Sorry, your browser does not support JavaScript! सुन तस्करी प्रकरण - बरिष्ठ वकिल प्रतिवादीको पक्षमा - Merodesh.news

सुन तस्करी प्रकरण – बरिष्ठ वकिल प्रतिवादीको पक्षमा

मेरोदेश संबाददाता,विराटनगर,

साढे ३३ किलो सुन तस्करी प्रकरणसग जोडिएको समन शाक्य हत्या काण्डको थुनछेक बहसको तेस्रोदिन बरिष्ठ अधिवक्ताहरुले आरोपीको बचाउ गरेका छन् । काठमाण्डौबाट बहसकालागि विराटनगर आएका पूर्व महान्यायधिवक्ता रमनकुमार श्रेष्ठ, बरिष्ठ अधिवक्ता सम्भु थापा, यदुनाथ खनाल र राजु बस्नेतले सुन तस्करी प्रकरणमा मुछिएका अभियुक्तहरुको बचाउ गरेका हुन् ।
आइतवार तेस्रो दिनको थुनछेक बहसमा अधिवक्ता श्रेष्ठ र थापासगै खनाल र बस्नेतले लगानीकर्ता, प्रहरी र एयरल्यान्सका कर्मचारीको बचाउ गरेका हुन् । अधिवक्ता उद्धव केसीले पनि एयरल्यान्सका कर्मचारीको बचाउ गरेका थिए ।
आइतवार बहस गर्दा पूर्व महान्यायधिवक्ता श्रेष्ठले भूजुङ गुरुङ, पूर्व डिआइजी गोविन्द निरौला र निलम्बित एसपी विकाशराज खनालको बचाउ गरेका थिए भने सम्भू थापाले पनि भूजुङ गुरुङ र विकाशराज खनालको पक्षमा बहस गरेका थिए ।
प्रहरीले सनम हत्या प्रकरणसग जोडिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी प्रकरणमा गुरुङ, खनाल सहित ३० जनालाई पक्राउ गरेको छ । ३३ जना फरार छन् । प्रहरीले दर्ता गराएको मुद्धामा गुरुङ तस्करीको सुनको लगानीकर्ता हुन भनेको छ भने एसपी खनाल चुणामणी उप्रेती गोरेलाई सहयोगी ।
अनुसन्धान टोली समक्ष २०४०–४५ सालदेखि सुन तस्करीमा संलग्न भएको बताएका गुरुङले अदालतमा बयान फेरेका थिए । धनाड्य गुरुङको तर्फबाट दुई बरिष्ठ अधिवक्ताले बहस गर्दै तस्करीमा संलग्नता अस्वीकार गरेका हुन् ।
त्यस्तै बरिष्ठ अधिवक्ता बस्नेतले पनि आफ्ना क्लाइन्टको संलग्नता अस्वीकार गरे । उनले एयरल्यान्सका कर्मचारीको बचाउ गरेका हुन । बालकृष्ण श्रेष्ठ, लालबहादुर मगर, विरेन्द्रमान श्रेष्ठ, सम्बिरप्रसाद तोलाङ्गे, दोराम खत्री, गोपालकुमार श्रेष्ठ, पुन्यप्रसाद लामा, हेमन्त गौतमको तर्फबाट बसह गरेका बस्नेतले तस्करी प्रकरणमा एयरल्यान्सका कर्मचारीको सहभागिता नभएको बताएका थिए ।
बहस गर्ने क्रममा बरिष्ठ अधिवक्ताहरुले ३८ कुइन्टल सुनको मुद्धा हेरेर जिल्ला अदालतले क्षेत्राधिकार मिचेको आरोप लगाएका थिए । शाक्यको हत्या प्रकरणमात्र क्षेत्राधिकारमा पर्ने प्रतिवादी वलिकहरुको आरोप छ ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ एयरल्यान्सका कर्मचारी, बहालवाला प्रहरी अधिकृत सहित अन्य आरोपीले संलग्नता अस्वीकार गरेपछि प्रतिवादी तर्फका वलिकहरुले एकअर्का तर्फ दोस थुपार्दै बसह गरिरहेका छन् ।
शुक्रवार सरकारी वकिलहरुले बहस सकेका थिए । आइतवारबाट बसह गरेका प्रतिवादी वलिकहरुले अझैकेही दिन बसह गर्नेछन् ।
शुक्रवार बसहको अन्त्यमा सरकारी वकिदलले प्रोजेक्टर मार्फत सनम शाक्यको हत्या र पक्राउ परेकाहरुको अपराधमा प्रष्ट संलग्नता देखिने गरीका भिडियो प्रस्तुत गर्दा प्रतिवादी कानुन व्यावसायीले रोकेका थिए । अदालतमा गोरेले सुन खोज्न एयरल्यान्सका कर्मचारी र भरियालाई यातना दिएको भिडियो पाच मिनेट हेरेका विपक्षी वकिलहरुले आफूहरु कमजोर हुने भन्दै भिडियो प्रस्तुतीमा रोकेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]