Sorry, your browser does not support JavaScript! बन्द क्रसरको ढुगागिट्टीले कानेपोखरीबासीमा बिबाद - Merodesh.news

बन्द क्रसरको ढुगागिट्टीले कानेपोखरीबासीमा बिबाद

मेरोदेश संबाददाता,विराटनगर,

बिराटनगर ३१ बैसाख,

बन्द क्रसरको ढुँगागिट्टी बिक्रि गर्ने नगर्ने बिषयमा मोरंगको कानेपोखरी गाउँपालिकाबासी बिच बिबाद चर्किएको छ । तत्काल केरौन गाबिस र हाल कानेपोखरी गाउँपालिका ५ स्थित चिसांँङ खोलाको पुलमुनि दक्षिणतर्फ रहेको मकवानपुर क्रसर उद्योगले छाडेको करोडौ मुल्य वरावरको ढुगागिट्टी बिक्रि गर्ने नगर्ने बिषयमा कानेपोखरी गाउँपालिकाबासीमा बिबाद चर्किएको हो । खोला किनारको बन क्षेत्रभित्र रहेको ढुगागिट्टी बिक्रि गरेर चार किमी सडक कालोपत्रे गर्ने भन्दै केरावारी ५ नम्बर वडा कार्यालयको रोहबरमा उिपभोक्त्ता समिति निर्माण गरियो । उक्त्त उपभोक्त्ता समिति मार्फत बन्द क्रसर उद्योगको ढुगागिट्टी बिक्रि गरेर बाटो कालोपत्रे गर्ने भयो । समितिले ढुगागिट्टी क्रस व्यवसायी भीम पौडेललाई दिने र त्यसवापत पाँच किमी बाटो सडक निर्माण गर्ने र वाटोको नाम भीम पौडेल मार्ग राख्ने पनि निधो गरयो ।

crossor
उक्त्त निर्णय गलत र अनियमित भएको भन्दै केही उपभोक्त्ता समिति सदस्यहरुले आपत्ती जनाएपछि ढुगागिटी बिक्रि गर्ने बिषयमा बिबाद उत्पन्न भयो । एक थरिले स्थानिय तह आफै सरकार भएको र अलपत्र झै रहेको ढुंगागिट्टी बन क्षेत्रभित्र परेको उक्त्त स्रोत बनको भएकोले बिक्रि गर्न पाउनु पर्ने दाबी गरेका छन । अर्कोथरिले चाँही उक्त्त ढुंगागिट्टी निजी सम्पत्ती भएकोले गाउँपालिका मार्फत कानुनी प्रकृया टुंग्याएर मात्र बैध रुपले बिक्रि गरिनुपर्ने भन्दै आपत्ती जनाइरहेका छन । नेपाली काँग्रेस तत्काल केरौन र बयरवन गाबिस अध्यक्षहरु योगेन्द्र दहाल र मोहन कटुवालले बिज्ञप्ती जारी गर्दै बिधि प्रकृया पुरयाएर मात्र ढुगागिट्टी बिक्रि गर्न र बिकास निर्माणको काममा लगाउन माग गरेका छन । कानेपोखरी २ का बासिन्दा तीर्थबहादुर कार्की सर्बदलिय बैठक बसेर बन्द क्रसरको ढुगागिट्टीबारे पहिले सम्पत्ती भेरीपाई गरिनुपर्ने त्यसपछि कानुन अनुसार गाउँपालिकाको मातहतमा ल्याएर आवश्यकता अनुसार बिकास निर्माणमा उपभोग गरिनु उपयुक्त्त हुने बताउँछन । कानेपोखरी २ बासी तथा युवा संघ मोरंगका सचिव नबिन पौडेल काँग्रेस पार्टीले नभै केही सिमित व्यक्त्तिले भ्रम फैलाइरहेको र उनिहरु बिकास बिरोधी भएको बताउँछन । कानेपोखरी गापा ५ नम्बर वडाका अध्यक्ष चरण गुरुङ पनि उपभोक्त्ता समितिले बिकासकालागि काम गर्न चाहेको तर बिकास बिरोधीहरुले योजनलाई बिबादमा ल्याएर भाँडन सक्रृय भएको आरोप लगाउँछन ।

