Sorry, your browser does not support JavaScript! सुन तस्करी प्रकरणको प्रमाण -'पक्षको रोकियो, विपक्षीको सुनियो' - Merodesh.news

सुन तस्करी प्रकरणको प्रमाण -‘पक्षको रोकियो, विपक्षीको सुनियो’

मेरोदेश संबाददाता,विराटनगर,

साढे ३३ किलो सुन तस्करी प्रकरण र समन शाक्य हत्या अभियोगको पाचौ दिनको थुनछेक बहसमा एसएसपी दिवेश लोहनीका कानुन व्यावसायीले इजलासमा अडियो प्रमाण पेस गरेका छन् । गत शुक्रवार सरकारी वकिलले पेस गरेको भिडियो प्रमाण प्रस्तुत गर्न रोकिएको थियो । तर मंगलवार लोहनीको पक्षमा बहस गरेका बरिष्ठ अधिवक्ता शुशिल पन्तले अडियो प्रमाण पेस गरेका हुन् । पन्तले अडियो रेकर्ड पेस गर्दा इजलासमा गत शुक्रवार बादी पक्षको प्रमाण पेस गर्न नदिएको बिषय राखेको सहायक जिल्ला न्यायधिवक्ता पदम वस्तीले जानकारी दिए ।

अदालतमा सानो स्पीकरको मद्धतले लोहनी र तत्कालिन प्रहरी अतिरिक्त महानिरक्षक बमबहादुर भण्डारीस“गको सम्वाद पेस गरिएको थियो । लोहनीले हेडक्वाटरको आदेशमा नै डिएसपी प्रतिज केसी र सई बालकृष्ण सञ्जेललाई अपरेशनकालागि मोरङ पठाएको अडियो रेर्कडमार्फत पेस गरेको बताइएको छ ।

अदालत समक्षा गत शुक्रवार सरकारी वकिलको कार्यालयले पेस गरेको प्रमाण प्रतिवादी कानुन व्यावसायीले विरोध गरेपछि रोकिएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]