Sorry, your browser does not support JavaScript! "उठनलाई चाहिने आखिर मनै त हो नि .............."- सिके श्रेष्ठ, कलाकार - Merodesh.news

“उठनलाई चाहिने आखिर मनै त हो नि …………..”- सिके श्रेष्ठ, कलाकार

मेरोदेश सम्बाददाता

मनै त होनि डिभिडीको निर्माण
बिसं २०७२ साल । सबैतिर चिच्याहट मात्र थियो । सबै रुने मात्र भए । जता गयो त्यतै रोदन नै रोदन देखापरयो । लौ सबै समाप्त भयो । लौ देश खत्तम भयो । लौ केही गरि अव नेपाल उठन सक्दैन । नेपालीहरु बाँच्न सक्दैनन । सबै ध्वस्त भयो । सुन्दर हिमालयको देश खण्डहरमा फेरियो । जताततै यस्तै दृश्यहरु देखिन सुनिन थाले । समाचारहरु लेखिन पढिन थाले । गीत कबिता पनि यस्तै लेखिन थाले । टेलिभिजन र रेडियोका कार्यक्रम र बृत्तचित्रहरु पनि यस्तै मात्र बन्न थाले । यहाँसम्मकी आँट दिने मान्छेहरु पनि आफै रुन थाले । चर्चित कलाकारहरुले हौसला दिनुपर्ने थियो तर उनिहरु पनि रुन थाले । सबै निराश बने । रोगी जस्ता भए । संसार हल्लाउने नेपालीहरु होस गुमाएर परर्भिर भए । ‘हैट यो त सारै भएन ? के साँच्चै देश खत्तम भएकै हो त ? के अव नेपालीहरु कहिल्यै उठन सक्दैनन त ? के बीर नेपालीहरुले अव सधैकालागि हरेस खाएकै हुन त ? के बिश्वहल्लाउने नेपालीहरुको जीवन अव रोएरै मात्र बित्ने भो त ? के बिश्वमा बीर भनेर कहलिएका नेपालीहरु अव काँतर भनेर चिनिने भए त ? के आपत्तको बेला आफै हामी नेपालीहरु सम्हालिन सक्दैनौ त ? लौ यो त सारै भएन, । कोही न कोही त निस्कनै पर्छ । आपत परेका बेला सम्हाल्ने अभिभावक ‘एई नरो आँट गर मुला लाछे हरेस खान्छस हिम्मत छैन तेरो बीर गोर्खाली भएर काँतर हुन्छस’ भनेर गाली गर्दैै कसैले न कसैले त सम्झाउनै पर्छ ।धर्तीलाई थर्काउने सहासी नेपालीहरुले काँतर भएकै हैन साहसी हुनुपर्छ । देश बिपत्तमा परेको बेला बिश्वहल्लाउने नेपालीले अब आफुलाई सम्हाल्नपर्छ र अरुलाई पनि सहयोग गर्नुपर्छ । यसैले उनले सोचे – उठनलाई त दह््रो मनमात्र भए पुग्छ । र नेपालीहरुको मन साह्रै दह्रो हुन्छ । बिपत परेका बेला अन्य देशमा रोएर धेरै माग्ने बनेको , दाताका अगाडी रोइकराई गरेर मागेको उनले धेरै हेरे देखेका छन । तर जस्तो सुकै दुख भएपनि बीर नेपालीले मागेको देखेका छैनन ।उनलाई थाहा छ नेपालीले कतै मागिहाले पनि ‘धत तँ नेपाली भएर माग्ने , नेपालीको बेइज्जत गर्ने भनेर नेपालीहरुले नै गाली गर्ने गरेका छन । नेपाली बरु एक छाक भोकै बस्छ तर मागेर खाँदैन । अरुले जस्तो रुदैन । बिपत्तीका बेला पनि मुस्कुराउँछ ।