बिरोध गर्नेलाई बिकास बिरोधीको आरोप

ढुगागिटी बिक्रि गरेर वाटो बनाउने योजनामा आपत्ती जनाएपछि एक पक्षले बिरोध गर्नेहरुलाई बिकास बिरोधी बताउँदै जसरी भएपनि बाटो बनाएरै छाडने अडान लिइरहेका छन । तर बिरोध गर्ने पक्षले चाँही क्रसर व्यपारीहरुसँग मिलेर वडा अध्यक्ष , बन उपभोक्त्ता समिति अध्यक्ष लगायतका केही सिमिति व्यक्त्तिहरुले वाटो बनाउने बहाना ढुगागिटी बिक्रि गरेर आर्थिक लाभ लिन खोजिरहेको आरोप लगाएका छन । कानेपोखरी गापा २ का बासिन्दा तीर्थबहादुर कार्की गापालाई उपेक्षा गरेर उपभोक्त्ता समिति मार्फत ढुगागिटी व्यपारीलाई दिने र उनकै नाम राखेर लाखौको सडक बनाउने योजना अबैध भएकोले बिरोध गरेको बताउँछन । युवा संघ मोरङका सचिव नविन पौडेल, वार्ड अध्यक्ष चिरन गुरुङ उपभोक्ता समितिका सचिव दिपक थापा , जनजागृति सावउका अध्यक्ष पुर्ण अधिकारी , पुर्व अध्यक्ष भोजकुमार राई , स्थानियबासी जब्बरबहादुर राई ,लगायतको समुह उपभोक्त्ता समुहले गरेको निर्णय जसरी पनि कार्यान्वयन हुनुपर्छ भन्ने पक्षमा छन । युवा संघ सचिव पौडेल भन्छन — ‘चार बर्षको अनुमति लिएको क्रसरले अबैध रुपमा दोहन गर्दा कसैले नदेख्ने अहिले हामी आफनो स्रोत आफै उपभोग गरेर बिकास गछौ भन्दा अबैध हुने यस्तो कुरा हामी मान्दैनौ जसरी पनि बिक्रि गरेर बिकासको काम गरेरै छाडछौ ।

यसो भन्छन कानेपोखरी गाउँपालिका अध्यक्ष

कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफलेले पहिले केरौन गाउँपालिका रहेकोले हाल कानेपोखरी गाउँपालिका ५ स्थित जनजागृती सामुदायिक बनेको क्षेत्रमा रहेको बन्द क्रसरको ढुगागिटीबारे थाहा नभएको र तर केरौन गाबिस गाभिएर गाउँपालिका बनेपछि उक्त्त अबस्थाबारे जानकारी भएको बताए । उनका अनुसार मकवानपुर क्रसर उद्योग बन्द भैसकेकोले उक्त्त ढुगागिटीमा अब हक लाग्न नसक्ने बताए । उपभोक्त्ता समिति मार्फत ढुगागिटी बिक्रि गर्ने वा बिक्रिको पैसा उपभोक्त्ता समितिले प्रयोग गर्ने कुरा नियमित नहुने बताए । उनले उक्त्त ढुगागिटी बिक्रि गर्ने प्रकृयाकालागि कानुनी परामर्श गरिरहेको बाताए । भने , स्थानिय तह केन्द्र र प्रदेशको प्राकृतिक स्रोत बाँडफाँडबारे टुगो लागिसकेकोले आगामी चालु बर्षभित्र कानुनी प्रकृया पुरयाएर ढुगागगिटी बिक्रि गरेर गाउँपालिकाको आम्दानीमा बाँधिने बताए । भागबण्डा अनुसार प्राकृतिक स्रोतको आम्दानी ५० प्रतिशत संघलाई २५ प्रतिशत प्रदेश र २५ प्रतिशत स्थानिय तहले उपभोग गर्न पाउनेछन ।

