Sorry, your browser does not support JavaScript! मोरङका एसपी बिसि भए सरुवा - Merodesh.news

मोरङका एसपी बिसि भए सरुवा

मेरोदेश संबाददाता,बिराटनगर,
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी अरुणकुमार बिसिको सरुवा भएको छ ।
एसएसपीमा बढुवा भएसंगै मोरङबाट सरुवा हुनुभएका एसपी बिसि बिहीबार काठमाण्डौ लागेका छन् । २०७४ साल साउन २५ गते जिल्ला प्रहरी कार्यालय मोरङ आउनुभएका एसपी बिसि ९ महिना १० दिनको कार्यकाल पुरागरि प्रहरी प्रधान कार्यालय नक्शाल फर्केका छन् । सरुवाभएसंगै विभिन्न संघसंस्थाले उनलाई शुभकामना दिंदै बिदाई गरेका छन ।

काठमाण्डौ फिर्ता हुने क्रममा एसपी बिसिले आफ्नो मोरङ बसाईको क्रममा सबैको सहयोगप्राप्त भएको उल्लेख गर्नुहुंदै सबैलाई धन्यबाद ज्ञापन गरे । एसएसपीमा बढुवा भएका उनलाई शुक्रबार २ बजे नक्शालस्थित हेडक्वाटरमा एसएसपीको दज्र्यानी प्रदानगर्ने कार्यक्रम रहेको जनाइएको छ । यता मोरङमा आउने नयां एसपीको बिषयमा अहिलेसम्म तय भईनसकेको श्रोतले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]