Sorry, your browser does not support JavaScript! वन मन्त्रालयको प्रदेश एक स्तरिय योजना तर्जुमा गोष्ठी सम्पन्न - Merodesh.news

वन मन्त्रालयको प्रदेश एक स्तरिय योजना तर्जुमा गोष्ठी सम्पन्न

मेरोदेश संबाददाता,विराटनगर,

प्रदेश एकका उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्री जगदशीप्रसाद कुसियैतले जनताको आर्थिक सम्वृद्धि कायम गर्न वन पैदावरको समुचित प्रयोगमा ध्यान दिनुपर्ने वताउनुभएको छ । उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय प्रदेश नं १ ले आज विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष २०७५÷७६ को बार्षिक योजना तर्जुमा गोष्ठीमा बोल्दै उहांले आगामी योजनामा जनतालाई प्रत्यक्ष लाभान्वित गराउनेगरि प्रदेश सरकार अगाडि वढेको बताउनुभयो । उहांले मुलुक संघीयता गइसकेको अवस्थामा प्रदेश सरकार जनताको इच्छा, चाहना र सुझाव अनुसार विकास तथा आर्थिक सम्वृद्धि कायमगर्ने वताउनुभयो ।

प्रदेश १ का मुख्य सचिव सुरेश प्रधानले अब बन्ने निति तथा कार्यक्रम जनतालाई अनुभूति हुनेगरिको हुने बताउनुभयो । प्रदेश मन्त्रालयका सचिव ईश्वरचन्द गौतम र जिल्ला वन अधिकृत धनकुटाका कृष्ण वस्तीले जनताको सम्वृद्धिमा वनको उपयोगका सम्वन्धमा वोल्नुभयो । गोष्ठीमा प्रदेश नं १ का १४ जिल्ला वन कार्यालय, जिल्ला भूसंरक्षण कार्यालय, राष्ट्रपति चुरे तराई संरक्षण समिति, नेपाल परिवहन तथा गोदाम व्यवस्था र प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतपर्ने कार्यालयका प्रमुख र प्रतिनिधि गरी दुई सय जनाको सहभागिता रहेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]