सिके श्रेष्ठ ७५ भारत पश्चिम बंगालको दार्जिंंलिंग जिल्लाका बासिन्दा हुन । हाल सिलिगुडीमा बसोवास गरिरहेका उनि नाटकार , नाटय कलाकार निर्देशक मात्र नभएर पत्रकार , गीतकार , साहित्यकार देखी भारतमा रहेका नेपालीहरुको मुक्त्ति आन्दोलनकालागि राजनैतिक आन्दोलनका सचेतक पनि हुन । भारतको राष्ट्रिय नाटयभुषण पदकबाट बिभुषित उनि भारतमा नेपालीहरुको अधिकार प्राप्तिको आन्दोलनमा पनि उत्तिकै सक्रृय छन । नेपाली भाषा आन्दोलनमा दार्जिलिंग , कालेबुंग , असाम लगायतका क्षेत्रमा गाउँ गाउँमा गएर उनले नाटक प्रर्दशन गरि नेपाली भाषा र गोर्खाहरुको मुक्त्तिकालागि जागरणको दियो बाल्ने काम गरेका छन । लामो जागरण योगदानकै कारण उनि भारतीय नेपालीहरु –गोर्खा)हरु माझ श्रद्धेय पनि मानिन्छ । अगुवा सचेतकमा पनि गनिन्छन । आफनो परिवर्तनको यात्राबारे अभियानकर्मी अगुवा सिके श्रेष्ठ यसरी बेलिबिस्तार लगाउँछन ।

हो नेपालीको धेर्यता र मुस्कानको कारण हो उसको दह्रो मन । त्यो बेला मलाई लाग्यो डराएको मनलाई जगाउन सके त नेपालीहरु रुन छाडेर आफनो देश आफै बनाउन जुटिहाल्छन । बीर नेपालीहरु हरेसबाट मुक्त्त हुन्छनज । अनि मैले जुक्त्ति निकाले आफनो सम्पर्कमा भएका कलाकारहरुको सहयोगमा डिभिडी निकाल्ने । र उनले बनाए साँगितिक डिभिडी ‘मनै त होनि’ त्यसलाई ईन्टरनेटमा पनि हाले । उनलाई लाग्यो रोदनकाबेला त्यसले धेरै हदसम्म निरासालाई चिर्ने काम गरयो । नेपालीहरुलाई निरास बन्न हैन हिम्मत गर्न बल पुरयायो । भारतमै बसेर भएपनि पनि उनले उक्त्त डिभिडी मार्फत सन्देश दिए , मन दह्रो बनाएमा सबै सम्हालिन सकिन्छ । देश खत्तम भएको छैन । कत्रा कत्रा समस्या पार लगाउने नेपाली बिनाशका बेला आत्तिदैन । मन भए जत्ति पनि उठन सकिन्छ । फेरि नेपाल बनाउन सकिन्छ । आखिर उठनलाई चाहिने त मनै त हो नि ।

कालेबुङमा शिक्षा

म कालेबुङमा जन्मेहुर्केको मान्छे । स्कुले जीवनमा कालेबुंङमा त्यो बेला भित्रे पत्रिका निकाल्थ्यौ । यसैले साहित्यतिर रुचि र संगत बढदै गयो । साहित्यकि कार्यक्रममा भाग लिन थालियो । नेपाली हिन्दी दुबै भाषाको साहित्यमा रुचि बढयो । म स्कुल लेवलबाटै नाटकमा रुचि राख्थे । भागलिन्थे । कलेज लेवलामा पनि त्यो सक्रृयता कायमै रह्रो । अझै बढेर गयो । पढिसकेपछि म नोकरी चाकरीमा कहिल्यै फसिन । किन हो मलाई पैसा र जागिरतिर कहिल्यै मन गएन । म सानैदेखी समाजिक दायित्व बोध गर्थे । पढेपछि अझै दायित्व बोध भयो ।  समाजकालागि केही गर्नुपर्छ भन्ने लाग्यो  र  म परिवर्तनतको अभियानमा हिँडे हिँडिरहे । कहिले आन्दोलनको अगुवा बनेर त कहिले साहित्यकार र नाटककारक बनेर । अहिले पनि निरन्तर मुक्त्ति यात्रामा लागिरहे लागिरहेको छु ।

श्रीमतीको सहयोग सह्रानिय

म सम्पत्ती आर्जन नगर्ने फिरन्ते स्वभावको मान्छे । तर मैले अरुले जस्तो परिवारबाट घृणा र तिरस्कार भोग्नु परेन । मेरो घरपरिवार पनि शिक्षित भएकोले सहानुभुति पाइरहे । पछि मलाई श्रीमती पनि सचेत भएकोले होला आर्थिक संकट खासै परेन । बिहे अघि घरपरिवारबाट सहयोग भयो । बिहेपछि म सधै श्रीमतीकै कमाइमा बाँचे । उनकै क्वार्टरमा बसे । अहिले पनि बसिरहेको छु , बाँचिरहेको छु । मैले जे जति गरे समाजकैलागि गरे र गरिरहेको छु । पैसाको लोभलालचमा कहिल्यै फसिन । फस्दिन ।

