Sorry, your browser does not support JavaScript! रमजान अर्थात रोजा पर्व सुरु - Merodesh.news

रमजान अर्थात रोजा पर्व सुरु

मेरोदेश संबाददाता,बिराटनगर

इस्लाम धर्मालम्वीहरुको रमजान अर्थात रोजा पर्व आजबाट शुरु भएको छ । ३० दिनसम्म कठोर नियम र निष्ठापूर्वक मनाईने यो पर्व बुधबार साझ रमजान महिनाको पहिलो चन्द्रमाको दर्शनपछि औपचारिक रुपमा शुरु भएको हो ।ब्रतालूद्वारा आफ्नो ५ वटै इन्द्रीयहरुलाई नियंत्रणमा राख्दै अत्यन्त श्रद्धा, पबित्रता र बिश्वासका साथ यो पर्व मनाउने परम्परा छ ।प्रत्येक बर्ष १० दिनको हिसाबले सर्दै जाने रमजान पर्व यसबर्ष जेष्ठ ३ गतेबाट शुरु भएको हो । पबित्र कुराने शरीफमा उल्लेख भएअनुसारको निर्देशन बमोजिम मनाइने रोजा मुस्लिम समुदायका महिला पुरुष तथा सबै बर्गका ब्यक्तिहरुले मनाउने गर्दछन ।

तिस दिनसम्म एक छाक मात्र खाएर गरिने रोजापर्वमा ब्रतालुले प्रत्येकदिन बिहान पखको ३ बजे हल्का खाना दुध, सेबाइ ,खजुर आदि खाएर ब्रतको शुरुआत गर्छन ।यसरी बिहान खाइने खानालाई सेहरी भन्ने गरिन्छ । त्यसपछि ब्रतालूहरु दिनभरी पानी पनि नखाइ उपबास बस्ने गर्दछन र सांझपख ७ बजे फेरी केही हलुका खाना खाने गर्छन् । जसलाई इफ्तार भनिन्छ । सिकीस्त र बिरामी बाहेका सबैले मान्नै पर्ने रोजा पर्व बस्नेलाई रोजेदार भनिन्छ ।

अन्य समयमा दैनिक ५ पटक पढिने नमाजमा रमजानको महिना भरिको लागी ताराबी नामको एउटा बिशेष प्रकारको नमाज थप गरिएको हुन्छ । बिहान ४ बजेबाट शुरु हुने नमाज पढने क्रम रातीको ९ बजे ताराबी पढेपछि एकदिनको रोजा सम्पन्न हुने गर्दछ ।

रोजापर्वको अवधिमा आफुस“ग भएको संम्पत्तिको साढे २ प्रतिशत गरिव र असाहायहरुलाई दान गर्नुपर्ने परम्परा पनि रहि आएको छ । ब्रतबसेका ब्यक्तिहरुले ३० दिनको अबधिमा बिरामी भएर सुई लगाउनु पर्ने भएमा, औषधि खाएमा वा स्त्री संसर्ग गरेमा रोजा भंग भएको मानिन्छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सना विश्वकै कान्छी प्रधानमन्त्री
सना विश्वकै कान्छी प्रधानमन्त्री

विराटनगर २३ मंसिर । सना मारिन ३४ वर्षको उमेरमा फिनल्याण्डकी प्रधानमन्त्री भएकी छिन् । उनी फिनल्याण्डमा गठबन्धन सरकारको प्रधानमन्त्री बन्दा विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्न सफल भएकी छिन् ।[...]

थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा
थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा

दीपक बोहरा लमही। थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ पछिल्लो समयमा लोप हुन थालेको छ । नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताए[...]

नयाँ पुस्ताले ग्रहण नगरेपछि लोप भयो ‘विदापत’ नाच
नयाँ पुस्ताले ग्रहण नगरेपछि लोप भयो ‘विदापत’ नाच

विराटनगर। मोरङको सिसबनी जहादाका रामेश्वर मण्डल, पञ्चलाल मण्डल, हरिमण्डल, केशव मण्डलेको उमेर ५५ देखी ६० बर्षको छ । बैसछँदा गाउँघर मात्र हैन परदेशमा समेत उनीहरु ‘विदापत’ नाच देखाउन पुग्थे ।[...]