Sorry, your browser does not support JavaScript! मोनोरेल अध्ययनकालागि विराटनगरको ग्रिन सिग्नल - Merodesh.news

मोनोरेल अध्ययनकालागि विराटनगरको ग्रिन सिग्नल

मेरोदेश संबाददाता,विराटनगर,

विराटनगरदेखि सुनसरीको तरहरासम्म सञ्चालन गर्ने मोनो रेलको सम्भाब्यता अध्ययनकालागि विराटनगर महानगरपालिकाले अनुमति दिएको छ । मोनो रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययनको काम सुरु गर्न विराट मोनोरेल इन्टरनेशनल प्रालिलाई महानगरसँग अनुमति मागेको थियो । महानगरले मंगलवार विराटनगर क्षेत्र भित्र सम्भाब्यता अध्ययनकालागि अनुमति दिएको हो ।

कम्पनीले विराटनगरको जोगवनीदेखि इटहरी हुदै तरहरासम्म ३५ किलोमिटर दुरीमा विद्युतीय मोनोरेल सञ्चालन गर्नकालागि सम्भाब्यता अध्यनकालागि स्थानीय तहहरुसँग अनुमति मागेको थियो । विराटनगरदेखि तरहरा सम्म चारवटा स्थानी सरकारले कम्पनीलाई अध्ययन गर्न अनुमति पनि दिएको छ । बुढिगंगा गाउपालिका, दुहवी नगरपालिकाले यस अघि नै सम्भाब्यता अध्ययनकालागि अनुमति दिएको थियो । इटहरीले पनि अनुमती दिएको कम्पनीका अध्यक्ष परमानन्द मेहताले जानकारी दिए । अध्यक्षका अनुसार कम्पनीले मोनो रेल सञ्चालनको अध्ययनकालागि रेल विभाग र लगानी बोर्ड सँग पनि समन्वय गरिएको छ । बिभाग र बोर्डले बिस्तृत प्रस्ताव ल्याउन भनेको थियो । प्रस्ताव तयारीको काम पनि तिब्र बनाइएको मेहताले बताए ।

कम्पनीले स्थानीय तहसँगको समन्वय पछि प्रारम्भीक अध्ययनकालागि बिदेशी कम्पनीसँग सहकार्य गर्ने छ । अध्यक्ष मेहताका अनुसार जापान, मलेसिया र कोरीयाली कम्पनीसँग बिस्तृत परियोजना प्रतिवेदन(डिपिआर) कालागि छलफल भैरहेको छ ।नेपालमा पहिलो पटक मोनो रेल सञ्चालनको योजना रहेकाले बताउदै मेहताले छ महिना भित्र डिपिआर तयारीकालागि काम सुरु गरिने बताए ।
मोनो रेल सञ्चालनकालागि विराटनगरदेखि तरहरा सम्म ब्यापारीक मार्गमाथीबाट रेल सञ्चालनकालागि सम्भाब्यता अध्ययन गरिने छ । व्यापारीक मार्ग छ लेनको बनाइदैछ ।

कम्पनीले सोही मार्गको माथीबाट लिक बिछ्याउने गरी सम्भाब्यता अध्ययन गर्ने डाइरेक्टर रञ्जितकुमार झाले जानकारी दिए । परियोजनाको प्रस्तावना तयारीकालागि अध्ययनको काम सुरु गरिएको अर्का डाइरेक्टर प्रमिला गच्छदारले बताइन् । सम्भाब्यता अध्ययन गरिएको क्षेत्रमा प्रतिघण्टा करिब २ सय किलोमिटरको गतिमा कुदन सक्ने छ । सोही गतिको रेल सञ्चालन भए विराटनगरदेखि तरहरा पुग्न १० देखि १५ मिनेट लाग्ने छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

दुई मानवअधिकारकर्मी सम्मानीत
दुई मानवअधिकारकर्मी सम्मानीत

विराटनगर २४ मंसिर । मानव अधिकार दिवसको अवसरमा एक नम्बर प्रदेशका दुई जना मानव अधिकार रक्षक सम्मानित भए । मानव अधिकार सञ्जाल एक नम्बर प्रदेशले मंगलबार विराटनगरमा ७१औ विश्व मानव[...]

प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा
प्रदेश लोकसेवा आयोगको कार्यालय विराटनगरमा

विराटनगर २४ मंसिर । एक नम्बर प्रदेश  सरकारले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा राख्ने[...]

११ बुँदे घोषणापत्र जारी गर्दै इटहरीमा लैङ्गिक हिंसाबिरुद्धको सम्मेलन सम्पन्न
११ बुँदे घोषणापत्र जारी गर्दै इटहरीमा लैङ्गिक हिंसाबिरुद्धको सम्मेलन सम्पन्न

इटहरी २४ मंसिर । ११ बुँदे इटहरी घोषणा पत्र जारी गर्दै लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलन सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाले आयोजना गरेको सम्मेलनमा एक वर्षका लागि लैङ्गिक हिंसा[...]