Sorry, your browser does not support JavaScript! आजबाट नाटक उत्सव - Merodesh.news

आजबाट नाटक उत्सव

मेरोदेश संबाददाता,बिराटनगर,

आज शुक्रबारबाट विराटनगरमा अन्तर विद्यालय नाटक उत्सव मोरङ –२०७५ सुरु हुने भएको छ ।विद्यार्थीहरूलाई नाट्य विधाबारे प्रयोगात्मक ज्ञान दिने उद्देश्यले मोरङ जिल्ला स्तरिय अन्तर विद्यालय नाटक प्रतियोगिता तथा उत्सव आयोजना गरिएको हो ।वाई–वाईले प्रायोजन गरेको नाटक महोत्सवमा मोरङ जिल्लाका ९० वटा सामुदायिक र निजी विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने उत्सव जेठ ४ गतेदेखि १० दिन सम्म विराटनगरको आरोहण गुरुकुलमा हुने सुमेरु कला सरोवरका अध्यक्ष सुवलमणि सापकोटाले जानकारी दिए ।

नाटक उत्सवमा एउटै मञ्चमा मोरङका ९० विद्यालयका विद्यार्थीहरुले तयार पारेको नाटक मञ्चन हुने आयोजकले जनाएको छ । सुमेरु कला सरोवर ललितपुरको आयोजनामा हुने प्रतियोगितामा सहभागि गराउन विभिन्न विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क प्रारम्भीक प्रशिक्षण समेत दिएको थियो ।नाटकमा प्रत्येक विद्यालयका १० देखि १५ जना सहभागिता रहने र नाटक बढीमा १५ मिनेटको हुने आयोजकले जनाएको छ । यस अघि दिएको तीन दिने प्रशिक्षणको सहजीकरण शिल्पी थियटर काठमाण्डौंका सविन कट्टेल ,उद्धव साफकोटा , अनिल कुर्मी ,शिवम साफकोटाले दिएका थिए ।

उत्सवमा सहभागि हरुमध्ये उत्कृष्ट १० भित्र पर्ने विद्यार्थीहरूलाई विधागत रुपमा पुरस्कार तथा ट्रफि प्रदान गरिने छ । १० जना विद्यार्थीलाई ५ हजार रुपैया“का दरले छात्रबृत्ती पनि प्रदान गरिने अयोजक सुमेरुकला सरोबरले जानकारी दिएको छ ।नाटक महोत्सवको वाइवाइ चाउचाउले प्रयोजन गरेको छ भने सहआयोजक प्याब्सन मोरङ रहेको छ । गत बर्ष पनि सुमेरु कला सरोबरले सुनसरीमा नाटक महोत्सवको अयोजना गरेको थियो ।

नाटक उत्सवका बारेमा जानकारी दिदै सुमेरु कला सरोवरका अध्यक्ष लगायत 

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]