Sorry, your browser does not support JavaScript! सूर्यमुखी खेतीः सम्भावना छ, प्राबिधिक ज्ञान छैन - Merodesh.news

सूर्यमुखी खेतीः सम्भावना छ, प्राबिधिक ज्ञान छैन

मेरोदेश संबाददाता,विराटनगर,

सूर्यमुखी फुल खेतीको पर्याप्त सम्भावना रहेपनि सुनसरीका किसानहरुले ब्यावसायिक खेतीगर्न सकेका छैनन । आवश्यक प्राबिधिक ज्ञानको अभावका कारण कृषकले ब्यावसायिक सुर्यमुखीको खेतीगर्न नसकेका हुन ।
बर्जु गांउपालिका ६ का किसान शिवनारायण यादव गएको ८ बर्षदेखि सुर्यमुखी फुलको खेती गर्दै आउनुभएको छ । यतिखेरपनि उहांको साढे २ कट्ठा जग्गामा सुर्यमुखी फुल ढकमक्क फुलेको छ । बिना मलखाध र बिशेष स्याहारसुसारका बाबजुद पनि उहांको खेती सप्रिएको छ । यादवले ब्यवसाय गर्नकलागि नभई आफ्नै परिवारमा आवश्यक पर्ने खाने तेलकालागि सुर्यमुखी खेती गर्नुभएको हो । सुर्यमुखी खेती सम्बन्धि आवश्यक पर्ने प्राबिधिक ज्ञान नभएका कारण देखासिकी नै आफुले खेती शुरु गरेको र राम्रो उत्पादन हासिल गरिरहेको उहांको भनाई छ ।

सुर्यमुखी फुलको राम्रो उब्जनी देखेर बर्जु गांउपालिका ५ का किसान बसिर अंसारीले समेत गएको ५ बर्षदेखि फुल खेती गर्दै आउनुभएको छ । प्राबिधिक ज्ञान नभएको तर राम्रो उब्जनी देखेर आफुले सुर्यमुखी खेती शुरु गरेको उहांले जानकारी दिनुभयो । फुलको बिउ थ्रेसिङ, सिचाई र तालिमको ब्यवस्था गरे बर्जु गांउपालिकाका किसान ब्यासायिक सुर्यमुखी फुल खेतीगर्न तयार रहेको उहांको भनाई छ । बर्जु गांउपालिका र आसपासका गांउमा उत्पादन हुने सुर्यमुखीको बियाबाट स्थानीय चिमडी बजारमा रहेको मिलबाट तेल निकाल्ने गरिन्छ ।

पुषमाघमा रोप्नुपर्ने सुर्यमुखी फुलको बाली बैशाखमा तयारी हुने गर्छ । प्रतिकट्ठा खेतीबाट २ मन सम्म उत्पादन लिन सकिने सो फुलको १० किलो बियाबाट ४ लिटर तेल निकाल्न सकिने किसानहरुले जानकारी दिएका छन । सुनसरीमा १ हजार हेक्टर क्षेत्रफलमा सुर्यमुखी फुलको खेती हुने गरेको जिल्ला कृषि कार्यालय सुनसरीका राजकान्त झाले जानकारी दिनुभएको छ । मकै बाली जस्तै मलखाध र गोडमेल गर्नुपर्ने सुर्यमुखि फुलको बिया किसानहरुले स्थानीय सिमावर्ती भारतीय बजारबाट ल्याउने गरेका छन ।

भारतीय बजारमा प्रति किलो ५० रुपैयाले सुर्यमुखी फुलको बिया विक्री हुने गरेको छ । किसानहरुलाई तालिमको ब्यवस्था र प्राबिधिक सहयोग लगायतको ब्यवस्थापन गर्नसके सुनसरीमा सुर्यमुखी फुलको खेती प्रमुख नगदे बालीकोरुपमा बिकास गर्नसक्ने प्रशस्त सम्भावना छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]