद चौधरी लगायत सदस्य छन । भारतीय लगानीमा पुर्वाधार निर्माण भएकोले भारतीय राजदुत बोर्डका को–चेयर पर्सन रहेका छन । यसैले पनि सरकारले चाहेमा मनमोहन पोलटेक्निक भारतको आइआटी जस्तै सहज रुपमा देशकै पहिलो बहुप्राबिधि शिक्षालय बनेर पछि बिश्वबिद्यालयमा परिणत भै बर्षेनी हजारौलाई रोजगार दिन सफल हुने संभावना बलियो छ । समाजिक अभियन्त पारुल क्षेत्री भन्छन,— “मनमोहनलाई बहुप्राबिधिक शिक्षालयसँगै बिश्वबिद्यालयमा स्तरोन्नती गर्न सकेमा स्वर्गीय निष्ठावान नेता मनमोहनको मात्र नभएर बेरोजगार देशका युवाहरुलाई रोजगार सम्पन्न बनाउने बाम सरकारको चाहना पनि चाँडै पुरा हुनेछ ।” क्षेत्रीका अनुसार सरकारले नयाँ ठाउँमा लगानी गरेमा अध्यन अनुसन्धान र पुर्वाधार निर्माण गर्नमै बर्षौ बित्ने र त्यसपछि संचालनमा पनि अर्बो खर्च हुने भएकोले परिणाम प्राप्तीमा ढिलाई हुनजान्छ । यसैले देशलाई चाँडै संबृद्ध बनाउन पहिलेदेखी नै पर्याप्त पुर्वाधार सम्पन्न रहेको मनमोहनलाई बहुप्राबिधिक शिक्षालय मात्र नभएर बिश्वबिद्यालय बनाउन सरकार लागिपर्नु उचित हुन्छ ।

न्युन खर्चमा बिद्यार्थी पढाई , अनुदान ६० प्रतिशत मात्र

भारतसकारसँग २०६२ मा सम्झौता भई २०६५ देखी मेकानिकल इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल बिषयमा पठनपाठन सुरु भएको मनमोहन पोलिटेक्निकमा २०६८ देखी तीन बर्षे सिभिल ईन्जिनियरिंग पनि संचालनमा छ । चालु बर्षमा साढे ४ करोड बजेट संचालन गरिरहेको यो शिक्षालयले ६० प्रतिशत मात्र सरकारी अनुदान पाउदै आएको छ । बाँकी स्रोत पोलिटेक्निक आफैले खोजी गर्ने गरेको छ । अति न्युन खर्चमा बिद्यार्थीहरुलाई कोर्ष गराईरहेको मनमोहनले हरेक बर्ष ४ जनालाई निशुल्क २० जनालाई सहुलियतमा र ३० जनालाई आफै कमाएर पढने गरि निशुल्क पठनपाठन गराउँदै आएको छ ।चार जना अध्यक्ष भरतमोहनका छोरी श्रीमतीले प्रदान गर्ने छात्रबृत्तीमा पढने गरेका छन भने ३० जनाले शिक्षालयकै १० बिगाहा जमिनमा खेती गरेको आम्दानीबाट पढदै आएका छन । हरेक फयाकल्टिमा ४२जना बिद्यार्थी हरेक बर्ष भर्ना गर्दै आएको मनमोहनमा हरेक बर्ष १ सय ९२ जना बिद्यार्थीले ईन्जिनियरिंग पठनपाठन गर्ने गरेका छन । यसबाहेक हरेक बर्ष ५ सय बिद्यार्थीहरुले एक हप्तोदेखी एक बर्षे छोटो अवधिको बिभिन्न निशुल्क तालिमहरु लिँदै आएका छन । हालसम्म मनमोहनमा दातृ निकाय प्लान नेपालको सहयोगमा ४३ जनाले सहुलियतमा ४ सय २६ जनाले व्यक्त्तिगत छात्रबृत्तीमा ४ जनाले र मनमोहनकै छात्रबृत्तीमा ३८ जनाले निशुल्क पढने अवसर प्राप्त गरिसकेका छन । यसबाहेक हरेक बर्ष आफै कमाउने आफै पढने ‘अर्न टु लर्न’ नीति अनुसार हरेक बर्ष ३० जना बिद्यार्थीले अध्यन गर्ने अवसर पाइरेका छन ।
सरकारी अनुदान कम भएपनि न्युन खर्चमा बिद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिन मनमोहन सफल भैरहेको प्रशासन प्रमुख मदन श्रेष्ठ दाबी गर्छन । उनका अनुसार भारतको हरियाणा राज्यको रोहतक पोलिटेक्निकलाई त्यहाँको सरकारले ९५ प्रतिशत अनुदान दिइरहेको छ । ‘यसैले पनि केन्द्र र प्रदेश सरकारले मनमोहनलाई अनुदान बढाएर बहुप्राबिधिक शिक्षालयमा स्तरोन्नती गर्न आबश्यक छ, — “श्रेष्ठ भन्छन । मनमोहनमा तीन बर्षे ईन्जिनियरिंग डिप्लोम गर्न मात्र डेढलाख खर्च तोकिएको छ । त्यसमा पनि पचास प्रतिशतले सहुलियत प्राउने गर्दछन । यहाँ अध्यन गर्ने बिद्यार्थीहरुमा हालसम्म ६५ प्रतिशत आदिबासी जनजाति ३ प्रतिशत दलित र २५ प्रतिशत मात्र अन्य समुदायका हुने गरेका छन ।”

