Sorry, your browser does not support JavaScript! सुन तस्करी र सनम शाक्य हत्या प्रकरण - बरिष्ठ अधिबक्त्ताहरुबाट प्रतिवादी पक्षमा बहस - Merodesh.news

सुन तस्करी र सनम शाक्य हत्या प्रकरण – बरिष्ठ अधिबक्त्ताहरुबाट प्रतिवादी पक्षमा बहस

मेरोदेश संबाददाता,विराटनगर

सुन तस्करी र मोरंग उर्लाबारीका सनम शाक्य हत्या प्रकरण मुद्दामा बरिष्ठ कानुन व्यवसायीहरुले जिल्ला अदालत मोरंगमा प्रतिवादीहरुको पक्षमा ‘थुनछेक बहस’ थालेका छन ।

बादीको तर्फबाट सरकारी वकिलहरुले शुक्रबार बहस सकेपछि प्रतिबादीतर्फका चार जना बरिष्ठ कानुन व्यवसायीहरु बरिष्ठ अबिक्त्ताहरु शम्भु थापा , रमन श्रेष्ठ, यदुनाथ खनाल र राजु बस्नेतले अभियुक्त्तहरुको पक्षमा आइतबार प्रतिरक्षा बहस गरेका छन ।

शम्भु थापा र रमन श्रेष्ठले एसपी विकासराज खनाल र व्यापारी तथा राप्रपा नेता भुजुङ गुरुङको पक्षमा बहस गरेका छन् । त्यस्तै काठमाण्डौबाटै आएका यदुनाथ खनालले डिआइजी गोविन्द निरौला र एसपी खनालकै पक्षमा बहस गरेका थिए । वरिष्ठ अधिवक्ता राजु बस्नेतले आठ जना एयरलाइन्सका कर्मचारीको पक्षमा बहस गरे । उनले बालकृष्ण श्रेष्ठ, एलबी भन्ने लालबहादुर मगर, विरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, दोरम खत्री, गोपालकुमार श्रेष्ठ, पुन्यप्रसाद लामा र हेमन्त गौतमको पक्षमा बहस गरेका थिए ।

बरिष्ठ अधिबक्त्ताहरु शम्भु थापा , रमण श्रेष्ठ , यदुनाथ खनाल र राजु बस्नेतले आइतबार प्रतिबादीको पक्षमा बहस गरे । बहस मोरंग जिल्ला अदालतमा निरन्तर जारी छ ।

प्रतिबादीको तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरुको उनीहरुको बचाउ गरे । इजालमा बहस गर्दै प्रतिबादीतर्फका कानुन व्यवसायीहरुले डाइरीमा उल्लेख भएको आधारमा यतिका संख्यमा सुन आयो भन्ने आधर नभएको बताए । २०७२ सालदेखी ०७४ सम्म एयरपोट बाट सुन आएको भन्ने आधार नभएको उनीहरुले बताए । डायरीमा उल्लेख भएको आधिकारमा यतिको संख्यमा सुन आउछ भन्ने पुष्टि नगर्ने तर्क पेश गरे । उनीहरुले डायरीमा भएको प्रतिवदेन जाँच गरेको प्रतिवेदन नआइकन केही भन्न नसकिने बहसमा न्याधिससँग तर्क पेश गरे । मिडियाले प्रचार गर्दैमा अपराधि नठरीने उनीहरुले बताए । सुन आउँदा भन्सारबाट आउने हो । कसरी एयर्रपोट बाट आउछ उनीहरुले तर्क राखेका थिए ।
यो मुद्दाका ६३ प्रतिवादीमध्ये प्रहरी नियन्त्रणमा रहेका ३० जनाका तर्फबाट बहस हुने भएको छ । प्रतिबादीतर्पबाट बहस सकिएपछि न्यायधिकले आदेश दिनेछन् । थुनछेक बहसबाट पूर्व पक्षमा थुना पठाउने की, धरौटिमा छोड्ने वा सादा तारिकमा छोटने आदेश हुनेछ । प्रतिवादीतर्फबाट बहस गर्न ८० भन्दा बढी कानुन व्यवसायीले अदालतमा वकालतनामा दर्ता गराएका छन । प्रतिबादीको पक्षमा सोमवार पनि मोरंग जिल्ला अदालतमा बसह जारी छ ।

१८ फागुनमा मोरंगको उर्लाबारी नगरपालिका १ स्थित कान्छि चौकको जंगलमा उर्लाबारी ७ का ३६ बर्षिय सनम शाक्यको गायब भएको साढे ३३ केजी सुन खोज्ने क्रममा हत्या भएको थियो । त्यसपछि घटनालाई गभ्भिर मानेर गृह मन्त्रालयले बिशेष छानबिन टोली बनाएर बषौदेखी हुदै आएको सुन तस्करीमा संलग्न संगठित गिरोहको खोजी गरेको थियो । हाल मोरंग अदालतमा संगठित अपराध अन्र्तगत सुनतस्करी , मानव अपहरण र शरिर बन्धक अनि कर्तव्य ज्यान मुद्दामा ६३ जना बिरुद्ध अभियोग दर्ता भएको छ । हालसम्म ९ जना प्रहरी सहित ३० जना पक्राउ परेका छन भने ३३ जना अझै फरार छन । पक्राउ परेकाहरुको हक मोरंग अदालतमा धमाधम थुनछेक बहस भैरहेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]