ड्राइभर भएपछि नाटककार

मैले जीवनको कालखण्डमा दुग्ध सहकारीको ट्रक पनि चलाएँ । कालेबुङका गाउँ गाउँबाट दुघ संकलन गरेर तराई जलफाइगुडितिर ल्याउँथे । केही बर्ष चालक बने तर त्यसले निरन्तरता पाएन । जव मैले गाउँ गाउँ गएर दुघ संकलन गर्न थाले तव समाजको तल्लो बर्गसँग प्रत्यक्ष संबाद गर्ने मौका पाएँ । तव मैले बुझे गाउँमा धेरै शसक्त्तिकरणको आवश्यकता छ । गोर्खाहरुको मुक्त्ति र नेपाली भाषाको पहिचानकालागि चेतनाको दियो बाल्न आवश्यक छ । अनि मैले थप बुझे यो नाटकबाट मात्र संभव छ । अनि म नाटक लेख्न , खेल्न र खेलाउन थाले । समाज के अवस्थामा छ भन्ने बुझन सबैभन्दा तल्लो तह नै सत्य हुन्छ । त्यो नै तथ्य हो ।

नाटक माध्यम मात्रै

म नाटककैलागि नाटककार भएको हैन । म नाटकबाट गाउँ गाउँमा नेपालीहरु माझ चेतना जगाउन नाटककार भएको हुँ । नाटकबाट शसक्त्तिकरण गर्न सकिन्छ भन्ने मेरो ठहर थियो । यसैले नाटकलाई माध्यम बनाएँ । म नाटकर्मी भनेर चिनिने कारण नाटक आफैले लेख्ने , खेल्ने र खेलाउने गरेकोले मात्र हो । मेरो भित्री चाहना गोर्खाहरुको मुक्त्ति र नेपाली भाषाको पहिचानलाई जोगाउनु थियो । साँचो अर्थमा म नाटककार भन्दा पनि परिवर्तनकालागि अधिकारको अभियन्ता थिएँ । र अहिले पनि त्यही हुँ ।

नाटकका बान्किहरु

मैले सन १९७७ मा अनि भाले मुंग्रो रुन्छ , भन्ने नाटक लेखेर प्रर्दशन गरे । जुन भारतका बिभिन्न प्रान्तमा एघार बर्षसम्म चल्यो । यो पुरानो शैलीको नाटक थियो । मैले नाटकलाई समानुकुल बनाउन बनारसबाट नाटय उस्ताद मोतीलाल गुप्तालाई गुरु बनाएर कालेबुङ बोलाएँ । उनकै सहयोगले खुल्ला नाटक गर्न थालियो । जसलाई हामी सडक नाटक र अँग्रेजीमा थर्ड नाटक पनि भनिन्थ्यो । भारतमा सडक नाटक वामपन्थीहरुले मात्र खेल्छन खेलाउँछन भन्ने बुझाई थियो । त्यो आरोपबाट हामी पनि मुक्त्त हुन सकेनौ । तर आरोप जे भएपनि हामीले गाउँ गाउँमा मुक्त्ति र पहिचानकालागि जागरणको दियो सल्काउनु थियो । यसैले आरोपको पर्वाह नगरि लागिरह्रौ , निरन्तर ।
सडक नाटकपछि हामीले चौथो थिएटरको सुरुआत गरयौ । चौथो थिएटरमा हामीले नाटक शसुल्क हलभित्र देखाउन थाल्यौ । ‘ऐनामा हेर्दा रामसाइली’ सन २००तिर प्रर्दशन गरयौ । जसले गोर्खा आन्दोलनलाई धेरै प्रेरणा दियो । सन १९८० तिर ‘भद्रेको टोली’ गठन गरेर हामीले नाटक प्रर्दशन थालेका थियौ । भद्रे भनेको मेरो नाटकका एक मुख्य पात्र हुन । मेरा जुनसुकै नाटकमा उनि हुन्छन । भद्रे अर्थात भद्रबहादुर लामिछाने पात्र जो साधारण निम्न बर्गीय परिवारको पात्र हो । मैले यही पात्रलाई लिएर दुई दर्जन नाटक लेखेर प्रर्दशन गरिसकेको छु ।

