Sorry, your browser does not support JavaScript! वास्तविक बाढी पीडितले राहत पाएनन - Merodesh.news

वास्तविक बाढी पीडितले राहत पाएनन

मेरोदेश संबाददाता,विराटनगर,

सुनसरीको बर्जु गांउपालिका १ का बाढी पीडितले राहत नपाएको भन्दै वडा कार्यालयमा धर्ना दिएका छन । वडाध्यक्ष र वडासदस्यहरुले हुनेखानेलाई राहत उपलब्ध गराएको तर वास्तविक बाढी पीडितलाई पाखा लगाइएको उनिहरुको आरोप छ ।
बिहीबार बिहान कार्यालय खुल्ने समयमा समुहगतरुपमा पुगेका बाढी पीडितहरुले वडा कार्यालयमा धर्ना दिएका हुन । उनिहरुले वडाध्यक्ष र सदस्यहरुले आफुखुशी मनोमानी ढंगले हुनेखानेलाई मात्र सिफारिस गरेको र बास्तविक बाढी पीडितलाई पाखा लगाइएको आरोप समेत लगाएका छन । प्रशस्त जग्गाजमिन र पक्की घर भएकाहरुले राहत पाएको तर वास्तविक बाढी पीडितलाई राहत नदिइएको पीडित बाढी पीडित स्थानीय सुनसरीयादेवी राजवंकीले दाबी गर्नुभयो । सोहि ठांउका अर्का बाढी पीडित भरत ऋषिदेवले समेत वडाध्यक्ष र वडा सदस्यहरुले आफ्न्त,चिनजान र पार्टीगत हिसाबले राहत वितरण गरेको दाबी गर्नुभयो ।

 

उता बर्जु गांउपालिका १ का वडाध्यक्ष श्यामकुमार गुरुङले स्थानिय विपत ब्यवस्थापन स मितिको सिफारिस अनुसारका बाढी पीडितलाई राहत उपलब्ध गराइएको बताउनुभयो । उहांले बर्जु १ मा जम्मा ५ सय ९९ परिवार बाढी पीडित भएकोमा २ सय ६६ परिवार पुर्ण र बांकी आंशिक पीडित रहेको जानकारी दिनुभयो । ती मध्ये ४२ जनालाई २५ हजारको दरले र ८ जनालाई प्रतिदिन ७० रुपैयाको दरले सरकारद्वारा उपलब्ध गराइएको एकमुष्ठ १० हजार ५ सय उपलब्ध गराइएको बताउनुभयो । वडाध्यक्ष गुरुङले बर्जु गांउपालिकाका सबै वडा गरेर ३ हजार २ सय परिवार बाढी पीडित भएकामा जिल्ला भरिकालागि ३२ सय परिवारकालागि मात्र राहत आएकाले समस्या भएको बताउनुभयो । उहांले राहत वितरणको क्रममा कुनै प्रकारको मनोमानी र धांधली नभएको दाबी समेत गर्नुभयो । राहत नपाएको भन्दै आक्रोशित भएर तालाबन्दी गर्ने उद्धेश्यले वडा कार्यालयतर्फ पीडितहरु अघि बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी समेत बोलाईएको थियो ।

कसकस्ले पाए राहत विवरण सहितः

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]