Sorry, your browser does not support JavaScript! नेतृत्व परिवर्तन गर्न आवश्यक छ – कोइराला - Merodesh.news

नेतृत्व परिवर्तन गर्न आवश्यक छ – कोइराला

मेरोदेश संबाददाता,विराटनगर,

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराललाले पार्टीको नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । सोमवार नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म कांग्रेसले गति लिन नसक्ने बताएका हुन् ।

नेतृत्वकै कारण निर्वाचनमा पार्टीले हार भोग्नु परेको बताउदै उनले काग्रेसलाई जोगाउन पनी सेरबहादुर देउवाको नेतृत्व परिवर्तन गरी नया नेतृत्व आवश्यक रहेको बताए । पार्टी सभापती शेरबहादुर देउवा सभापतीको कुर्सिमा रहुन्जेलसम्म काग्रेस कमजोड हुने भन्दै नेतृत्व परिवर्तन हुनुपर्नेमा जोड दिए । उनले कांग्रेसका विधान परिवर्तन गरेर भएपनी यथासक्दो चाडो महाधिवेशन वोलाउनुपर्ने वताए ।

नेता कोइरालाले पार्टी सभापतीले विधान र सहमती मिचेर आफुमा शक्ति सञ्चय गर्न खोजी रहेकाले त्यसले पार्टीमा अधिनायकवाद निमत्याउने बताए । पार्टी बलियो बनाउने भन्दा पनि पार्टी सभापती ब्यक्ती बलियो वनाउनेतर्फ लागेको बताए । इतिहास मै नेपाली कांग्रेस कमजोड अवस्थामा रहेकाले पार्टीको विधान र सहमती मिचेर कोहीपनी जान नहुने बताए ।

उनले भारतीय प्रधानमान्त्री नरेन्द्र मोदीको चारवर्षमा तीन पटक भएको नेपाल भ्रमणले मुलुकका लागी महत्वपूर्ण उपलव्धि भएको बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना
७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी सर्मा ओलीले ७१औँ विश्व मानव अधिकार दिवसको असवरमा शुभकामना दिएका छन् । ओलीले मंगलबार विश्व मानव अधिकार दिवसको अवसरमा लिखित शुभाकामना सर्वाजनिक गरेका हुन्[...]

नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने
नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने

काठमाडौं २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले २९ मंसिरमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं नेकपाका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा[...]

कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला
कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला

विराटनगर, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो[...]