असामको थिएटरमा तालिम

नाटय क्षेत्रमा धेरै प्रगती भएको भनिएको भारतको असाममा हो । त्यहाँ सिनेमा भन्दा पनि थिएटरलाई महत्व दिईन्छ । मानिशहरु सिनेमा भन्दा थिएटर हेर्न रुचाउँछन । कलाकारहरु सिनेमामा भन्दा पनि थिएटरमा खेल्न बल गर्छन । त्यहाँ क , ख , ग बर्गका थिएटर छन । कलाकारहरु पनि सोही अनुसार हुन्छन । एउटा थिएटर महिनौसम्म चल्छ । एक सिजनमा चार वटा सम्म नाटक एउटा थिएटरमा चल्छ । कलाकारहरुले प्रशसस्त सेवा सुबिधा पाउँछन । प्रचारप्रसार पनि भव्य गरिन्छ । असामी थिएटरको चर्चा औधि थियो । यसैले म पनि नाटकबारे बुझन र थप तालिम लिन असाम गएँ । त्यहाँ थिएटरमा भर्ना भएर काम सिके । त्यसपछि फर्केर आफैले मोवाइल थिएटर संरचना तैयार पारे । जसकालागि हामी पैतीस जनाको टोली तैयार भयौ । गाउँमा गएर नाटककालागि थिएटर बनाउन थालेपछि मानिशहरु सोध्थे –“अनि दोज्यु खेल्ने कलाकारहरु चाँही कहिले आउँछ नि त हो ?” तर हामी नै कलाकार हुन्थ्यौ, पछि नाटक हेर्दा उनिहरु छक्क पर्थे । हामी सबै काम आफै गथ्यौ । असमबाट फर्केपछि मैले ‘सलाम रेलीमाई भन्ने नाटक ७५ शो सम्म चलाएँ । सन २००९ मा हामीले पुर्णाङकी नाटक ‘अन्धाहरको राम कहानी’ जस्ता नाटक पनि गरयौ । पछि हाम्रा कलाकारहरुलाई असामको लालीगुराँस थिएटरले हायर गरेर लग्यो । त्यसपछि चाँही नाटय यात्रालाई निरन्तरता दिन सकिएन ।

उडिसामा राष्ट्रिय नाटय भुषण उपाधि

मैले नाटकमा सबै खाले शैलीमा काम गर्ने अनुभव संगाल्ने मौका पाएको छु । यसैले सन २००६ मा उडिसामा भएको नाटकर्मीहरुको प्रतिगोगिताबाट मैले नाटय भुषणको उपाधि पाएँ । मैले सन २००४ बाट गाउँ गाउँबाट आफै नेपाली सिल्पीहरु बटुलेर नाटय कार्यशाला पनि चलाएँ । कार्यशालाबाट तीन सय जति शिल्पीहरु उत्पादन भएका थिए । सबै कलाकार त बन्न सकेनन तर प्रभावकारी नाटय प्रचारक चाँही भए । उनिहरु समाज सुधारक बन्न सफल भए ।

नाटकर्मीहरु समाज सुधारक हुन

नाटक र नाटयकर्मीहरु मात्रै मनोरन्जनकर्ता वा मनोरन्जनकालागि मात्र हैनन । उनिहरु व्यवसायिक कलाकार मात्र पनि हैनन । समाज सुधारक पनि हुन । मैले आफनो नाटय यात्राको अभियानबाट यही सिकाई पाएको छु । अहिलेसम्म सही नाटकको परिणाम नकारात्मक पाएको छैन । मलाई नाटय यात्रामा लागेपछि धेरैले गाली गरे । ठूलो मान्छे बन्न छाडेर आँगन आँगन चहारी हिँडछ भनेर पनि गाली गरे । तर मैले कहिल्यै हरेस खाइन । आफनो नाटय यात्रामा निरन्तर लागिरहे ।
तृष्णपछि बितृष्ण

मैले नेपाली फिचर फिल्म तृष्णा पनि लेखे । सबै गीत मैले नै लेखेको हुँ । कलाकार मुरलीघर र निर्देशक उगेन छोपेलको आग्रहले मैले तृष्णको कथा पटकथा र गीत लेखेको थिएँ । त्रिकोणात्मक प्रेम कथामा आधारित सिनेमा सफल पनि भयो । तर मलाई चाँही तृष्णा पछि सिनेमाप्रति बितृष्ण जाग्यो । हामी नाटयकर्मी अभियन्ताहरुको कमर्सियल सिनेमाहरुसँग तालमेल मिल्दोरहेनछ । यसैले मैले फेरि आग्रह आएपनि फिल्म लेखनमा रुचि देखाइन । आजकल प्रणामी धर्म सम्बन्धि जागरण सिरियल पनि पनि निर्माण गरिरहेको छु ।