हावाबाट चल्ने रिक्सादेखी एलपिजी वाटर पम्पसम्म अबिष्कार

परिणाम अनुसार मनमोहनबाट पास आउट भएका बिद्यार्थीहरुमा ८८ प्रतिशत मेनकानिकल ८१ प्रतिशत ईलेक्टिोनिक्स ८० प्रतिशत इलेक्टोक र ५६ प्रतिशत सिभिलमा रोजगार प्राप्त गर्न सफल छन । अगाडीको पढाईलाई निरन्तरता दिने भएकोले सिभिलमा रोजगार प्रतिशत कम भएको हो ।मनमोहनका बिद्यार्थीहरु हावाबाट चल्ने अटो रिक्सा, मकै छोडाउने मेसिन, पानी नियन्त्रण गर्ने यन्त्र, एलपिजी ग्याँसबाट चल्ने वाटर पम्प देखी अन्य बिभिन्न यन्त्रहरु ऋबिष्कार गरिसकेका छन । तर लगानी प्रबद्धनको अभावमा ती अबिष्कारहरु शिक्षालयको प्रयोगशालामै थन्किरहेका छन ।
मनमोहनले अर्न टु लर्नकालागि हाल पाँच बिगाहा जग्गामा फन पार्क निर्माण गर्ने तैयारी थालेको छ । जसबाट बर्षेनी ३ करोडब बढी आम्दानी हुने र त्यसबाट गरिब र जेहेन्दार बिद्यार्थीहरुले पढने सुबिधा प्राप्त गर्नेछन । यसैगरि प्रत्यक्ष अटो मोवाइल ग्यारेज पनि निर्माण गरिरहेको छ । जसले बिभिन्न उद्योगका अर्डर लिएर मेसिनरी सामग्रीहरु उत्पादन गर्ने लक्ष्य रहेको छ । जसबाट बिद्यार्थीहरु आफै काम गरेर पढन सक्षम हुनेछन ।

(बक्स अन्र्तबार्ता )
बहुप्राबिधिक शिक्षालयलगि मनमोहन पुर्ण योग्य छ – प्रिन्सिपल डा , सुभाष पोखरेल मनमोहन पोलिटेक्निक 

मनमोहन पोलिटेक्निक भौतिक पुर्वाधारले सुबिधा सम्पन्न छ । यसैले आपेक्षा अनुसार रिजल्ट दिन सफल भएको छ । हालप्रत्येक बर्ष डिप्लोमाबाट २ सय र तालिमबाट ५ सय गरि ७ सय जनशक्त्ति उत्पादन गरिरहेको छ । यहाँबाट उत्पादित जनशक्त्ति ९० प्रतिशत रोजगार छन । हाल मनमोहनले आफै पहल गरेर एक हजार बढीलाई रोजगार पनि दिलाइसकेको छ । मनमोहनले उत्कृष्ट संरचना र गुणस्तरको शिक्षालय भनेर सरकारबाट एवार्ड पनि पाइसकेको छ । भौतिक पुर्वाधार सम्पन्न भएको नेपालका ४ चार पोलिटेक्निक मध्ये मनमोहन नै सबैभन्दा उत्कृष्ट हो । यसैले सरकारले लागनी गरेमा डे नाइट सिफटमा पनि डिप्लोमा कक्षाहरु संचालन गरेर हजारौ बिद्यार्थीहरुलाई चाँडै रोजगार बनाउन हामी सफल हुनेछौ । अर्कोतिर मनमोहन शिक्षालय उययुक्त्त स्थानमा छ ।औधोगिक करिडोर मात्र नभएर ठूला होटल , अस्पताल नजिकै भएको स्थानमा भएकोले यहाँ प्रयोगात्मक कक्षाकालागि सहज मात्र छैन रोजगारी तत्काल प्राप्त गर्नकालागि पनि उपयुक्त्त छ ।

 


फोटाहरु:  मनमोहन पोलिटेक्निक भवन, प्रयोगशाला, बिद्यार्थीले बनाएका उपकरण आदि ।

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल
कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल

नेपालमा ५९ जनालाई कोरोना संक्रमण देखिएको छ । सम्भावित महामारी नियन्त्रणका लागि सरकारले निरन्तर प्रयास गरिरहेको छ । कोरोना परीक्षका लागि दायरा बढाइएको छ । विश्वभर फैलिएको कोरोनाको सम्भावित जोखिम[...]

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]