Sorry, your browser does not support JavaScript! बुढीगंगाका दलित समुदायलाई उपचारमा सहुलियत - Merodesh.news

बुढीगंगाका दलित समुदायलाई उपचारमा सहुलियत

मेरोदेश संबाददाता,विराटनगर,

मोरङको बुढीगंगा गाउँपालिका २ टंकीसिनवारीमा रहेको विराट मेडिकल एण्ड टिचिङ हस्पिटलले दलित सामुदायलाई उपचारमा छुट दिने भएको छ । बुढीगंगा गाउँपालिकामा रहेको दलित सामुदायहरुलाई विभिन्न प्रकारको उपचारमा छुट दिने घोषणा गरेको हो ।

समाज विकास केन्द्र नेपालको सहकार्यमा उक्त हस्पिटसँग सहकार्य भएको छ । समाजकोतर्फबाट कपिल सुनवार र हस्पिटलको तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान कार्कीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

हस्पिटलले विभिन्न प्रकारको उपचारमा सहुलियत दिने विराटनगरमा आइतबार एक कार्यक्रमको बिच जानकारी गराए । दुवै पक्ष बिच भएको सम्झौतामा ओपीडी र वेड फि निःशुल्क गरिएको छ । त्यस्तै ल्याब तथा अन्य डाइग्नोष्टिकमा १७.५ प्रतिशत, अल्ट्रासाउण्ड र सीटी स्याकनमा २८.५ प्रतिशत, फार्मेसीमा ७ प्रतिशत, चिरेर गरिने शल्यक्रियामा २८.५ प्रतिशत छुट दिने हस्पिटलका अध्यक्ष कार्कीले जानकारी दिए ।

उपचारमा सहुलियत कार्डको सम्झौता गरेको पत्र संघीय मामिझा तथा सामान्यप्रशान मन्त्री लालबावु पण्डित, हस्पिटलका अध्यक्ष कार्की, समाजको अध्यक्ष सुनवार, समाजसेवी गोपाल कटुवाले संयुक्तहरु सार्वजानिक गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्रीले स्वास्थ्यको पहुचभन्दा टाढा रहेका दलित सामुदायहरुको उपचारमा यस्तो कार्यक्रम आवश्यक रहेको बताए ।

सोही दिन समाज विकास केन्द्र नेपालले विराटनगरमा आइतबार आयोजना गरेको दलितको वर्तमान अवस्था सवैधानिक कानुनी तथा नीतिगत व्यवस्था सम्बन्धी कार्यक्रममा मन्त्री पण्डितले दलितमाथि हुने सबै प्रकारको विभेदहरु अन्त्य गरी समानता ल्याउन आवश्यक गरेको बताए ।
विराटनगरमा दुई दिनसम्म सञ्चालन हुने उक्त तालिममा ६० जना दलित अगुवाहरुको सहभागि रहेको समाज विकसा केन्द्र नेपालका अध्यक्ष कपिल सुनवारले जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]