४० बर्षपछि प्रणामी

म ४० बर्षसम्म मंसाहारी थिएँ । मैले प्रणामी घरमा घरजम गरेको हुँ । मलाई ससुराली पक्षले पहिलेदेखी नै प्रणामी बन्न सुझाव दिन्थे । तर मैले गहन अध्यन गर्न पाएको थिएँन । पछि मोरंगको सलकपुर भन्ने ठाउँमा पण्डित हेमकर्ण सास्त्रीसँग डेढ महिना सँगै बसेर दिक्षा लिएपछि मैले प्रणामी धर्म ग्रहण गरेको हुँ । उनिसँग एउटै कोठामा बसेर मैले प्रणामी धर्मबारे धरै जान्ने बुझने र दिक्षा लिने अवसर पाएको हुँ । ईश्वरे अल्लाह तेरे नाम सबको सोमती दे भगवान भनेर महात्मा गान्धिले त्यसै भजन लेखेका होइन रहेछन । तर प्रणामी धर्ममा पनि धेरै बिकृती छन । सबै धर्म खराव हुँदैनन तर त्यसलाई खराव बनाइँदोरहेछ ।यसैले धर्मको जागरण अभियानमा लाग्न थालेको छु ।

भारतीय गोर्खा परिसंघमा प्रबेश

म जागरण अभियानकालागि नाटय यात्रा लिएर दार्जिेलिङका गाउँ गाउँमा थिएँ । सन २००५ मा आएपछि मलाई भारतीय गोर्खा परिसंघमा आएर जिम्मेबारी सम्हाल्न दवाव आयो । किनभने परिसंघ नेतृत्व बिहिन भैसकेको थियो । तैले नसमाले अब सँस्थालाई कस्ले सम्हाल्छ भनेर दवाव बढयो । मलाई पनि लाग्यो परिवर्तनको आन्दोलनलाई निभ्न दिनुहुँदैन । यसैले म परिसंघको कार्याकारिणी भएर भारतका नेपालीहरुको मुक्त्ति आन्दोलनमा सक्रृय रुपले सहभागी बने । अझै बनिरहेको छु । म भारतमा रहेका अल्पसँख्यक नेपालीहरु –गोर्खाहरुले जातिय राज्य मागेर मुक्त्ति पाउन सक्दैनन बरु त्यसको सटा भारतमा बस्ने सबै नेपाली भाषीहरुको एउटा संयुक्त्त छाता बनाउनुपर्छ भनेर ‘सेटेलाईट फेडरलिज्जम’ अर्थात गैरभौगोलिक संघियताको पक्षमा लागेको हुँ । र मलाई लाग्छ यो नै हामी गोर्खाहरुको मुक्त्तिको उपाय हो । अल्पसँख्यकहरुको अधिकार सुनिश्चित हुने मार्ग हो । तर जातिबादी राजनिति गर्नेहरुले अझै यसबारे बुझन चाहिरेका छैनन र बुझेकाहरुले बुझ पचाइरहेका छन । म निरन्तर यसकालागि पनि जागरण अभियानमा छु । किनभने आधुनिक भारतका निर्माणकर्ता गोर्खालीहरु पनि हुन । उनिहरुमाथि भारतले न्याय दिनुपर्छ । किनभने हामी गोर्खाहरुले भारत निर्माणकालागि ज्यान अर्पण गरेका छौ । जीवनको आहुती दिएका छौ । आधुनिक भारतलाई बनाउन रगत पसिना खर्चेका छौ । अर्को के पनि हो भने जव सुगौली सन्धि भयो त्यो बेला नेपालबाट टुक्रिएका हामी नेपालीहरु भारतमै थियौ कतै बाहिरबाट आएका थिएनौ । यसवारे जागरण गराउन मैले आधुनिक भारतको इतिहास बिभिन्न पत्रपत्रिकाहरुबाट लेखेर बुझाउँदै पनि आएको छु । किनभने आधुनिक भारतको मानचित्रले प्रस्ट भन्छ –“त्यो बेला बृहत्त हिन्दुस्तान थिएन , भारत स्वतन्त्र भएपछि मात्र भारत बहृत्त बनेको हो । यसैले आधुनिक भारतमा सबैको अधिकार सुनिश्चित हुनुपर्छ ।”

Advertise Expired !

सम्बन्धित समाचारहरु

कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल
कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल

नेपालमा ५९ जनालाई कोरोना संक्रमण देखिएको छ । सम्भावित महामारी नियन्त्रणका लागि सरकारले निरन्तर प्रयास गरिरहेको छ । कोरोना परीक्षका लागि दायरा बढाइएको छ । विश्वभर फैलिएको कोरोनाको सम्भावित जोखिम[...]

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)
यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)

विराटनगर, २३ पुस । भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा दुनियाँलाई हसाउँने एक[...]