Sorry, your browser does not support JavaScript! मैथिल महिला बट सावित्री(बरसाईत) पर्व मनाउदै - Merodesh.news

मैथिल महिला बट सावित्री(बरसाईत) पर्व मनाउदै

मेरोदेश संबाददाता,विराटनगर,

पतिको दीर्घायुको कामनाका साथ मिथिलाका महिलाहरु मंगलबार वट– सावित्री (बरिसाईत) पर्व मनाउदैछन ।सो क्रममा विराटनगरक्षेत्रमा समेत मैथिल महिलाहरुले आज बिहानैदेखि विधिविधान पुर्वक बट सावित्री अर्थात बरसाईत पुजा मनाउदैछन । विराटनगरको तीनपैनी,सरौचिया,चाँदनीचोक,तिनटोलीया,आदर्शटोल ,सैनिकटोल लगायतका क्षेत्रमा मैथिल महिलाहरु यो पर्व मनाउदैछन ।

बिहानैदेखि महिलाहरुले वरको रूखको पूजापाठगरी दिनभर उपवासमा बसेर यो पर्व मनाउने गरेका छन । हिन्दू धर्मावलम्बीले वरको रूखमा ब्रह्मा, विष्णु र महेशको बास हुने गरेकाले सो रूखको मुनि बसेर पतिको दीर्घायुका लागि कामना गरेपछि मनोकामना पूर्ण हुने जनविश्वास छ । यो पर्व मनाउने महिलाहरुले नववस्त्र धारण गर्नाका साथै बाँसको हातेपंखा, प्रसादसहित धार्मिक एवम् संस्कृतिअनुसार पूजापाठ गर्ने गदर्छन् । सत्ययुगमा सतिसावित्रीले आफ्ना पति सत्यवानको जीवन यमराजबाट फिर्ता गराउन सफल भएपछि सोको सम्झनास्वरुप यो पर्व मनाउन थालिएको बताइन्छ ।

यो पर्व नियमनिष्ठाका साथ मनाइएमा पति दीर्घायु हुने यमराजले वरदान दिएको भविष्य पुराणमा उल्लेख गरिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]