Sorry, your browser does not support JavaScript! ठूला लगानीको बतवारण तैयार गरिदिन एक नम्बर प्रदेशका उद्योगी व्यवसायीहरुको आग्रह - Merodesh.news

ठूला लगानीको बतवारण तैयार गरिदिन एक नम्बर प्रदेशका उद्योगी व्यवसायीहरुको आग्रह

मेरोदेश संबाददाता ,बिराटनगर ४ जेठ

एक नम्बर प्रदेशमा प्रशसस्त संभावना रहेकोले ठूला लगानीको संभावनायुक्त्त आधारहरु प्रशस्त रहेको भन्दै बतावरण तैयार गरिदिन उद्योगी व्यवसायीहरुले लगानी बोर्डसँग आग्रह गरेका छन । एक नम्बर प्रदेशमा ठूला लगानीका संभावना अधिकक भएकोले यहाँका उद्योगी व्यपारीहरुले संभावना प्रशस्त रहेको भन्दै लगानीको वतावरण बनाइदिन बोर्डसँग आग्रह गरेका हुन । नेपाल उद्योग बाणिज्य महासघ जिल्ला नगर समितिका उपाध्यक्ष किशोर प्रधानले एक नम्बर प्रदेशमा १० अर्ब भन्दा बढी लगानी गर्ने प्रशसक्त्त आधारहरु रहेकोले बिदेशी लगानी भित्रयाएर आयोजनाहरु सुरु गराउन नेपाल लगानी बोर्डसँग आग्रह गरेका छन । उनका अनुसार एक नम्बर प्रदेशमा बिराटनगर बिमान स्थल, जोगबनी किमाथांका राजमार्ग निर्माण , सिमेन्ट उद्योगहरुको स्तरोन्नती , कृषीमा आधारित उद्योगहरुमा बिदेशी लगानी भित्रयाएर परियोजनाहरु संचालन गर्न सकिने संभावना छ ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अबिनाश बोहोराले देशमा कुल ग्राहस्थ उत्पादन बढाएर पुँजी निर्माण गर्नकालागि एक नम्बर प्रदेशमा ठूला लगानी अति आवश्यक भएकोले प्रदेश सरकारसँग सहकार्य गरेर लगानी बोर्डले लगानीको बतावरण तैयार गरिदिनुपर्नेमा जोड दिए । बोहोराले बिराटनगर र झापामा स्थापना गर्ने भनिएको बिशेष आर्थिक क्षेत्रको निर्माणमा लागानी भित्रयाउन सकिने बताए । यसैगरि हाईड्रोपावरमा लगानी थपेर बिद्युत्त निर्यात गरि देशलाई संबृद्ध बनाउन सकिन्ने संभावना औल्याए । बोहोराले बैदेशिक लगानी मार्फत नेपालमा पुर्वपश्चिम रेल संचालन गर्न सकेमा यात्रामा सहजता आउने र ढुवानी सस्तो भै पुँजी निर्माणमा सहयोग पुग्ने बताए । उनले भने — “अहिले बिराटनगरबाट काठमाण्डौ समान पठाउँदा प्रतिकेजी चार रुपैया पर्छ तर रेल चल्यो भने एक रुपैया पनि पर्दैन ।” बिदेशमा १० लाखमा पाइने मोटर नेपाल भित्रयाउदा ४० पचास लाख पर्ने भएकोले ढुवानी खर्च पनि महंगो भएको तर्क छ ।
नेपाल उद्योग बाणिज्य महासंघ एक नम्बर प्रदेशका अध्यक्ष नरेन्द्र खडकाले सधै नाराले मात्र आर्थिक संबृद्धि आउन नसक्ने भएकोले लागनी बोर्ड मार्फत ठोस रुपमा योजना बनाएर ठूलो आयोजनाहरु भित्रयाउन सकेमात्र एक नम्बर प्रदेश आर्थिक रुपमा संबृद्ध हुन सक्नेमा जोड दिए ।

एक नम्बर प्रदेशमा १० अर्ब बढीका आयोजना संचालन गर्न प्रशस्त आधार रहेको उद्योगी व्यवसायीहरुको दाबी । जोगबनी किमाथांका मार्ग , बिराटनगर एयरपोर्टको स्तारोन्नती , प्रसिद्ध तीर्थ स्थलमा केवलकार संचालन , पुर्वपश्चिम रेल संचालन , कृषीमा आधारित ठूला उद्योगहरुको स्थापना , बिशेष आर्थिक क्षेत्र निर्माण , किमाथांका सहित प्रदेशका बिभिन्न स्थानमा डाईपोर्ट निर्माण , आइटी पार्कको निर्माण र स्वास्थ्य र शिक्षामा आधारित ठूला आयोजनाको स्थापना ठूला लगानीकालागि संभावना युक्त्त आधारहरु हुन ।

उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश उपाध्यायले एक नम्बर प्रदेशमै प्राप्त कच्चा पर्दाथमा आधारित औषधी र कृषी उद्योगहरु संचालन गर्न सकिने संभावनालाई ख्याल गर्दै कृषीमा आधारित उद्योगहरु स्थापना गरेर उत्पादनमा बिबिधिकरण गर्न सके नेपालको ब्राण्ड बिदेशमा निर्यात गर्न सकिने सुझाए । मोरङ्ग व्यपार सघका अध्यक्ष पवन सारडाले लगानी भित्रयाउनकालागि सबै भन्दा पहिले प्रदेश सरकारले मैत्रीपुर्ण कानुन निर्माण गर्नुपर्ने र त्यसपछि लगानी बोर्डले प्रदेशमा रहेका संभावना युक्त्त आयोजनाबारे बिदेशी लगानीकर्ताहरुलाई बुझाउन आवश्यक भएको बताए ।

पर्यटन व्यवसायी भवेश श्रेष्ठले बिराटनगर बिमान स्थल मात्र नभएर एक नम्बर प्रदेशका पर्यटकिय जिल्लाहरुका बिमान स्थल निर्माण र स्तारोन्नती गर्दै केवलकार निर्माण गरेर संचालन गराउन सके एक नम्बर प्रदेशको धार्मिक र प्राकृतिक पर्यटन फस्टाउन सक्ने बताए । भने “ पोखरा जोमसोम फलाइट हुनसक्छ भने बिराटनगर लुक्ला फलाइट किन हुन सक्दैन ।” बिराटनगरमा सेमी अन्तराष्ट्रिय बिमान स्थल संचालन गराउन सके भारतको बिभिन्न राज्यका पर्यटकहरुलाई एक नम्बर क्षेत्रमा प्रदेशमा भित्रयाउन सक्ने प्रशसस्त संभावनामा जोड दिए । बर्षमा हजारौ नेपालीहरु भारतमा तीर्थ गर्न गैरहेको तर पुर्वाधार अभावमा नेपालका प्रसिद्ध तीर्थ स्थलहरुमा बिदेशी पर्यटकहरु भित्रयाउन सकिएको छैन ।
उद्योगी राजकुमार गोल्छाले सरकारले भूमी सम्बन्धि चक्ला बन्दि नीति ल्याएर लगानी बोर्ड मार्फत ठूला कृषी फर्महरु संचालन गरेर आम्दानी बढाउन सकिने बताए । उनका अनुसार बतावरण तैयार भएमा नीजि क्षेत्रले लागनी बोर्डसँग साझेदारी गरेर एक नम्बर प्रदेशमा बृहत्त आधुनिक कृषी खेती संचालन गर्न सक्नेछ ।

उद्योगी देबकीनन्दन अग्रवालले एक नम्बर प्रदेशमा फर्टीलाइजर उद्योग स्थापना गर्न सकेमा बिदेशबाट मल आयात गर्नुपर्ने बाध्यता हटने बरु निर्यात गर्न सकिने बताए । उद्योगी रमेश राठीले कोशी राजमार्ग संचालन गरेर प्रदेका बिभिन्न स्थान सहित किमाथांका नाका आसपास बन्दरगाहा निर्माण गर्न सकेमा राष्ट्रिय अन्तराष्ट्रिय व्यपारमा सहज हुने सुझाउँछन । उद्योगी व्यवासायीहरुले एक नम्बर प्रदेशमा आइटी पार्क , ठाउँ ठाउँमा डाईपोर्टहरु , शिक्षा र स्वास्थ्यमा लगानी गर्नकालागि एक नम्बर प्रदेश उपयुक्त्त भएकोले लागनी बोर्डले लागनी भित्रयाउन पहल गरिदिनु आग्रह गरेका छन । नेपाल लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले ठोस अध्यन बिना ा संभावनाहरुको पहिचान हुन नसक्ने भन्दै एक नम्बर प्रदेशमा ठूलो लागनी भित्रयाउन निजी क्षेत्रसँग सहकार्य गर्न लगानी बोर्ड प्रतिबद्ध रहेको बताउँछन । उनका अनुसार देशका हरेक प्रदेशमा १०अर्ब बढीका तीन तीन वटा आयोजनाहरुकालागि बैदेशिक लगानी भित्रयाउन सकेमा देशभर २१ ठूला आयोजनाहरु संचालनमा आउने र देशको आर्थिक बृद्धीमा सहयोग पुग्ने जानकारी दिए । भन्छन — “बिदेशी लगानी निजी क्षेत्र मार्फत नै भित्रिने हो यसैले ठोस वतावरण बनाउन सबै लागिपरौ ।”

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]