Sorry, your browser does not support JavaScript! विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न - Merodesh.news

विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न

मेरोदेश सम्बाददाता,विराटनगर
जैन धर्मगुरु आचार्य महाश्रमणको जन्जयन्तिको अवसरमा विराटनगरमा आयोजित साताब्यापी रक्तदान कार्यक्रम अन्र्तगत २ सय ९४ पिन्ट रक्त संकलन भएको छ ।साताब्यापी रक्तदान कार्यक्रम अन्र्तगत छैठौंदिन शुक्रबार चाँदनीचोकमा आयोजित रक्तदान शिवीरमा संकलित ५५ पिन्ट समेत गरेर अहिलेसम्म २ सय ९४ पिन्ट रक्त संकलन भएको हो । ग्याँस बिक्रेता संघ मोरङ र तेरापंथ यूवक परिषद विराटनगरले संयुक्तरुपमा रक्त संकलन शिवीरको आयोजना गर्दै आएको छ । चाँदनीचोकमा आयोजित कार्यक्रममा आयोजक संस्थाका सदस्यहरुसहित सर्वसाधारण स्थानीयले रक्तदान गरेका छन ।

रक्तदाताहरुलाई प्रदेश सभा सदस्य केदार कार्कीले प्रमाणपत्र वितरण गरे । बैशाख ३० गतेबाट शुरु गरिएको रक्तदान शिवीर अन्र्तगत भाटभटेनी सुपर मार्केट,होटल ह्यारिसन, पुष्पलालचोक, केशलियारोड र चाँदनीचोकमा शिवीर आयोजना गरिएको ग्याँस बिक्रेता संघ मोरङका अध्यक्ष विकास लालवानीले जानकारी दिए । समापनको दिन शनिबार हाटखोलामा शिवीर आयोजना गर्ने कार्यक्रम रहेको जनाइएको छ । शिवीरमा रक्त संचार सेवा केन्द्र विराटनगरले प्राबिधिक सहयोग उपलब्ध गराउदै आएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]