Sorry, your browser does not support JavaScript! सुन तस्करी प्रकरण : दुई जना विरुद्ध पूरक अभियोग – Merodesh.news

सुन तस्करी प्रकरण : दुई जना विरुद्ध पूरक अभियोग

मेरोदेश संबाददाता,विराटनगर,

तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा अनुसन्धान गरिरहेको सरकारी टोलीले तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । पहिलो चरणको अनुसन्धानमा केही लगानी कर्ता र सहयोगी सहित ६३ जना विरुद्ध मुद्धा दायर गरेको सरकारी टोलीले चुणामणी उप्रेती गरेका अन्य सहयोगीहरुको खोजी सुरु गरेको हो ।

गोरेका सहयोगी खोज्ने क्रममा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले झापा दमकका बिनोद अधिकारी र दोलखा चरिकोटका मोतीराम श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै हुण्डीका कारोवारी भएको प्रहरी आरोप छ ।

अधिकारीको झापा दमकमा न्यू सिद्धकाली मनिट्रान्सफर सञ्चालन गरिरहेका छन् ।उनीहरु दुवैले गोरेलाई हुण्डी मार्फत सुन खरिद गर्न रकम उपलब्ध गराउदै आएका थिए । प्रहरीले उनीहरुपनि जिल्ला अदालत मोरङबाट पाच दिनको म्याद थप गरेको छ ।

पक्राउ परेकाहरुलाई अपराधिक समूह स्थापना र संचालन गरी सुन अवैध चोरी पैठारी र चोरी निकासी, अपहरण र शरिर बन्धक तथा यातना र कर्तब्य ज्यान मुद्दामा पाच दिनको म्याद थप गरिएको हो । उनीहरु विरुद्ध ६३ जना विरुद्ध दायर गरिएको मुद्धामा नै पूरक अभियोग लगाइएको जिल्ला न्यायधिवक्ता पुन्यप्रसाद पाठकले जानकारी दिए ।

पक्राउ परेका मध्ये श्रेष्ठले दुबइमा सुन खरिदकालागि रकम जुटाइदिने काम गर्दथे भने अधिकारीले नेपालमा बसेर रकम जुटाउथे । स्रोतका अनुसार श्रेष्ठले दुबईमा रहेका नेपालीहरुबाट रकम संकलन गर्ने र तीनका आफन्तलाई नेपालमा अधिकारीले रकम जुटाउने गर्दथे । अधिकारी स्थानीय लगानीकर्ताबाट पनि रकम संकलन गर्ने व्यक्ती भएको प्रहरीको आरोप छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु
विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु

विराटनगर । विराटनगरमा स्कुल जाँदै गरेकी एक बालिकाको ट्र्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आइतबार भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ ७०३९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा ६ वर्षीया बालिका[...]

क्यापिटल हिलमाथि अराजक भिड र महँगो धुन्धुकारी
क्यापिटल हिलमाथि अराजक भिड र महँगो धुन्धुकारी

हरि अधिकारी गत ६ तारिखका दिन संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन डिसीको क्यापिटल हिलस्थित सङ्घीय संसद् भवनमा जुन आयतनमा शक्ति प्रदर्शन, तोडफोड र हिंसाचार प्रदर्शन भयो, त्यो यस महान् लोकतान्त्रिक[...]

हार्ट अट्याक हुनु एक महिना अघिदेखि शरीरमा देखा पर्नसक्ने केही लक्षण
हार्ट अट्याक हुनु एक महिना अघिदेखि शरीरमा देखा पर्नसक्ने केही लक्षण

विराटनगर/हृदयघात अर्थात् हर्ट अट्याक कुनै पनि समयमा अचानक हुन सक्छ । तर, हार्ट अट्याक हुनु केही समय वा एक महिना अघिदेखि नै शरीरमा केही लक्षणहरू देखा पर्न थाल्छ । शरीरमा[...]