Sorry, your browser does not support JavaScript! "अबको शिक्षा पाठ्यपुस्तकमा मात्र केन्द्रित हुदैन्" - प्रेमलालसिंह सुवाल, उपाध्यक्ष, प्याब्सन मोरङ - Merodesh.news

“अबको शिक्षा पाठ्यपुस्तकमा मात्र केन्द्रित हुदैन्” – प्रेमलालसिंह सुवाल, उपाध्यक्ष, प्याब्सन मोरङ

मेरोदेश संबाददाता,विराटनगर,

जेठ ४ गते शुक्रवारदेखि १३ गते सम्म विराटनगरमा अन्तर विद्यालय नाटक उत्सव हुदैछ । सुमेरु कला सरोवरको आयोजनामा हुन लागेको उत्सवमा मोरङ जिल्ला भरका ९० वटा सामुदायिक र निजी विद्यालयहरुले सहभागिता जनाउदैछन् । उत्सवको सहआयोजकमा निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन (प्याब्सन) मोरङ रहेको छ । नाटक उत्सवमा प्याब्सनको सहभागिताका विषयमा प्याब्सन मोरङका उपाध्यक्ष प्रेमलालसिंह सुवालसंग गरिएको संक्षिप्त कुराकारी ।

नाटक उत्सवका प्याब्सनको कस्तो भूमिका छ ?

नाटक उत्सव अभियानमा हामी जोडिएका छौ । हामीले प्याब्सनमा रहेका स्कुलहरुलाई कसरी सहभागिता गराउन सकिन्छ भनेर सहकार्य गरेका छौ । हामीले हाम्रा सदस्य स्कुलहरुलाई सके सम्म सहभागिता गराएका छौ ।

प्याब्सनका कति सदस्य सहभागि हुदैछन् ?

प्याब्यनको जम्मा ९ वटा क्षेत्रहरु रहेका छन् । नौ वटा क्षेत्रबाट सहभागिताकालागि हामीले क्षेत्रपालहरुसंग छलफल गरेका थियौ तर सुमेरु कला सरोवर तालिमकालागि सबै क्षेत्रमा जान नसक्ने भएर चारवटा क्षेत्रमा आयोजना गरिएको कार्यसालामा सहभागि भएका छौ । कार्यसालामा सहभागि एकसय ७ विद्यालयहरु मध्ये प्याब्सनका सदस्य स्कुलहरु ९० छन् ।

यस्तो उत्सब मोरङमा पहिलो हो ?

विद्यालय स्तरको नाटक उत्सव मोरङमा पहिलो हो । यसअघि यस्ताखाले नाटक उत्सव आयोजना गरिएको थिएन् । गतबर्ष कला केन्द्रले सुनसरीमा आयोजना गरेको रहेछ ।

यस्ता खालको कार्यक्रममा विद्यार्थीहरुमा कस्तो प्रभाव पार्ला ?

पहिलो शिक्षा गुरुकुलमा केन्द्रित थियो । अहिले बृहत छ । बास्तबमा शिक्षा भनेको निश्चित पाठ्यपुस्तकलाई मात्र आधार बनाएर दिने भएन अबको शिक्षा बृहत भएको छ ।

प्याब्सनले समय अनुसारको परिवर्तनलाई मध्यनजर गर्दै पढाईसंगसंगै कला, संगित, खेलकुदका क्षेत्रलाई पनि शिक्षाको रुपमा लैजानुपर्छ भन्ने बुझ्दै सुमेरु कला सरोवरसंग सहकार्य गरेर कार्यक्रम आयोजना गर्न लागिएको हो ।

यो विद्यार्थीहरुको कला हेर्ने अवसर पनि हो । उनीहरुले मौका पाएका हुदैनन् । पढाईमा मात्र केन्द्रित भएका विद्यार्थीहरुको प्रतिभा हेर्ने थलोको रुपलाई उत्सवलाई हेरेका छौ । यस्ता कार्यमा हामी भोली पनि केन्द्रित हुनेछौ ।

प्याब्सनले भोलीका दिनमा यस्तो कार्यक्रम आयोजना गर्छ ?

निश्चित हो । अहिलेको युगमा शिक्षा संगसंगै विद्यार्थीमा भएको प्रतिभालाई पनि बुष्टअप गर्दै लैजाने छौ । प्याब्सनले विद्यार्थीको कला, संगित, खेलकुद क्षेत्रलाई पनि शिक्षाको रुपमा लैजानु पर्छ भन्ने हाम्रो मान्यता छ । हामी शिक्षासंगसंगै अतिरिक्त क्रियाकलापमा लागिरहने छौ ।

प्याब्सन कलासंगै केन्द्रित छैन् । हामी शिक्षामा केन्द्रित छौ तर हामी आफैले आयोजना नगरेपनि कलासंग सम्बन्धीत संस्थाहरुस“ग सहकार्य गरेर यस्ता कार्यक्रमलाई निरन्तरता दिदै नाटक
कम्पिटिसनको रुपमा लैजाने बिषयमा पनि सम्बन्धित संस्थाहरुस“ग सहकार्य गर्ने छौ ।

अतिरिक्त क्रियाकलाप गर्दा अभिभावकहरुको कस्तो सहयोग रहन्छ ?

शिक्षा महत्वपूर्ण कुरा हो । शिक्षित नभै अरु काम गर्न सकिन्न् । शिक्षाउनीहरुको प्रतिभालाई लिएर जादा सुनमा सुगन्ध थपिए जस्तो हुन्छ । धेरै अभिभावकहरुको सहयोग हुन्छ । केही अभिभावकको शिक्षा मात्र लियोस भन्ने सोच छ । उहा“हरुलाई पनि शिक्षा भनेको किताबी ज्ञान मात्र होइन नाटक सिक्नु पनि शिक्षा हो भन्न चाहान्छु । यस्ता खालका अतिरिक्त कार्यक्रमहरुमा अभिभावक सपोर्ट पाएका छौ ।

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल
कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल

नेपालमा ५९ जनालाई कोरोना संक्रमण देखिएको छ । सम्भावित महामारी नियन्त्रणका लागि सरकारले निरन्तर प्रयास गरिरहेको छ । कोरोना परीक्षका लागि दायरा बढाइएको छ । विश्वभर फैलिएको कोरोनाको सम्भावित जोखिम[...]

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]