यसरी सुरु भयो बिबाद

मोरंगको उर्लाबारी रंगेली सडक निर्माण गर्ने ठेक्का निर्माण गर्ने कालिका कन्ट्रक्सनले पायो । उसकै आग्रहमा २०५६ देखी २०६० साल सम्मकालागि हेटौडामा रहेका व्यपारी कन्हैयाल श्रेष्ठले तत्काल केरौन गाबिसमा पर्ने (हाल कानेपोखरी गापा ५) चिसांङ खोलको पुल नजिकै दक्षिण मकवानपुर क्रसर उद्योग स्थापना गरे । क्रसरले चिसाङखोलाको कटान नियन्त्रण गर्न जहदामा सातवटा ढुँङगाको तारजालीको स्पर निर्माण गरिदिने आश्वासन पनि दियो । सकारकरी निर्माण कार्यकालागि अनुमति पाएर संचालनमा आएको उक्त्त उद्योग २०६६ सम्म संचालनमा रहो । सो अवधिमा क्रसरले ढुगागिट्टी भारतर्फ निकासी गराउन पनि सक्रृय भयो । पछि सरकारले बन क्षेत्रभित्र र मापदण्ड बिपरित संचालन भएका सबै क्रसर उद्योग बन्द गराउने कठोर निर्णय लिएपछि उक्त्त त्रसर बन्द भयो । क्रसर बन्द भएपछि तीन जना हेरालु राखेर उक्त्त उद्योग बेपत्ता भयो । हेरालु खडगबहादुर कटुवालका अनुसार क्रसर बन्द भएपछि उनिहरुले तलव पनि पाएका छैनन । तर एक दिन कसो नपाइला भनेर उनिहरुले त्यहाँ रहेको गिटी , घर , मेसिनको हेरचाह गरिरहेका छन । अझै त्यहाँ दुई हेभी जनेटर सहित क्रसर मेसिन , एउटा आवास गृह र लगायतका भौतिक सम्पत्ती छन ।
२०७३ चैतमा राज्यको पुर्नसंरचनाको नीति अनुसार केरौना गाबिस मोरङको कानेपोखरी गाउँपालिकामा मर्च भयो । र बन्द क्रसर रहेको तत्काल केरौन गाबिसको उक्त्त स्थान कानेपोखरी गापा वार्ड नम्वर ५ जनजागृती सामुदायिक बन क्षेत्रमा परयो ।
त्यसपछि २०७४ मा स्थानिय तहको निर्वाचन सम्पन्न भएपछि जनप्रतिनिधि निर्वाचित भएर आए । चालु बर्ष कानेपोखरी गाउँपालिकाले वडा कार्यालय मार्फत केरावारी ५ मा पर्ने जोरबाटोदेखि भौंसाबारीसम्म जाने ६ किमी बाटो कालोपत्रे गर्न ५० लाख रुपैया चालु बर्षमा निकासा दियो । तर गाउँपालिकाले बिनियोजन गरेको बजेटले ७ सय मिटर बाटोमात्र कालोपत्रे हुन्थ्यो । यसैले ५ नम्बर वडाका अध्यक्ष चिरन गुरुङको रोहवर र स्थानियबासी भोजराज श्रेष्ठको नेतृत्वमा निर्माण भएको उपभोक्त्ता समितिले चिसाङ खोलाको किनारमा आठ वर्ष