Sorry, your browser does not support JavaScript! ३३ किलो सुन तस्करी प्रकरण - १६ विपक्षि वकिलको बहस सकियो - Merodesh.news

३३ किलो सुन तस्करी प्रकरण – १६ विपक्षि वकिलको बहस सकियो

मेरोदेश संबाददाता,विराटनगर,

साढे ३३ किलो सुन तस्करी प्रकरणको थुनछेक बहसको चौथोदिन सोमवार ११ जना कानुन व्यावसायीले बहस गरेका छन् । साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुको तर्फबाट ११ जना कानुन व्यावसायीले बहस गरेका हुन् । आइतवार पाच जना कानुन व्यावसायीले प्रतिवादीहरुको तर्फबाट बहस गरेका थिए ।

सोमवार राजन थापाको पक्षमा दिपक बस्नेत, निलम्बित प्रहरी नायव उपरीक्षक प्रजित केसीका पक्षमा बरिष्ठ अधिवक्ता माधवराज आचार्य, राजेन्द्र भट्टराई र सुरेशलाल श्रेष्ठले बहस गरेका थिए । श्रेष्ठले अमरमान ढंगोलको पक्षमा पनि बहस गरेका थिए ।

निलम्बित डिएसपी सञ्जय राउतको तर्फबाट रामबहादुर राउत र अम्बर राउतले बहस गरेका थिए भने महाविर गोल्यान(चाचाजी)को तर्फबाट जगनप्रसाद फुयाल र बरिष्ठ अधिवक्ता योगेन्द्र न्यौपानेले बहस गरेको थिए ।

सम्बीरप्रसाद तोलाङ्गे, प्रहरी हवल्दार अम्बरबहादुर थापामगर, र विरेन्द्रमान श्रेष्ठको पक्षमा रमिला मर्हजन र सुनिलकुमार सिंहले बहस गरेका थिए भने तक्लु भन्ने पुन्यप्रसाद तामाङको पक्षमा हरिनारायण चौधरीले बहस गरेका थिए ।

गत बिहिवारबाट न्यायधिस नारायणप्रसाद शर्माको ६ नम्बर इजलासमा थुनछेक बहस सुरु भएको थियो । बिहिवार र शुक्रवारमा सरकारी वकिलहरुले बहस सकेपछि आइतवारबाट प्रतिपक्षका वकिलहरुले बहस गरीरहेका छन् ।

साढे ३३ किलो सुन तस्करी प्रकरण स“ग जोडिएको सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका ३० जनाको तर्फबाट एकसय भन्दा बढि कानुन व्यावसायीले बहस गर्ने गरी नाम लेखाएका छन् । प्रतिपक्षको बहस गर्नेमा नाम लेखाउनेमा पूर्व महान्यायधिवक्ता रमनकुमार श्रेष्ठ, सुशिल पन्त, बरिष्ठ अधिवक्ता सम्भू थापा लगायत रहेका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]