Sorry, your browser does not support JavaScript! खसी भन्दै बाख्राको मासु बेच्ने २ जना विराटनगरबाट पक्राउ - Merodesh.news

खसी भन्दै बाख्राको मासु बेच्ने २ जना विराटनगरबाट पक्राउ

मेरोदेश संबाददाता,विराटनगर,

खसी भन्दै बाख्राको मासु बेच्ने २ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ गरिएका ब्यक्तिहरुमा विराटनगरको बरगाछीस्थित श्याम मिट सेन्टरका संचालक विराटनगर ३ का ४२ बर्षिय श्याम थापा र उनको पसलमा कामदारकोरुपमा कार्यरत ३७ बर्षिय मोहम्मद अकबर रहेका छन । उनिहरुलाई प्रहरीले सोमबार दिउसो बरगाछीचोकस्थित पसलबाट पक्राउ गरेको हो ।

प्रहरीले उनिहरुसहित बेच्नलाई ठिक्क पार्दै गरिएको बाख्रा समेत बरामद गरेको छ । सो बिषयमा जानकारी दिनुहुंदै जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान थापाले अभियुक्तहरुले पसलको मुल ढोकामा ताल्चा लगाएर भित्रपट्टि बाख्रा काटेर खुर्किदै गरेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ गरिएका बिरुद्ध कालोबजारी अन्र्तगत मुद्धा दर्ता गराएर कारवाही प्रक्रिया अघि बढाईने उहांले जानकारी दिनुभयो । विराटनगर क्षेत्रका अधिकांश मासु पसलेहरुले खसी भन्दै बाख्राको मासु बेच्ने गरेको उपभोक्ताले गुनासो गर्दै आएका छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]