अगाडी बन्द भएको मकवानपुर क्रसर उद्योगको ढुगागिटी बिक्रि गरेर सबै बाटो कालोपत्रे गर्ने निर्णय भयो । उक्त्त ढुगागिटी क्रसर व्यवसायी भीम पौडेललाई बिक्रि गरिने र उनले नै उक्त्त बाटो कालोपत्रे गरिदिने र सडकको नाम पनि भीम पौडेल मार्ग भनेर नामाकरण गर्ने पनि उपभोक्त्ता समितिले निर्णय गरयो । ढुगागिट्टी बिक्रि भएवापत राजस्व कस्लाई कति र कसरी तिर्ने र बिक्रिको हिसाव किताब को मार्फत कसरी राख्ने र सार्वजनिक गर्ने भन्नेबारे कुनै कुरा निर्णयमा उल्लेख गरिएन ।
उपभोक्त्ता समिति भित्र रहेको केही स्थानियले उक्त्त कार्य अवैध र प्रकृया बिपरित भएकोले पहिले कानुनी प्रकृया पुरा गर्नुपर्ने र प्रकृया पुरयाएर गाउँपालिका स्तरिय निर्णय गराएर मात्र ढुगागिट्टी उपभोग गरिनुपर्ने भन्दै आपत्ती जनाए । उपभोक्त्ता समिति मार्फत भएको उक्त्त निर्णय बाहिर आएपछि चर्को बिरोध भयो । त्यसपछि स्थानियबासीमा आन्तरिक द्धन्द्ध चर्कियो । बिरोध गर्ने समुहलाई नेपाली काँग्रेस केरौन र बयरबन समितिले बिज्ञप्ती निकालेर सर्मथन गरयो । त्यसपछि चर्केको द्धन्द्धले राजनैतिक द्धन्द्धको रुप लियो ।
केही स्थानियले वडा अध्यक्ष चरण गुरुङ लगायतका केही व्यक्त्तिहरु मिलेर बन्द क्रसर उद्योगको ढुगागिटी व्यपारी भीम पौडेललाई बिक्रि गरेर देखावटी बाटो निर्माण गर्न लगाइ करोडौ रुपैयाको चलखेल गर्न हतारिएको आरोप लगाइरहेका छन । तर अध्यक्ष गुरुंङ चाँही यस्तो कार्यमा कुनै सत्यता नभएको र आफुले कहिल्यै त्यस्तो कार्य नगरको र नगर्ने बताउँन । बरु हुदै नभएको अप्रमाणित रुपले भ्रामक हल्ला फैलाएर आफनो चरित्र हत्या गरिएको गुनासो गर्छन । अनेक भ्रम फैलाएर बिकासको काममा बाधा हाल्ने र सत्ता पक्षको निर्वाचित जनप्रतिनिधिलाई बदनाम गराउन बिकास बिरोधीहरु सक्रृय भैरहेका उनले बताए । तर उनले बन्द क्रसरको ढुगागिट्टी बिक्रि गर्न र उपभोक्त्ता समिति मार्फत बाटो कालोपत्रे गराएर मार्गको नाम भीम पौडेल राख्न भएको निर्णयबारे कुनै प्रतिक्रिया दिन मानेनन । भने  — ‘उपभोक्त्ता समितिको कुरो उसैलाई सोध्नोस यसमा म कुनै प्रतिक्रिया दिन्न ।’

