Sorry, your browser does not support JavaScript! अधुरै छ नेत्रज्योति बिहिन चिरन्जिबिको मील खोल्ने धोको - Merodesh.news

अधुरै छ नेत्रज्योति बिहिन चिरन्जिबिको मील खोल्ने धोको

मेरोदेश संबाददाता,बिराटनगर, २ जेठ

शनिवार र मंगलवार नेत्र बिहिन चिरन्जिविको कमाउने दिन हो । जब यि दुई बार नजिक आउँछन अधिल्लो दिन देखि नै दुबै आँखामा ज्योति नभएका दृश्टि बिहिन अधबैसे चिरन्जिवि शर्मा र उनकी श्रीमती किरणलार्ई धागोमा कागती , लसुन र खोर्सानी उन्न भ्याई नभ्याई हुन्छ । श्रीमतीले कागती , लसुन र खोर्सानी धागोमा उनि दिएपछि चिरन्जिवि हरेक शनिवार र मंगलवार दिनभरी विराटनगरका हरेक चौक र गल्लि पसल र घरघरमा गै बिक्री गर्छन ।
घर पसलका दैलाहरुमा शनिवार र मंगलबार धागोमा उनेको हरियो कागती र र्खोसानी झुण्डयाएमा अरुको नजर लाग्दैन भन्ने आम विश्वास मानिशहरुमा छ । यहि विश्वास नै दुबै आँखाको ज्योति नभएका चिरन्जिबिलाई परिवार पाल्ने राम्रो ब्यपार बनेको छ । उनले बषौदेखी यही व्यपार गरेर आफु र परिवारको जीवन धारिहेका छन ।

जन्मजात नेत्रज्योति बिहिन भएपनि नगरका सबै गल्लि घर चहार्छन

३५ बर्षे चिरन्जिबि जन्म देखिकै दृश्टि बिहिन हुन । तर बिराटनगरका चौक गल्ति र व्यक्त्तिका घरघरमा घुमेर ब्यापार गर्न उनी आँखा देख्नेहरुभन्दा कम छैनन । उनलाई कहाँ कहाँ आफना ग्राहक छन भन्ने कण्ठस्थै छ । तीन तला माथि बस्ने गृहणी हुन कि साँगुरो गल्लिमा रहेको पसलहरु उनि आफनो सधै बोक्ने छडीको सहाराले सबै ठाउँमा पुग्छन , कागती खोर्सानीको माला बेच्न । विराटगर जस्तो व्यस्त यात्रु र सवारीको आवत जावत भएको भीडभाडमा पनि चिरिन्जिबि आजसम्म कहिल्यै दुर्घटनामा परेका छैनन ।

जीबन गरिखानकालागि हो भन्ने प्रेरणा दिने चिरन्जिबि

चिरन्जिबी मंगलवार र शनिवार उनेको कागती बेचेर दिनको ३ देखी ५ सय आम्दानी गर्ने गरेको बताउँछन । अरु वेला उनि कहिले पुस्तक , कहिले पत्रिका त कहिले क्यालेण्डर र धार्मिक पसलहरु बजारमा डुलाएर बिक्रि गर्छन । यसबाहेक उनि सिमाबर्ती भारतीय बजार जोगबनी पुगेर उपभोग्य बस्तुहरु ओसारपासर गर्ने काम पनि गर्छन । उनको लगनशीलता देखेर कसैले पनि उनलाई दृश्टि बिहिन र कमजोर भन्दैनन । ट्राफिक चौक स्थित पब्लिक पुस्तक पसलका संचालक माधव शर्मा जीवनवाट हरेस खाएका सबलाङहरुले चिरिन्जीवीको संघर्षलाई बुझे ‘जीबन हरेख खाएर मरिलान हैन गरिखानकालागि हो’ भन्ने प्रेरणा लिनसक्ने बताए ।

नेत्रहिन भएपनि कमाएको पैसाले छोराछोरीलाई सुबिधा सम्पन्न स्कुलमा पढाउँछन

जन्म देखिनै आँखा ठयाम्मै देख्न नसक्ने चिरन्जिवि शर्मा ३८ वर्षअधि जन्मिएका हुन । विराटनगर ८ शनिमन्दिरमा उनको सानो घर छ । त्यहाँ उहाँ दुबै आँखाको ज्याति भएकी श्रीमतीसँगै १ छोरा र १ छोरीसँग बस्दै आएका छन । मेहनती चिरन्जिबीले नेत्रहिन भएर पनि दुबै सन्तालानलाई आफैले कमाएको पैसाले सुबिधा सम्पन्न बिद्यालयमा पढाउँदै आएका छन ।आफु जन्मजात दृष्टि बिहिन भएपनि उहाँका सन्तान भने तीक्ष्ण ज्योति भएका छन ।

कुटानी पिसानी मील खोल्ने धोको अझै पुरा भएको छैन

दृश्टि बिहिन भएकैले चिरन्जिबिले पढन पाएनन । श्रीमती किरणले ७ कक्षा पढेकी छन । सानातिनो व्यापार गर्दै जीवन पाल्दै आएका चिरन्जिबिको पैसा कमाएर एउटा कुटानी पिसानीको मील खोल्ने धोको छ । तर कागती बेचेर अनि अरु व्यपारमा सघाएर कमाएको पैसा खाँदै ठिक्क हुने भएकोले उनले मील खोल्न पुँजी बनाउन सकेका छैनन । नेत्रहिन कर्मठ चिरन्जिबि भन्छन – “खै आफुले पैसा पनि कमाउन सकिन अरु कसैले सहयोग पनि गरिदिएनन मेरो मील खोल्ने धोको अुधरै रहने भो ।” अपाङगता भएकाहरुलाई राज्यले उधोग व्यापार संचालन गर्न ऋणदिने व्यवस्था मिलाइदिनुपर्ने धारणा बोकेका चिरन्जिबिको ऋण पाए आँटा मील संचालन गरेर सुखसँग परिवारलाई पाल्ने धोको छ ।

जनप्रतिनिधि हुन पाउँदा दंग

मेहनती चिरन्जीबीमा कागती खोर्सानी बेच्न बजार पसल डुल्दाडुल्दै राजनैतिक चेतनापनि वढेको छ । उनि आफुसँग सहनुभुति राख्ने शिक्षितहरुसँग कुराकानी गर्न रुचाउँछन । घण्टौ नेपाली समसामयिक राजनितिबारे गफिन्छन । अपाङको भत्ता पाउने आशमा शाहीकालमा उनि बिराटनगर उमहानगरपालिको वडा अध्यक्ष पनि बनेका थिए । तर उनले मासिक पाउने भनेको २५ सय भत्ता चाँही पाएनन । भत्ता नपाएकोमा दुख भन्दा पनि नगरपालिका जस्तो संँस्थामा प्रतिनिधि भएर बैठकमा भागलिन पाउदा धेरै खुसी भएका छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]