Sorry, your browser does not support JavaScript! फुट्नु भन्दा जुटनु राम्रो : उपेन्द्र यादव - Merodesh.news

फुट्नु भन्दा जुटनु राम्रो : उपेन्द्र यादव

मेरोदेश संबाददाता,बिराटनगर,३ जेष्ठ

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र नेकपा माओवादी केन्द्र विच हुन लागेको पार्टी एकतालाई आफुले सकारात्मक रुपमा लिएको वताएका छन् । सो पार्टीको मोरङ जिल्ला कमिटिले बिहीबार विहान विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उनले निति र सिद्धान्तको आधारमा हुने पार्टी एकताले लोकतन्त्रलाई वलियो वनाउने वताए । उनले पार्टीहरु फुट्नु भन्दा जुटनु राम्रो हुने भन्दै दुवै पार्टीको एकतालाई आफु सकारात्मक रुपमा लिएको उल्लेख गरे । तर निति र सिद्धान्त नमिलेपनि कुनै अवसरकालागि मात्र हुने एकतामा दिगोपन नहुने उनको भनाई थियो ।

अध्यक्ष यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको क्रममा दुई नम्वर प्रदेशका मुख्य मन्त्रीको अभिव्यक्तीलाई विवादको बिषय बनाउनुको कुनै अर्थ नरहेको बताए । मुख्य मन्त्रीले दुई नम्वर प्रदेशको वस्तु स्थितिमा मात्र राखेको बताउदै उहांले मोदीको भ्रमणको क्रममा केन्द्रीय सरकारबाट भने गम्भीर त्रुटीहरु भएको दाबी गरे । मोदी भ्रमणको क्रममा केन्द्र सरकारले छुट्टै स्वागत भाषण गर्न लगाएको र अतिथिलाई सुरक्षाको प्रत्याभुति गराउन नसकेको दाबी गरे ।
अध्यक्ष यादवले आफुहरुले उठाएको मुद्धा संवोधनगर्ने ग्यारेन्टी नभएसम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने वताए ।

उनले संविधान संशोधन,सरकारमा पार्टीको भुमिका तथा संघीयता कार्यान्वयन आफनो पार्टीको पहिलो शर्त भएको वताए । संविधानलाई सर्वस्वीकार्य र सवैको अपनत्व कायमगर्न संशोधन आवश्यक रहेको उनको भनाई थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना
७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी सर्मा ओलीले ७१औँ विश्व मानव अधिकार दिवसको असवरमा शुभकामना दिएका छन् । ओलीले मंगलबार विश्व मानव अधिकार दिवसको अवसरमा लिखित शुभाकामना सर्वाजनिक गरेका हुन्[...]

नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने
नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने

काठमाडौं २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले २९ मंसिरमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं नेकपाका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा[...]

कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला
कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला

विराटनगर, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो[...]