उपभोक्त्ता समिति अध्यक्षको भनाई

ढुगागिटी बिबादले स्थानियमा द्धन्द्धको अवस्था सृजना गरेपछि उपभोक्त्ता समिति अध्यक्ष मनोज श्रेष्ठ योजनाबाट पछि हटेका छन । उनले आफु राजनीतिमा पर्ने नचाहने र गाउँपालिकाले उपलव्ध गराएको ५० लाख र उपभोक्त्ता र बन समितिले दिएको पैसाबाट मात्रै जति पुग्छ त्यती मात्र बाटो निर्माण गर्न थालेको बताए । भने — ‘मलाई कुनैपनि राजनैतिक झगडामा फस्नु छैन ।’

ढुगागिटी बिक्रि गरेरै छाडने नभएर फयाँकेर बृक्षारोपण गर्ने चेतावनी

ढुगागिट्टी बिक्रि गरेर वाटो निर्माण गर्ने योजना चरम बिबादमा परेपछि र उपभोक्त्ता समिति अध्यक्षले असहमती जनाएपनि जागृती सामुदायिक बन उपभोक्त्ता समिति अध्यक्ष, पुर्ण अधिकारी , उपभोक्त्ता समिति सचिव दिपक थापा , स्थानियबासी तथा युवा संघ मोरंगका सचिव नबिन पौडेल, लगायतको समुहले चाँही मकवानपुर क्रसर उद्यागका सचालकले प्राकृतिक दोहन गरेर बेपत्ता भएको , सहमती अनुसार नदी नियन्त्रण गर्न तटबन्ध निर्माण गरिदिने सहमती पुरा नगरेको र अब स्थानिय तह पनि सरकार भएकोले प्राकृतिक स्रोत बेचबिखन गर्ने दाबेदार भएकोले जसरी भएपनि बिक्रि गरेरै छाडने बताउँछन । बन समिति अध्यक्ष पुर्ण अधिकारी पटक पटक जिल्ला बनले बन क्षेत्रमा पर्ने ढुगागिटी फयाँकेर बृक्षारोपण गर्न आग्रह गरेकोले बिक्रि नभएमा चालु बर्ष भित्रै फयाँकेटर बृक्षरोपण गर्ने बताउँछन । भन्छन ,— ‘बैधानिक बिद्यानप्राप्त भैसकेको बनलाई आफनो बन क्षेत्र संरक्षण गर्ने अधिकार छ यसैले उक्त्त गिटी बिक्रि नभएमा जनमजुरी लगाएर फयाँकेर बृक्षारोपण गराउने छौ ।’

पत्रकारको घर घेरा हालेर चेतावनी

चिसांग खोलामा बन्द अबस्थामा रहेको ढुगागिट्टी उपभोक्त्ता समिति मार्फत सुटुक्क बिक्रि गरेर वडा अध्यक्ष लगायतका केही व्यक्त्तिहरुले करोडौ अनियमिता गर्न लागेको भन्दै स्थानीय निरन्तर अनलाइनमा समाचार प्रकाशित भयो । कानेपोखरीबासी पत्रकार हरिकोइराला सम्पादक रहेको उक्त्त अनलाईनमा समाचार आएपछि दुई दर्जन जति युवाहरुको हुलले २२ बैसाख दिउँसो पत्रकार कोइरालाको घेरा घेरा हाल्यो । पत्रकार महासंघ क्षेत्रिय समितिको निर्वाचनमा मतदान गर्न बिराटनगर आएको बेला पुगेका युवाहरुले पत्रकार कोइरालालाई फेला पार्न नसकेपछि परिवारलाई चेतावनी दिएर फर्किए । ५ नम्बर वडा अध्यक्ष चरण गुरुङ , उपभोक्त्ता समिति सचिव दिपक थापा , युवा संघ मोरंगका सचिव नबिन पौडेल लगायतले पत्रकार कोइरालाले भ्रामक समाचार लेखेर चरित्र हत्या गरेको र आरोप लगाइरहेका छन । त्रसित मानसिकतामा रहेका पत्रकार कोइराला भन्छन  — ‘अहिले पनि मेरो विरुद्धमा अबस्था सुध्रिसकेको छैन म सेल्फसेन्सरशीपको अबस्थामा छु ।’

Advertise Expired !

सम्बन्धित समाचारहरु

छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव
छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव

विराटनगर, ८ जेठ । विराटनगर महानगरपालिका १४ का ५५ वर्षीय सत्यनारायण चौहानको हत्या उनकै दुई छोराहरूले गरेको खुलेको छ । बाबु चौहानको जेठा र माइला छोरा मिलेर पाँचदिन अघि हत्या[...]

सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर
सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर

काठमाडौं, ८ जेठ । नेपाली सेनाले चीनसँग खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामाग्री स्थलमार्गबाट बिहीबार काठमाडौं आइपुगेको छ । ती ट्रकले ८ टन स्वास्थ्य सामाग्री ल्याएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले[...]

लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग
लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग

विराटनगर,८ जेठ । लकडाउनले पिडित बनेका मुसहरहरुलाई घर भत्काएर वडा अध्यक्षले नै बिचल्नी बनाएको भन्दै दलित सस्थाहरुले कार्वाहीको माग गरेका छन । महामारीको समयमा दैनिक ज्याला मजदुरी गर्नबाट बंचित हुँदा[...]